विशाल आवाज: गोलोव गाईज दक्षिण कोरियाले आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा छुसकमा आयोजना गर्न लागेको ‘TASHIDELEK NIGHT Dance Party 2025’ को आधिकारिक पोस्टर आइतबार (२०२५ अगस्ट २४) सार्वजनिक गरिएको छ।
राजधानी सिओलको दोङदेमुनस्थित निक नेपाल ट्राभलको सभा हलमा संखुवासभा सम्पर्क परिवारको सहजकर्तामा, पुर्वी नेपाल समाज दक्षिण कोरियामा आवद्ध दुई वटा जातीय संस्था र १४ जिल्लाका प्रतिनिधिहरूको उपस्थितिमा पोस्टर सार्वजनिक गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि पुर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष श्री केदार निरौला रहेका थिए भने सभाध्यक्षमा संस्थाका वरिष्ठ सल्लाहकार श्री निमा थिकेपा र सञ्चालन संस्थाका सचिव पेक्मा थिकेपा ले गर्नुभएको थियो।
सो अवसरमा संस्थाका अध्यक्ष मिक्मा रिदार लामा ले संस्थाको स्थापना काल (२०१५) देखि हालसम्मका गतिविधिहरूको समीक्षा गर्दै सामाजिक क्षेत्रमा संस्थाले गरेको योगदानबा...
८ भाद्र २०८२, आईतवार १३:३४८ भाद्र २०८२, आईतवार १३:३४८ भाद्र २०८२, आईतवार १३:३४ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका गुरुङ (तमू) समुदायको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाले आफ्नो एघारौं केन्द्रीय महाधिवेशन सउल दोङ्देमुनस्थित सेमाउल बैंकको सभा हलमा भव्यतापूर्वक सम्पन्न गरेको छ। अगस्ट २४ तारिख सम्पन्न महाधिवेशनबाट तेज गुरुङको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।
कार्यक्रमको पहिलो चरण संस्थाका तत्कालीन अध्यक्ष रुपा गुरुङको सभाध्यक्षतामा र नेपाल जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उद्घाटन सत्रमा महासचिव वाईबि गुरुङले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नरेन्द्र गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रमुख अतिथि विशन राईले परदेशमा जातीय अस्तित्व संरक्षण गर्दै सामाजिक कार्यमा सक्रिय रहेको भन्दै तमू धींको प्रशंसा गरेका थिए।
समारोहमा कोरिया NRNA, विभिन्न जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, श...
८ भाद्र २०८२, आईतवार १३:२६८ भाद्र २०८२, आईतवार १३:२६८ भाद्र २०८२, आईतवार १३:२६ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपालीहरूलाई लक्षित गर्दै जेछन नेपाली समाज, दक्षिण कोरिया को आयोजनामा आगामी सेप्टेम्बर १४, २०२५ (आइतबार) का दिन घुम्ती सेवा कार्यक्रम हुने भएको छ।
यो कार्यक्रमअन्तर्गत नेपाली राजदूतावासले राहदानी नवीकरण तथा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गर्नेछ। बिहान ९ बजेपछि सुरु हुने उक्त कार्यक्रम चुङछोंगबुक्दो जेछनसी, विश्वविद्यालय रोड ३१६, सेमिनार हल (연구관 205호) मा आयोजना हुनेछ।
राहदानी नवीकरणका लागि लाग्ने शुल्क
• नवीकरण शुल्क : २१०,००० कोरियन वोन
• हराएको, च्यातिएको वा ड्यामेज भएको अवस्थामा : ४२०,००० कोरियन वोन
(हराएको अवस्थामा कोरियन पुलिस रिपोर्ट अनिवार्य, च्यातिएको वा ड्यामेज भएमा पुरानो पासपोर्ट अनिवार्य)
• कम्पनीमै पासपोर्ट पठाउन चाहेमा : ३,०४० कोरियन वोन (थेक्वे शुल्क)
नोट: राहदानी नवीकरणको शुल्क तोकिएको खातामा अनिवार्य बैंक ट्रान्सफरमार्फत भुक्ता...
८ भाद्र २०८२, आईतवार १२:००८ भाद्र २०८२, आईतवार १२:००८ भाद्र २०८२, आईतवार १२:०० by एलिनाNo Comments
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA–NCC) दक्षिण कोरियाले सातौं पूर्ण बैठकमार्फत संरचना सुदृढ गर्दै आगामी २०२५–२७ कार्यकालका लागि संरक्षक, सल्लाहकार तथा कार्यसमितिका रिक्त पदहरूमा पदपूर्ति गरेको छ।
संघको विधानअनुसार संरक्षक, वरिष्ठ सल्लाहकार, सल्लाहकार र कार्यसमितिका महिला उपाध्यक्ष तथा सदस्य पदमा नयाँ नियुक्ति गरिएको हो।
संरक्षकमा डा. प्रकाश धमाला र लक्ष्मी लामा गुरुङ, वरिष्ठ सल्लाहकारमा जीवन खतिवडा, गिरिराज कुवंर र डा. अग्नि राज कोइराला, सल्लाहकारमा गम्भिर श्रेष्ठ नियुक्त भएका छन्।
त्यसैगरी कार्यसमितिको रिक्त पदमा महिला उपाध्यक्षमा हेमलता शर्मा र सदस्यमा ओम प्रकाश पुन चयन भएका छन्।
संघले नियुक्तिहरूलाई समाज, समुदाय र एनआरएनए अभियानप्रतिको योगदानका आधारमा मूल्याङ्कन गरेर जिम्मेवारी तोकिएको जनाएको छ।
महासचिव अजय सोडारीका अनुसार, “संघले विगतमा योगदान पुर्याएका...
८ भाद्र २०८२, आईतवार ००:४९८ भाद्र २०८२, आईतवार ००:४९८ भाद्र २०८२, आईतवार ००:४९ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज नयाँ काम सुरु गर्ने उत्साह बढ्नेछ। पुरानो प्रयास सफल हुने सम्भावना छ। पारिवारिक सम्बन्धमा न्यानोपन रहनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आत्मविश्वास र जोश उच्च रहनेछ। आर्थिक पक्ष सामान्य तर स्थिर रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्ध सुमधुर हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काममा प्रगति हुनेछ। नयाँ अवसर हात लाग्नेछ। योजना सफलतापूर्वक अघि बढाउने मौका मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उत्साह र उमङ्ग बढ्नेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसर प्रयोग गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिजा दिनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विद्यार्थी र अध्ययनमा लागेकालाई राम्रो ...