Advertisement
Advertisement

गजेदोमा हान्वा ओसन नेपाली एकता समाजद्वारा तीज विशेष दर खाने कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

विशाल आवाज:गजेदोस्थित हान्वा ओसन नेपाली एकता समाजले नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा यस वर्ष पनि भव्य तीज विशेष दर खाने तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ। “हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना” भन्ने नाराका साथ स्थापित यस संस्थाले हिजो आइतबार का दिन ग्योङनाम, गजेदोस्थित 거제시노동복지회관मा आयोजना गरेको कार्यक्रममा ठूलो संख्यामा नेपालीहरू सहभागी भएका थिए।

हान्वा ओसन क्षेत्रमा मात्रै आठ सयभन्दा बढी नेपाली कार्यरत रहेका कारण यसपटकको तीज कार्यक्रमलाई विशेष उत्साहका साथ मनाइएको थियो। कार्यक्रममा समाजका अध्यक्ष नारायण शाही ठकुरीले सबैलाई स्वागत गर्दै साझा संस्थाको महत्वमा जोड दिनुभयो र यस किसिमको सांस्कृतिक गतिविधिले प्रवासी नेपालीबीच एकता, सद्भाव र आपसी सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम दर खाने मात्र नभई गीत–नृत्य, मनोरञ्जनात्मक प्रस्तुति तथा विभिन्न सांस्कृतिक कार्यक्रमले भरिपूर्ण रह्यो। नेपाल आदिवासी जनजाती महासङ्घ बुसान साखाको अध्यक्ष परि गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रममा लुम्बिनी रेष्टुरेन्ट, एभरेस्ट रेष्टुरेन्ट, नेपाल स्टोरलगायतका व्यवसायिक संस्थाहरूले सह–प्रायोजन गरेका थिए भने विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति र शुभकामनाले वातावरण अझै उत्साहपूर्ण बनेको थियो।

कार्यक्रममा सहभागीहरूले यसलाई गजेदोमा प्रवासी नेपालीबीचको एकता र संस्कृतिको संरक्षणका लागि ऐतिहासिक कदमको रुपमा लिएको बताएका थिए। यो तीज विशेष कार्यक्रम गजेदोमा पहिलो पटक भव्य रूपमा सम्पन्न भएको हुँदा यसले आगामी दिनहरूमा प्रवासी समाजलाई अझ संगठित र सबल बनाउन प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रम सञ्चालन समाजका सक्रिय सदस्यहरूले गरेका थिए भने अन्त्यमा अध्यक्ष नारायण शाही ठकुरीले सम्पूर्ण सहयोगी संस्था, अतिथि तथा सहभागीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यसरी नै एकताबद्ध भई कार्यक्रमहरू गर्न आग्रह गर्नुभयो। समाजले कार्यक्रमको आय–व्यय विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×