काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा युवतीमाथि चक्कु प्रहार भयो । पुस २६ मा चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भइन् । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ ।
चक्कु प्रहार गर्ने रोल्पाको गंगादेवी गाउँपालिका घर भएका ३५ वर्षीय चन्द्र बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
पीडित युवतीको घाँटीको पछाडिको भाग र अनुहारमा चोट लागेको छ । युवती र आरोपी पूर्व परिचित हुन् ।
चन्द्रबहादुर पाँच वर्ष साउदी अरबमा काम गरेर नेपाल फर्केका हुन् । सरुलाई आफूले विदेशबाट रकम पठाउने गरेको चन्द्रबहादुरले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
साउदीबाट फर्केपछि सम्पर्क गर्दा सरुले ‘च...
२९ पुष २०८१, सोमबार १३:३०२९ पुष २०८१, सोमबार १३:३०२९ पुष २०८१, सोमबार १३:३० by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपाल भलिबल सङ्घ दक्षिण कोरियाले जनवरी २६ मा सन् २०२५ मा सङ्घको मातहतमा रहेर दक्षिण कोरियामा आयोजना गरिने भलिबल प्रतियोगिताहरूको बाँडफाँड गर्ने भएको छ।
“स्वास्थ्यका लागि खेल,राष्ट्रका लागि खेल” भन्ने मूल नाराका साथ स्थापित नेपाल भलिबल संघ दक्षिण कोरियाले यही आउँदो जनवरी २६ तारिख आइतबारका दिन १२ बजे दोङ्गदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा भलिबल प्रतियोगिता बाँडफाँड कार्यक्रम आयोजना गर्ने भएको हो। नेपालको राष्ट्रिय खेल भलिबल खेलको विकास र दक्षिण कोरियामा रहेका खेलाडीहरूको खेलस्तर अभिवृद्धि गर्नका निम्ति नेपाल भलिबल संघ दक्षिण कोरियाको मातहतमा रहेर यसअघि २०२४ को सिजनमा ६ वटा प्रतियोगिता बाँडफाँड भएको थियो।
यसपालि पनि संघ मातहत रहेर दक्षिण कोरियामा स्थापित विभिन्न संघसंस्थाहरूले सन् २०२५ सिजनको लागि दक्षिण कोरियाको विभिन्न भूभागमा आयोजना गर्न इच्छुक भए सो दिन...
२९ पुष २०८१, सोमबार १२:२९२९ पुष २०८१, सोमबार १२:२९२९ पुष २०८१, सोमबार १२:२९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स’ ले आफ्नो आठौं अधिवेशन तथा साधारण सभा जनवरी २६ तारिखका दिन गर्ने भएको छ।
पूर्वीय कला संस्कार, संस्कृति ,भेषभुषा ,चाडपर्व आदिले नेपाल राष्ट्रलाई विश्वभरि नै परिचय दिने कुरालाई आत्मसात गरी सन् २०१७ मा स्थापित संस्थाले जनवरी २६ तारिख आइतबारका दिन दिउँसो १२ बजे आनसान स्थित आफ्नै नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हलमा उक्त कार्यक्रम गर्न लागेको हो।
आठौँ महाधिवेशन कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउनका आयोजकले कमल भण्डारीको संयोजकत्वमा अधिवेशन कार्यतालिका प्रस्तुत गर्दै उम्मेदवारी आह्वान समेत गरिसकेको छ।
"साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित संस्थाले परदेशमा रहेर पनि पूर्वीय कला,संस्कार साथै संस...
२८ पुष २०८१, आईतवार ११:०८२८ पुष २०८१, आईतवार ११:०८२८ पुष २०८१, आईतवार ११:०८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको आयोजनामा जनवरी २९ तारिखका दिन बुसानमा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” हुने भएको छ।
“भाषा, कला,संस्कार र संस्कृति हाम्रो शान, विश्वभरिको तामाङ एकता हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको आयोजनामा जनवरी २९ तारिख बुधबारका दिन किम्हे बुसान स्थित 김해시 활청로 294 (사단법인 운석 문화회) मा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको हो।
नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरु विश्व दोङ, सुरेश लामा, आस्मान लोप्चनको साथमा कोरियामा रहेका स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति सँगै हुने कार्यक्रम १२ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ।
आफ्नो धर्म,संस्कृति,कला,...
२८ पुष २०८१, आईतवार १०:३२२८ पुष २०८१, आईतवार १०:३२२८ पुष २०८१, आईतवार १०:३२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा छुसकमा आयोजित “सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४” को आयव्यय सार्वजनिक भएको छ।
कोरियन महान चाड छुसकको अवसर पारि सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिखका दिन बुसान स्थित Eunseok cultural & welfare center आयोजित “सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४’ को किम्हे स्थित न्यू लिटल इन्डिया रेस्टुरेन्ट मा एक कार्यक्रम गरी आय व्यय सार्वजनिक सार्वजनिक गरिएको हो।
सार्वजनिक विवरणअनुसार सहयोगदाताबाट संकलित रकम, स्पोन्सरबाट प्राप्त र टिकट बिक्रीबाट गरि जम्मा ३ करोड १३ लाख ५४ हजार ६०१ कोरियन वन आम्दानी भएको जनाइएको छ भने विभिन्न शीर्षकमा १ करोड ८५ लाख १३ हजार ६९३ कोरियन वन खर्च भई कुल बचत १ करोड २८ लाख ४० हजार ९०८ भएको बताइएको छ । यसैगरी सहयोगिदाताबाट २७ लाख ८२ हजार कोरियन वन भने उठ्नै बाँकी रहेको आयोजकले ...
२८ पुष २०८१, आईतवार ०९:४३२८ पुष २०८१, आईतवार ०९:४३२८ पुष २०८१, आईतवार ०९:४३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको सउलमा पनि यही आउँदो जनवरी १९ तारिखका दिन प्रदर्शन हुने भएको छ।
शेर्पा समुदायको ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ आपतकालीन राहत कोष स्थापनार्थ माङ्गेन्ना इन्टरटेन्मेन्टले यही जनवरी १९ तारिख आइतबारका दिन दक्षिण कोरियाको सौलस्थित जोगेसाको हलमा प्रदर्शन गर्न लागेको हो। दिउसो १ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क २२००० कोरियन वन तोकिएको छ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ।
यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा बनेको फिल्म हो । अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई उठाइएको फिल्ममा दयाहाङ राई, जितु नेपाल ,दिया मास्के, सिर्जना निङलेखु, बुद्धि तामाङ, कविता आले, डोमा ...
२८ पुष २०८१, आईतवार ०३:०८२८ पुष २०८१, आईतवार ०३:०८२८ पुष २०८१, आईतवार ०३:०८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: राप्रपा निकट प्रवास संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा पुष २७ गते अर्थात् जनवरी ११ तारिखका दिन कोरियाको सुवनमा भव्यताको साथ “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइएको छ।
प्रवासमा रहेका नेपाली समाजमा एकताको सन्देश दिँदै आधुनिक नेपालको एकीकरण गर्ने नेतृत्वकर्ता एवं राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबारका दिन “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइएको हो। सुवन स्थित कामना रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन रूपक केसीले गरेका थिए भने कार्यक्रमको सभाध्यक्ष संगठनका अध्यक्ष हरिजंग शाह ठकुरीले गरेका थिए। वैदिक स्वस्तिवाचनको साथमा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण ,पुष्प र अविर अर्पण गरी समुद्घाटन गरिएको कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न राजनीतिक संगठनका प्रतिनिधिहरू, विभि...
२७ पुष २०८१, शनिबार ११:१२२७ पुष २०८१, शनिबार ११:१२२७ पुष २०८१, शनिबार ११:१२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया । गायक जिन्लाप तामाङको स्वरमा रहेको कोरियाको शहरमा बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गायक जिन्लाप तामाङको आधिकारिक युट्युब च्यानल जिन्लाप तामाङ मार्फत सनिबार सार्वजनिक गरिएको हो ।
जिन्लाप तामाङको शब्द,संगीत र स्वरमा बनेको गीतको भिडियोमा समेत गायक तामाङ स्वयमले अभिनय गरेका छन् । दक्षिण कोरियाको बिभिन्न स्थानहरुमा छायांकन गरिएको उक्त गीतको भिडियोलाई शुभराज भोम्जनले निर्देशन गरेका छन् । मनोज थापा मगरको मिक्सिङ गरेको गीतमा एम स्टुडियोमा रेकर्ड गरेको थियो । त्यसैगरी जोन राईको भिडियो सम्पादन रहनुका साथै अमिर योञ्जनले छायाँकन गरेको थियो । गीतमा परदेशीनु पर्दाको पिडा र अवस्थालाई दर्शाउने प्रयास गरेको छ ।
https://youtu.be/LM532OXfJwA?si=8xUbLaaBOWZrwT5c...
२६ पुष २०८१, शुक्रबार १३:३८२६ पुष २०८१, शुक्रबार १३:३८२६ पुष २०८१, शुक्रबार १३:३८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेपालबाट आमन्त्रित चर्चित गायिका बिमता घर्ति मगरको साथमा आइतबार अर्थात् जनवरी १२ तारिखका दिन सुवनमा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” को सम्पूर्ण तयारी पूरा भएको छ।
“चाडपर्व कानुङ सम्पटि, जिवाक्के परिस्ले माराकिङ विकृति” भन्ने मूल नाराका साथ नेपाल मगर संघ दक्षिण कोरिया, किम्हे/बुसान शाखा, थेगु शाखा, जेजु शाखा, DSME मगर समाज गजेदो, मोक्पो छल्लादो शाखा र अठार मगरात खामभाषी सम्पर्क मञ्च, दक्षिण कोरियाको संयुक्त आयोजनामा नेपालबाट आमन्त्रित चर्चित गायिका बिमता घर्ति मगरज्यूको साथमा यही आउँदो आइतबार अर्थात् जनवरी १२ तारिखका दिन सुवनमा आयोजना हुन लागेको “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
कोरियामा बर्षेनी मनाउदै आइरहेको "मगर माघे संक्रान्ति विशेष कार्यक्रम" यसपालि सुवनस्थित (경기도 수원시 팔달구 매산로 1가57-3 [역전시장...
२६ पुष २०८१, शुक्रबार १२:२१२६ पुष २०८१, शुक्रबार १२:२१२६ पुष २०८१, शुक्रबार १२:२१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: राप्रपा निकट प्रवास संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा भोलि पुष २७ गते अर्थात् जनवरी ११ तारिख शनिबारका दिन सुवनमा हुन लागेको “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” सम्पूर्ण तयारी पूरा भएको छ।
प्रवासमा रहेका नेपाली समाजमा एकताको सन्देश दिँदै आधुनिक नेपालको एकीकरण गर्ने नेतृत्वकर्ता एवं राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भोलि पुष २७ गते अर्थात् जनवरी ११ तारिख शनिबारका दिन “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइने भएको हो। सुवन स्थित सुवन यक ९ नम्बर गेटबाट ५० मिटर अगाडि रहेको कामना रेस्टुरेन्टको सभाहलमा गरिने कार्यक्रम ठिक १२ बजे सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
१८औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका ...