Advertisement
Advertisement

Breaking news 1

दक्षिण कोरियामा तमू धींको ११औं केन्द्रीय महाधिवेशन २४ अगस्टमा

दक्षिण कोरियामा तमू धींको ११औं केन्द्रीय महाधिवेशन २४ अगस्टमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज :तमू समूदायको मौलिक धर्म, संस्कार, संस्कृति, भाषा, लिपि र भेषभूषाको संरक्षण र सम्बर्द्धन गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले स्थापित तमू धीं दक्षिण कोरियाले आफ्नो ११औं केन्द्रीय महाधिवेशन आगामी २०२५ अगस्ट २४ (आइतबार), बिहान ११ः०० बजे, सिओलस्थित 종로구 창신길 51, 새마을 빌딩, 5층 (창신동) मा भव्य रूपमा गर्ने भएको छ। सन् १९९९ मा कोरियामा रहेका तमू समुदायले “धर्म हरायो भने संस्कार हराउँछ, संस्कार हरायो भने संस्कृति हराउँछ, र संस्कृति हरायो भने मानव अस्तित्व हराउँछ” भन्ने ऐतिहासिक मूल मन्त्रलाई आत्मसात गर्दै यस संस्थाको स्थापना गरेका हुन्। सुरुवातदेखि नै तमू धीं दक्षिण कोरिया केवल गुरुङ (तमू) समुदायका लागि मात्र नभई गैर तमु (गैर–गुरुङ) समुदायका लागि समेत साथ–सहयोग, आपतकालीन सहयोग र सामाजिक–सांस्कृतिक उत्थानमा सक्रिय हुँदै आएको छ। अध्यक्ष रुपा गुरुङले सस्थाको तर्फ बाट कोरियावा...
कोरियामा हान्वा ओसन नेपाली एकता समाजद्वारा गजेदोमा तीज विशेष दर खाने कार्यक्रम हुँदै 

कोरियामा हान्वा ओसन नेपाली एकता समाजद्वारा गजेदोमा तीज विशेष दर खाने कार्यक्रम हुँदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: "हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना” भन्ने नाराका साथ स्थापित गजेदो स्थित हान्वा ओसन नेपाली एकता समाजले यस वर्ष पनि भव्य रूपमा तीज विशेष दर खाने तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम–२०२५ आयोजना गर्ने भएको छ। नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना हुने यो कार्यक्रम आउँदो अगस्ट २४ (आइतबार), बिहान १० बजे ग्योङनाम (경남 거제시 탑곡로 75, 아주동, 거제시노동복지회관) मा सम्पन्न हुने भएको समाजले जनाएको छ। हान्वा ओसन क्षेत्रमा मात्रै ८०० भन्दा बढी नेपाली कार्यरत रहेकोले यसपटकको तीज कार्यक्रमलाई अझै भव्य र उत्साहपूर्ण ढङ्गले मनाइने अपेक्षा गरिएको छ। समाजका अध्यक्ष नारायण शाही ठकुरीले भन्नुभयो– “हाम्रो साझा संस्था हान्वा ओसन नेपाली एकता समाजको यस तीज विशेष कार्यक्रममा तपाईँहरूको सुझाव, साथ र सहयोगको अपेक्षा गर्दै सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौं।” कार्यक्रममा द...
दक्षिण कोरियामा ‘DSME मगर समाज भलिबल कप–२०२५’ यही सेप्टेम्बर ७ मा हुँदै

दक्षिण कोरियामा ‘DSME मगर समाज भलिबल कप–२०२५’ यही सेप्टेम्बर ७ मा हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज :दक्षिण कोरियाको ग्येङनाम प्रान्तस्थित गजेन्दोमा क्रियाशील DSME मगर समाजले स्वास्थ्य, मनोरञ्जन र राष्ट्रिय खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी सेप्टेम्बर ७, २०२५ आइतबारका दिन ओक्पो मिडल स्कूलको खेल मैदानमा ‘DSME मगर समाज भलिबल कप–२०२५’ आयोजना गर्ने भएको छ। खेलकुद मार्फत एकता र मित्रता बढाउने सोचका साथ आयोजना हुन लागेको यो प्रतियोगिता भव्य तयारीका बीच सम्पन्न हुने आयोजकले जानकारी दिएको छ। यस वर्षको भलिबल कपमा विजेता टिमलाई १५ लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई ८ लाख वोन, सेमिफाइनल टिमलाई ३/३ लाख वोन, उत्कृष्ट खेलाडीलाई १ लाख वोन, साथै उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर र डिफेन्डरलाई ५० हजार वोनसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। टिम दर्ता शुल्क २ लाख ५० हजार वोन तोकिएको छ भने अन्तिम दर्ता मिति ३० अगस्ट २०२५ बेलुकी ४ बजे सम्म रहनेछ। टाइ–सिट सार्...
दक्षिण कोरियामा बाढी–पहिरोको प्रकोप, ३ जनाको मृत्यु

दक्षिण कोरियामा बाढी–पहिरोको प्रकोप, ३ जनाको मृत्यु

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा हिजो परेको भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३ जनाको ज्यान गएको छ। राजधानी क्षेत्रमा केन्द्रित वर्षाले ठुलो जनधनको क्षति गरेको कोरियाली अधिकारीहरूले जनाएका छन्। यसअघि गत जुलाईमा आएको बाढी र पहिरोले १९ जनाको ज्यान लिएको थियो भने ९ जना अझै वेपत्ता रहेका छन्। यस वर्ष मात्र बाढी र पहिरोका कारण कुल २२ जनाको मृत्यु भइसकेको छ र ९ जना अझै हराइरहेका छन्। हालको वर्षा–जन्य विपत्तिबाट कोरियामा रहेका नेपाली समुदाय भने सुरक्षित रहेको जनाइएको छ। कोरियाली मौसम विभागले अझै केही दिन भारी वर्षा जारी रहने सम्भावना बताउँदै संवेदनशील क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।...
राप्ती समाज दक्षिण कोरियाको सातौं अधिवेशन सेप्टेम्बर ७ मा

राप्ती समाज दक्षिण कोरियाको सातौं अधिवेशन सेप्टेम्बर ७ मा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: दक्षिण कोरियामा रहेका राप्तीवासीहरुको अग्रणी संस्था राप्ती समाज दक्षिण कोरियाले आफ्नो सातौं अधिवेशन आगामी सेप्टेम्बर ७, आइतबार बिहान ११:०० बजे सउलको दोङदेमुनस्थित नेपाल थाई रेस्टुरेन्टको सभाहलमा आयोजना गर्ने भएको छ। अधिवेशन नयाँ कार्यसमिति चयन गर्ने तथा आपसी सहयोग, सद्भाव र एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। “हामी जहाँ भएपनी हाम्रो एउटै विशेषता, विशुद्ध सामाजिक कामका लागि राप्ती समाजको एकता” भन्ने मूल नाराका साथ सन् २००६ मा स्थापना भएको राप्ती समाज दक्षिण कोरियाले विगत १९ वर्षदेखि कोरियामा कार्यरत राप्तीवासी तथा सम्पूर्ण नेपालीबीच आपसी सहयोग, सद्भाव, समझदारी र भाइचारा अभिवृद्धि गर्दै आएको छ। हालको छैटौं कार्यसमितिको कार्यकाल पूरा भएपछि, अब आगामी दुई वर्षका लागि नयाँ सातौं कार्यसमिति चयन गर्नुपर्ने भएकाले अधिवेशन आयोजना गरिएको संस्थाका अध्यक्ष अमृत के...
दक्षिण कोरियामा नेपाल गोरखा परिवारको १३औं अधिवेशन—१७ अगस्टका लागि सम्पूर्ण तयारी पूरा 

दक्षिण कोरियामा नेपाल गोरखा परिवारको १३औं अधिवेशन—१७ अगस्टका लागि सम्पूर्ण तयारी पूरा 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज :दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाले आफ्नो १३औं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आगामी १७ अगस्ट २०२५ (आइतबार) का दिन सुवनस्थित भेटघाट रेष्टुरेन्टको सभाहलमा संस्थले १३औं अधिवेशन गर्दैछ।  संस्थाले आफ्नो स्थापना कालदेखि नै कोरिया साथै नेपालमा पनि विभिन्न सामाजिक कार्य र सहयोगका कार्यक्रम गर्दै आएको छ। समुदायमा एकता र आपसी सहयोग प्रवर्द्धन गर्न निरन्तर सक्रिय यस संस्थाले अधिवेशनलाई विगतका गतिविधिहरूको समीक्षा र भावी योजना निर्माणको अवसरका रूपमा लिने जनाएको छ। “प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुखदुःखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित स्थापित संस्थाको यस अधिवेशनमा कोरियाबासी सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, शुभचिन्तक, विभिन्न संघसंस्था तथा तिनका प्रतिनिधिहरूको गरिमामय उपस्थितिका लागि संस्थाले हार्दिक निमन्त्रणा गरेको ...
दक्षिण कोरियामा पहिलो पटक पूर्वराष्ट्रपति दम्पती एकै समयमा जेलमा

दक्षिण कोरियामा पहिलो पटक पूर्वराष्ट्रपति दम्पती एकै समयमा जेलमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको इतिहासमा पहिलोपटक एकै समयमा पूर्व राष्ट्रपति र पूर्व प्रथम महिला दुबैजना जेलमा पुगेका छन्। पूर्व राष्ट्रपति युन सुक-योलकी पत्नी किम क्योन-हीलाई सेयर मूल्य हेरफेर र अन्य भ्रष्टाचार आरोपमा पक्राऊ गरिएको हो। सेउल सेन्ट्रल जिल्ला अदालतले बुधबार किमको पक्राऊ वारन्ट जारी गरेपछि उनी सेउल नाम्बु डिटेन्सन सेन्टरमा हिरासतमा परेकी छन्। अदालतले किममाथि प्रमाण नष्ट गर्ने सम्भावना, बयानमा असंगति, र पूर्व सहयोगीसँग मिलेर बयान मिलाउने जोखिम रहेको ठहर गर्दै वारन्ट जारी गरेको हो। किममाथि लगाइएका मुख्य आरोपहरूमा—  • सेयर मूल् हेरफेर  • २०२२ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा हस्तक्षेप  • विभिन्न कम्पनी र युनिफिकेशन चर्चबाट व्यवसायिक सुविधा दिने सर्तमा घुस लिने यसअघि नै पूर्व राष्ट्रपति युन सुक-योल बिद्रोह, सम्बन्धी मुद्दामा प्रि-ट्रायल हिरासतमा रहेका छन्। ...
अगस्ट २४ मा पाँच–स दक्षिण कोरियाले हरितालिका तीज दर खाने कार्यक्रम आयोजना गर्दै

अगस्ट २४ मा पाँच–स दक्षिण कोरियाले हरितालिका तीज दर खाने कार्यक्रम आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज को पावन अवसरमा, सनातन साहित्य संगीत साधना समूह (पाँच–स) दक्षिण कोरिया ले यस वर्ष पनि विगतको सफल परम्परालाई निरन्तरता दिँदै अगस्ट २४ सुवनमा तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम यही २०२५ अगस्ट २४ (आइतबार) बिहान ११:०० बजेबाट Woori Himalaya Restaurant’s Hall, Suwon Station Exit No. 11 मा भव्य रूपमा आयोजना गर्ने भएको छ। यस अवसरमा दीप प्रज्वलन, शान्तिपाठ, तीज तथा ऋषि पंचमी ब्रतको महिमा श्रवण लगायतका आध्यात्मिक क्रियाकलापसँगै नेपाली मौलिक भेषभूषा, गीत–संगीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति हुनेछ। साथै, तीजको स्वादिलो दर को पनि व्यवस्था गरिएको छ। आयोजक संस्थाले पूर्वीय सनातन धर्म, कला, संस्कार र नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको बताएक...
दक्षिण कोरियामा किरात याक्थुङ चुम्लुङको २५औँ रजत जयन्ती विशेष वृहत वनभोज कार्यक्रम, ६ र ७ सेप्टेम्बरमा हुने

दक्षिण कोरियामा किरात याक्थुङ चुम्लुङको २५औँ रजत जयन्ती विशेष वृहत वनभोज कार्यक्रम, ६ र ७ सेप्टेम्बरमा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: दक्षिण कोरियामा क्रियाशील किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो स्थापना भएको २५औँ वर्षको अवसरमा आगामी ६ र ७ सेप्टेम्बर २०२५ मा “रजत जयन्ती विशेष भेटघाट तथा वृहत वनभोज कार्यक्रम” गर्ने भएको छ। हाम्रो पहिचान र अस्तित्वका लागि एक हौँ भन्ने मूल नारासहित आयोजना हुने यो विशेष कार्यक्रम 충청남도 태안군 원북면 신두해변길 199 स्थित ‘Sky & Sea Ocean Resort’ मा हुनेछ। पहिलो दिन शनिबार दिउसो ५ बजेदेखि सुरु भई, आइतबार बिहान ११ बजेसम्म कार्यक्रम निरन्तर सञ्चालन हुनेछ। बस छुट्ने समय : ६ सेप्टेम्बर (शनिबार) दिउँसो ४:०० बजे, दोङ्देमुन ३ नम्बर गेटबाट। कार्यक्रममा लिम्बू जातिको मौलिक नाच–के:लाङ, धान नाच (या:लाङ), हाक्पारे, ख्याली लगायतका सांस्कृतिक प्रस्तुति हुनेछन्। साथै, छेलो हान्ने, धनुषकाँड हान्ने, म्युजिकल चेयर, हाँडी फुटाउने, बेलुन फुटाउने (महिला विशेष) तथा पुरुष फुटसलजस्ता रमाइला ख...
१५ अगस्ट शुक्रबार नेपाली दूतावास सौल बन्द रहने ,बिहीबार नै e-पासपोर्ट फारम खुल्ने

१५ अगस्ट शुक्रबार नेपाली दूतावास सौल बन्द रहने ,बिहीबार नै e-पासपोर्ट फारम खुल्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सौलस्थित नेपाली दूतावासले आज एक सूचना प्रकाशित गर्दै आगामी १५ अगस्ट २०२५ (शुक्रबार) का दिन दूतावास बन्द रहने जनाएको छ। सो दिन कोरियामा “National Liberation Day of Republic of Korea” सार्वजनिक बिदा पर्ने भएकाले दूतावासका सबै सेवा स्थगित हुने सुचनामा जनाइएको छ ।   सूचना अनुसार, सामान्यतया हरेक शुक्रबार दिउँसो ३ बजे खुल्ने e-Passport Online Pre-enrollment Form सेवा यसपटक एक दिन अघि १४ अगस्ट बिहीबार दिउँसो ३ बजे नै सञ्चालन गरिनेछ ।   यस्तै, सेवाग्राहीहरूको गुनासो लाई मध्यनजर गर्दै शुक्रबार ३ बजे खोलिने फर्म अब देखी e-Passport Online Pre-enrollment Form शुक्रबार दिनको ५ बजे मात्र खोलिने दूतावासले जनाएको छ।...