Advertisement
Advertisement

तमू धीं दक्षिण कोरियाको एघारौं महाधिवेशन सम्पन्न, तेज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका गुरुङ (तमू) समुदायको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाले आफ्नो एघारौं केन्द्रीय महाधिवेशन सउल दोङ्देमुनस्थित सेमाउल बैंकको सभा हलमा भव्यतापूर्वक सम्पन्न गरेको छ। अगस्ट २४ तारिख सम्पन्न महाधिवेशनबाट तेज गुरुङको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।

कार्यक्रमको पहिलो चरण संस्थाका तत्कालीन अध्यक्ष रुपा गुरुङको सभाध्यक्षतामा र नेपाल जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उद्घाटन सत्रमा महासचिव वाईबि गुरुङले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नरेन्द्र गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रमुख अतिथि विशन राईले परदेशमा जातीय अस्तित्व संरक्षण गर्दै सामाजिक कार्यमा सक्रिय रहेको भन्दै तमू धींको प्रशंसा गरेका थिए।

समारोहमा कोरिया NRNA, विभिन्न जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, शुभेच्छुकलगायतको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले तमू धींको योगदानलाई सराहना गर्दै अधिवेशन सफलताको शुभकामना दिएका थिए।

बन्द सत्रमा लेसन गुरुङको संयोजकत्वमा गठन भएको निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको हो। जसअनुसार अध्यक्षमा तेज गुरुङ, वरिष्ठ उपाध्यक्षमा वाईबि गुरुङ, उपाध्यक्षमा सबनम गुरुङ, सरोज गुरुङ, रेशम लाल गुरुङ र जमन सिंह गुरुङ रहेका छन्। महासचिवमा सुनिल गुरुङ गुरुङ, सचिवमा सन्तोष गुरुङ र लिलु गुरुङ, कोषाध्यक्षमा उर्मिला गुरुङ, सह–कोषाध्यक्षमा सिर्जना गुरुङ र सदस्यमा रञ्जित गुरुङ, कृतिका गुरुङ, चन्द्र बहादुर गुरुङ, प्रभा गुरुङ, मनोज गुरुङ, दिप्ती गुरुङ, अमृत गुरुङ र सरोज गुरुङ रहेका छन्।

त्यसैगरी, महाधिवेशनले भिम गुरुङको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन पारित गर्दै “तमू धीं विधान संशोधन २०२५” पनि अनुमोदन गरेको छ।

सभाध्यक्ष रुपा गुरुङले महाधिवेशन सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण अतिथि, अतिथि संस्थाहरू, क्षेत्रीय तथा जातीय संघसंस्था, शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै तमू धीं दक्षिण कोरिया अझ सबल रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×