Advertisement
Advertisement

छुसकमा हुने ‘TASHIDELEK NIGHT Dance Party 2025’ को आधिकारिक पोस्टर सार्वजनिक

Advertisement
Advertisement

विशाल आवाज: गोलोव गाईज दक्षिण कोरियाले आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा छुसकमा आयोजना गर्न लागेको ‘TASHIDELEK NIGHT Dance Party 2025’ को आधिकारिक पोस्टर आइतबार (२०२५ अगस्ट २४) सार्वजनिक गरिएको छ।

राजधानी सिओलको दोङदेमुनस्थित निक नेपाल ट्राभलको सभा हलमा संखुवासभा सम्पर्क परिवारको सहजकर्तामा, पुर्वी नेपाल समाज दक्षिण कोरियामा आवद्ध दुई वटा जातीय संस्था र १४ जिल्लाका प्रतिनिधिहरूको उपस्थितिमा पोस्टर सार्वजनिक गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पुर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष श्री केदार निरौला रहेका थिए भने सभाध्यक्षमा संस्थाका वरिष्ठ सल्लाहकार श्री निमा थिकेपा र सञ्चालन संस्थाका सचिव पेक्मा थिकेपा ले गर्नुभएको थियो।

सो अवसरमा संस्थाका अध्यक्ष मिक्मा रिदार लामा ले संस्थाको स्थापना काल (२०१५) देखि हालसम्मका गतिविधिहरूको समीक्षा गर्दै सामाजिक क्षेत्रमा संस्थाले गरेको योगदानबारे जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा अहिलेसम्म रु २६,०७,७११ बराबरको सामाजिक सेवा गरेको छ। साथै, TASHIDELEK NIGHT जस्तो कार्यक्रम गर्नुको उद्देश्य र महत्व पनि स्पष्ट पार्नुभएको थियो।

त्यस्तै प्रमुख अतिथि अध्यक्ष श्री केदार निरौलाले गोलोव गाईज संस्थाले गरेका सामाजिक कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले गर्ने सामाजिक कार्यमा आफूसक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष निमा थिकेपाले उपस्थित सबैलाई धन्यवाद दिँदै TASHIDELEK NIGHT Dance Party 2025 लाई सफल बनाउन दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्था र नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दै कार्यक्रम समापन गर्नुभयो।

TASHIDELEK NIGHT Dance Party 2025 आगामी अक्टोबर ७ तारिख मा सिओलको 차차차 क्लब, 성동 나이트 클럽 (Seoul특별시 흥인동 15번지) मा आयोजना हुने कार्यक्रम हो। कार्यक्रममा DJ C-MAN, DJ KIKO, Diya Khadka लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ भने गिन्दिप नुप्पा र फुलमु कार्यक्रम सञ्चालन गर्नेछन्। Sunil Limbu,jamming nuppa, Bimanta Limbu, Birash Gurung, Mingma Sherpa ,nang thile sherpa लगायत कलाकारको प्रस्तुति रहने कार्यक्रममा 7 star bouncer team ले सुरक्षा दिने आयोजकले जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×