दक्षिण कोरियाको छल्लानाम्दो प्रान्तमा यस वर्ष विदेशी मौसमी श्रमिकहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। प्रान्तीय प्रशासनका तथ्यांकअनुसार २०२५ मा कुल २०,७१८ जना श्रमिक यहाँ परिचालित भएका छन्। गत वर्ष १०,४०३ मात्र रहेकाले यसपटक १०,३१५ जनाको वृद्धि भएको हो।
मौसमी श्रमिक कार्यक्रम ग्रामीण तथा माछापालन क्षेत्रमा श्रमिक अभाव पूरा गर्न बनाइएको आठ महिनाको रोजगार योजना हो। यसअन्तर्गत स्थानीय प्रशासनले विदेशी सरकारहरूसँग सम्झौता गर्ने वा विवाह आप्रवासीका आफन्त तथा विदेशी नागरिकता भएका कोरियालीहरूलाई आमन्त्रण गर्ने प्रावधान राखिएको छ।
यो वर्ष छल्लानाम्दोका २७ सहर/जिल्लामा श्रमिक परिचालन गरिएको छ। तीमध्ये १५,०५ जनाले कृषिक्षेत्रमा पसिना बगाइरहेका छन् भने ५,७१३ जना माछापालनमा सक्रिय छन्।
स्थानीय सरकारका अधिकारीहरूका अनुसार ग्रामीण क्षेत्रमा कामदारको तीव्र कमीका कारण यस वर्ष श्रमिक संख्यामा उल्...
१० भाद्र २०८२, मंगलवार १२:२८१० भाद्र २०८२, मंगलवार १२:२८१० भाद्र २०८२, मंगलवार १२:२८ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका काभ्रेली समुदायलाई एक्यवद्ध गर्ने उद्देश्यले स्थापना भएको काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाले आफ्नो आठौँ अधिवेशन आगामी अक्टोबर ४, शनिबार भव्य रूपमा आयोजना गर्ने भएको छ।
अधिवेशन कार्यक्रम सउलको दोङ्देमुनस्थित नमस्ते रेस्टुरेन्टको सभाहलमा बिहान ११ बजे हुने तय भएको छ।
२०११ सालमा स्थापना भएदेखि निरन्तर रूपमा कोरियामा सामाजिक गतिविधिमा सक्रिय यस संस्थाले काभ्रेली मात्र नभई अन्य नेपाली समुदायलाई पनि आवश्यक परेमा सहयोग गर्दै आएको छ। प्रवासी भूमिमा आइपर्ने समस्या समाधानका लागि हातेमालो गर्दै अघि बढ्ने यस समितिको यो अधिवेशनमा नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालको कार्यदिशा तय गरिनेछ।
समितिका अध्यक्ष सुमन चौलागाईंले अधिवेशनमा उपस्थित भई अमूल्य सल्लाह सुझाव दिएर कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण काभ्रेली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक अनुरोध गर्नुभएको छ।
अधिवेशनमा ...
९ भाद्र २०८२, सोमबार ११:२८९ भाद्र २०८२, सोमबार ११:२८९ भाद्र २०८२, सोमबार ११:२८ by एलिनाNo Comments
विशाल आवाज:गजेदोस्थित हान्वा ओसन नेपाली एकता समाजले नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा यस वर्ष पनि भव्य तीज विशेष दर खाने तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ। “हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना” भन्ने नाराका साथ स्थापित यस संस्थाले हिजो आइतबार का दिन ग्योङनाम, गजेदोस्थित 거제시노동복지회관मा आयोजना गरेको कार्यक्रममा ठूलो संख्यामा नेपालीहरू सहभागी भएका थिए।
हान्वा ओसन क्षेत्रमा मात्रै आठ सयभन्दा बढी नेपाली कार्यरत रहेका कारण यसपटकको तीज कार्यक्रमलाई विशेष उत्साहका साथ मनाइएको थियो। कार्यक्रममा समाजका अध्यक्ष नारायण शाही ठकुरीले सबैलाई स्वागत गर्दै साझा संस्थाको महत्वमा जोड दिनुभयो र यस किसिमको सांस्कृतिक गतिविधिले प्रवासी नेपालीबीच एकता, सद्भाव र आपसी सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम दर खाने मात्र नभई गीत–...
८ भाद्र २०८२, आईतवार १४:१२८ भाद्र २०८२, आईतवार १४:१२८ भाद्र २०८२, आईतवार १४:१२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: गोलोव गाईज दक्षिण कोरियाले आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा छुसकमा आयोजना गर्न लागेको ‘TASHIDELEK NIGHT Dance Party 2025’ को आधिकारिक पोस्टर आइतबार (२०२५ अगस्ट २४) सार्वजनिक गरिएको छ।
राजधानी सिओलको दोङदेमुनस्थित निक नेपाल ट्राभलको सभा हलमा संखुवासभा सम्पर्क परिवारको सहजकर्तामा, पुर्वी नेपाल समाज दक्षिण कोरियामा आवद्ध दुई वटा जातीय संस्था र १४ जिल्लाका प्रतिनिधिहरूको उपस्थितिमा पोस्टर सार्वजनिक गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि पुर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष श्री केदार निरौला रहेका थिए भने सभाध्यक्षमा संस्थाका वरिष्ठ सल्लाहकार श्री निमा थिकेपा र सञ्चालन संस्थाका सचिव पेक्मा थिकेपा ले गर्नुभएको थियो।
सो अवसरमा संस्थाका अध्यक्ष मिक्मा रिदार लामा ले संस्थाको स्थापना काल (२०१५) देखि हालसम्मका गतिविधिहरूको समीक्षा गर्दै सामाजिक क्षेत्रमा संस्थाले गरेको योगदानबा...
८ भाद्र २०८२, आईतवार १३:३४८ भाद्र २०८२, आईतवार १३:३४८ भाद्र २०८२, आईतवार १३:३४ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका गुरुङ (तमू) समुदायको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाले आफ्नो एघारौं केन्द्रीय महाधिवेशन सउल दोङ्देमुनस्थित सेमाउल बैंकको सभा हलमा भव्यतापूर्वक सम्पन्न गरेको छ। अगस्ट २४ तारिख सम्पन्न महाधिवेशनबाट तेज गुरुङको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।
कार्यक्रमको पहिलो चरण संस्थाका तत्कालीन अध्यक्ष रुपा गुरुङको सभाध्यक्षतामा र नेपाल जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उद्घाटन सत्रमा महासचिव वाईबि गुरुङले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नरेन्द्र गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रमुख अतिथि विशन राईले परदेशमा जातीय अस्तित्व संरक्षण गर्दै सामाजिक कार्यमा सक्रिय रहेको भन्दै तमू धींको प्रशंसा गरेका थिए।
समारोहमा कोरिया NRNA, विभिन्न जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, श...
८ भाद्र २०८२, आईतवार १३:२६८ भाद्र २०८२, आईतवार १३:२६८ भाद्र २०८२, आईतवार १३:२६ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपालीहरूलाई लक्षित गर्दै जेछन नेपाली समाज, दक्षिण कोरिया को आयोजनामा आगामी सेप्टेम्बर १४, २०२५ (आइतबार) का दिन घुम्ती सेवा कार्यक्रम हुने भएको छ।
यो कार्यक्रमअन्तर्गत नेपाली राजदूतावासले राहदानी नवीकरण तथा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गर्नेछ। बिहान ९ बजेपछि सुरु हुने उक्त कार्यक्रम चुङछोंगबुक्दो जेछनसी, विश्वविद्यालय रोड ३१६, सेमिनार हल (연구관 205호) मा आयोजना हुनेछ।
राहदानी नवीकरणका लागि लाग्ने शुल्क
• नवीकरण शुल्क : २१०,००० कोरियन वोन
• हराएको, च्यातिएको वा ड्यामेज भएको अवस्थामा : ४२०,००० कोरियन वोन
(हराएको अवस्थामा कोरियन पुलिस रिपोर्ट अनिवार्य, च्यातिएको वा ड्यामेज भएमा पुरानो पासपोर्ट अनिवार्य)
• कम्पनीमै पासपोर्ट पठाउन चाहेमा : ३,०४० कोरियन वोन (थेक्वे शुल्क)
नोट: राहदानी नवीकरणको शुल्क तोकिएको खातामा अनिवार्य बैंक ट्रान्सफरमार्फत भुक्ता...
८ भाद्र २०८२, आईतवार १२:००८ भाद्र २०८२, आईतवार १२:००८ भाद्र २०८२, आईतवार १२:०० by एलिनाNo Comments
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA–NCC) दक्षिण कोरियाले सातौं पूर्ण बैठकमार्फत संरचना सुदृढ गर्दै आगामी २०२५–२७ कार्यकालका लागि संरक्षक, सल्लाहकार तथा कार्यसमितिका रिक्त पदहरूमा पदपूर्ति गरेको छ।
संघको विधानअनुसार संरक्षक, वरिष्ठ सल्लाहकार, सल्लाहकार र कार्यसमितिका महिला उपाध्यक्ष तथा सदस्य पदमा नयाँ नियुक्ति गरिएको हो।
संरक्षकमा डा. प्रकाश धमाला र लक्ष्मी लामा गुरुङ, वरिष्ठ सल्लाहकारमा जीवन खतिवडा, गिरिराज कुवंर र डा. अग्नि राज कोइराला, सल्लाहकारमा गम्भिर श्रेष्ठ नियुक्त भएका छन्।
त्यसैगरी कार्यसमितिको रिक्त पदमा महिला उपाध्यक्षमा हेमलता शर्मा र सदस्यमा ओम प्रकाश पुन चयन भएका छन्।
संघले नियुक्तिहरूलाई समाज, समुदाय र एनआरएनए अभियानप्रतिको योगदानका आधारमा मूल्याङ्कन गरेर जिम्मेवारी तोकिएको जनाएको छ।
महासचिव अजय सोडारीका अनुसार, “संघले विगतमा योगदान पुर्याएका...
७ भाद्र २०८२, शनिबार ०८:०४७ भाद्र २०८२, शनिबार ०८:०४७ भाद्र २०८२, शनिबार ०८:०४ by एलिनाNo Comments
पछिल्ला वर्षहरूमा नेपालमा ‘कोरिया क्रेज’ असाधारण रूपमा फैलिएको छ। यसको प्रभाव केवल मनोरञ्जन वा रोजगारीमै सीमित नभई, नेपाली युवाहरूको सोच, संस्कार र जीवनशैलीमा गहिरो रूपमा देखिन थालेको छ।
कोरियाली मनोरञ्जन क्षेत्रको लोकप्रियता नेपाली युवाबीच चुलिँदो छ। K-pop, K-drama र कोरियन फिल्महरूले युवाको मन जितेका छन्। BTS, Blackpink, IU, Stray Kids जस्ता कलाकारका फ्यान क्लबहरू mushrooming भइरहेका छन्। काठमाडौंका गल्लीदेखि गाउँका चौतारासम्म कोरियाली गीत गुन्जिन थालेका छन्। केवल गीत–संगीत वा फिल्म मात्र होइन, कोरियन फेसन, मेकअप र खानपान—जस्तै ramen, kimchi, tteokbokki—समेत नेपाली समाजमा गहिरो गरी प्रवेश गरिसकेका छन्।
युवाबीच बढ्दो आकर्षण केवल मनोरञ्जनमै सीमित छैन। प्रत्येक वर्ष हजारौं नेपाली EPS प्रणालीमार्फत रोजगारीका लागि कोरिया प्रस्थान गर्छन्। पठाइने विप्रेषणले नेपालको अर्थतन्त्रलाई ठूलो टेवा...
६ भाद्र २०८२, शुक्रबार ०९:०६६ भाद्र २०८२, शुक्रबार ०९:०६६ भाद्र २०८२, शुक्रबार ०९:०६ by एलिनाNo Comments
दक्षिण कोरियाको छेजुदोमा नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज विशेष कार्यक्रमसहित मनाइने भएको छ।
Mount Everest Restaurant Jeju को आयोजनामा शनिबार (अगस्ट २३, २०२५) साँझ ७:३० बजेदेखि सुरु हुने यो कार्यक्रममा तीजको रौनकता झल्काउने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।
आयोजकले जानकारी अनुसार, कार्यक्रममा तीज विशेष दर खाने कार्यक्रम, नेपाली सांस्कृतिक झलकसहितका र नेपाली परिकारहरूको स्वाद उपलब्ध गराइनेछ।
समुद्रपारी बसाइमै पनि नेपालीपन झल्काउने र आपसी भेटघाट तथा मनोरञ्जन गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
छेजुदोमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरिएको यस कार्यक्रममा इच्छुक सहभागीहरूले Mt. Everest Restaurant, Jeju मा उपस्थित भई सहभागिता जनाउन सक्नेछन्।
🗓️ मिति : अगस्ट २३, २०२५ (शनिबार)
🕢 समय : साँझ ७:३० बजेबाट
📍 स्थान : Mt. Evere...
६ भाद्र २०८२, शुक्रबार ०४:४०६ भाद्र २०८२, शुक्रबार ०४:४०६ भाद्र २०८२, शुक्रबार ०४:४० by एलिनाNo Comments
दक्षिण कोरियाको इन्छनमा घटेको एक रहस्यमयी घटनाले प्रहरीसमेत शंकाको घेरामा पारेको छ।
अगस्ट २० तारिख दिउँसो करिब २ बजे इन्चोन शहरको नामदोंगुस्थित एक भिलामा ५० वर्षीय पुरुष ए씨 मृत अवस्थामा भेटिएका थिए। प्रारम्भिक खबर अनुसार उनलाई श्वास नचल्ने अवस्थामा फेला पारिएपछि दमकल टोली घटनास्थल पुगेको थियो। तर घटनास्थलमै उनको मृत्यु भइसकेको पुष्टि भएपछि प्रहरीले लिएको थियो।
तर, घटनास्थलमा मृतकले लगाएको २० तोला बराबरको सुनको हार (बजार मूल्य झन्डै १ करोड १० लाख वोन) गायब भएको तथ्य बाहिर आएपछि थप रहस्य गहिरिएको छ।
नामदोंग प्रहरीको पहिलो प्रतिवेदन अनुसार, घटनास्थलमा खिचिएको प्रारम्भिक फोटोमा मृतकको शरीरमा सो सुनको हार प्रष्टै देखिन्छ। तर केही बेरपछि इन्चोन प्रहरीको अनुसन्धान टोलीले खिचेका तस्बिरमा भने हार देखिँदैन।
यसपछि घटनास्थलमै रहेका प्रहरीहरूले आपसमा नै एक–अर्काको शारीरिक खानतलासीसमेत गरेका...