Advertisement
Advertisement

Breaking news 1

स्याङ्जा परिवारले अगष्ट ३ मा “पाँचौं स्याङ्जा कप २०२५” भलिबल प्रतियोगिता आयोजना गर्दै 

स्याङ्जा परिवारले अगष्ट ३ मा “पाँचौं स्याङ्जा कप २०२५” भलिबल प्रतियोगिता आयोजना गर्दै 

Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरियामा अति सक्रिय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले "पाँचौं स्याङ्जा कप २०२५" भलिबल प्रतियोगिता गर्ने भएको छ । भलिबल प्रतियोगिताको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर यस उक्त संघकै अनुमति बमोजिम यही आउँदो अगष्ट ३ तारिक सुवनस्थित AJOU UNIVERSITY VOLLEYBALL STADIUM [경기 수원시 영통구 월드컵으로 206] मा उक्त प्रतियोगिता आयोजना गरिने संस्थाका अध्यक्ष सुशील गुरुङले जानकारी दिए । स्याङ्जा घर व्यवस्थापन सहयोगार्थ “स्वास्थ्य, एकता, सद्भाव र गतिशीलताका लागि हाम्रो अभियान ! खेल, संस्कृति र सुशासन हाम्रो पहिचान !!” भन्ने मूल उद्घोषसँगै सञ्चालन हुने उक्त प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्रदान गरिने र सान्तवना स्थान प्राप्त गर्ने दुई सेमिफाईनलिष्ट टिमलाई मेडल र प्रमाण पत्र सहित ४/४ लाख कोरियन वोन...
अब ३३ डिग्रि नाघेमा प्रत्येक २ घण्टामा २० मिनेट रेस्ट टाइम : श्रम मन्त्रालय 

अब ३३ डिग्रि नाघेमा प्रत्येक २ घण्टामा २० मिनेट रेस्ट टाइम : श्रम मन्त्रालय 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
लगातार गर्मी बढिरहेकाले गर्दा निर्माण स्थलमा काम गरिरहेका विदेशी कामदारको ज्यान जाने जस्ता गम्भीर दुर्घटनाहरू भएका छन्।  यसलाई ध्यानमा राख्दै, कोरिया श्रम मन्त्रालयले गर्मीको समयमा अनिवार्य रूपमा विश्राम दिने व्यवस्था पुनः 추진 गर्ने निर्णय गरेको छ। श्रम मन्त्रालयले ८ जुलाईमा नियम सुधार समितिलाई ‘औद्योगिक सुरक्षा तथा स्वास्थ्य मापदण्डसम्बन्धी नियम’मा समावेश गरिएको "महसुस हुने तापक्रम ३३ डिग्री सेल्सियसभन्दा माथि पुगेमा प्रत्येक २ घण्टामा कम्तिमा २० मिनेट विश्राम दिनुपर्ने" भन्ने प्रस्तावमा पुनर्विचार गर्न अनुरोध गर्ने निर्णय गरेको छ। यसअघि नियम सुधार समितिले अप्रिल र मे महिनामा दुई पटकको समीक्षा बैठकमा उक्त प्रावधान सबै कार्यस्थलमा एकै किसिमले लागू गर्नु उपयुक्त नहुने र साना तथा मझौला व्यवसायहरूमा बोझ बन्न सक्ने भन्दै श्रम मन्त्रालयलाई पुनर्विचार गर्न सिफारिस गरेको थियो। त्यसपछि ...
भोजपुर परिवार दक्षिण कोरियाले “ नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान” विषयक विमर्श कार्यक्रम गर्दै

भोजपुर परिवार दक्षिण कोरियाले “ नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान” विषयक विमर्श कार्यक्रम गर्दै

Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय समाज भोजपुर परिवार दक्षिण कोरियाले यही जुलाई १३ तारिखका दिन सउलमा “नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान” विषयक विमर्श कार्यक्रम गर्ने भएको छ। योगमाया र उनका अनुयायीहरूको जलसमाधिको ८४ औँ स्मृति दिवसको अवसरमा भोजपुर परिवार दक्षिण कोरियाले जुलाई १३ तारिख आइतबारका दिन १२ बजे पूर्वी नेपाल समाजको सभाहल दोङ्देमुनमा तीनजना विशेष वक्ताहरूको साथमा कार्यक्रम गर्ने भएको हो। कोरियामा रहेका सबै संस्थाहरूले निरन्तर गरिरहेको एकै प्रकारको परम्परागत कार्यक्रमका बीच भोजपुर समाजले, समाज बदल्न योगदान दिने व्यक्तिको सम्झनामा श्रद्धास्वरूप गर्न लागेको यो बिल्कुलै नयाँ किसिमको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष बिशन राई, पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष केदार निरौला र खोटाङ सेवा समाज दक्षिण कोरियाका अध्यक्ष सुष्मा रानाहंमा राई वक्ताको...
कोरियामा १ बर्षमै १० लाख ब्यवसाय बन्द 

कोरियामा १ बर्षमै १० लाख ब्यवसाय बन्द 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सन २०२४ मा कोरियामा पहिलोपटक १० लाखभन्दा धेरै व्यवसायहरू बन्द भएका छन्। राष्ट्रिय कर सेवा (NTS) का अनुसार, कुल 1,008,282 व्यवसायहरू (व्यक्तिगत र कर्पोरेट) बन्द भएका छन्, जुन अघिल्लो वर्षभन्दा 21,795 ले बढी हो। यो वृद्धिको मुख्य कारणहरूमा कोभिड महामारीपछिको लामो आर्थिक मन्दी, उच्च ब्याजदरका कारण बढ्दो ऋण तिर्न नसक्ने दर, र घट्दो बिक्री रहेका छन्।  बन्द भएका व्यवसायमध्ये करिब आधा खुद्रा र रेस्टुरेन्ट क्षेत्रका थिए। खुद्रा व्यवसायको बन्द दर 16.78% र रेस्टुरेन्टको 15.82% रहेको छ। विज्ञहरूका अनुसार उच्च मुद्रास्फीति र ब्याजदरले मानिसको वास्तविक आम्दानी घटाएको छ, जसले गर्दा खुद्रा र खाना खर्चमा गिरावट आएको हो। EPS NEPAL FAMILY...
“Fonemoney साथमा १ करोड हातमा” अभियान अन्तर्गत विजेता श्री मिलन विश्वकर्मालाई १ करोड कोरियन वन पुरस्कार हस्तान्तरण

“Fonemoney साथमा १ करोड हातमा” अभियान अन्तर्गत विजेता श्री मिलन विश्वकर्मालाई १ करोड कोरियन वन पुरस्कार हस्तान्तरण

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरिया - जुलाई ६, २०२५ रेमिट्यान्स सेवा प्रदायक कम्पनी Fonemoney ले "Fonemoney साथमा १ करोड हातमा" अभियान अन्तर्गत १ करोड कोरियन वन जित्ने भाग्यशाली विजेता श्री मिलन बिश्वकर्मालाई पुरस्कार हस्तान्तरण समारोह गरेको छ। विजेता घोषणा कार्यक्रम जुन १५, २०२५ (आईतबार) का दिन दोंगदेमुनस्थित Fonemoney को मुख्यालयमा आयोजित लक्की ड्र मार्फत सम्पन्न भएको थियो। त्यसैगरी जुलाई ५. शनिबार, Fonemoney मुख्यालयमा सम्पन्न एक विशेष आन्तरिक कार्यक्रम मार्फत विजेता श्री मिलन बिश्वकर्मालाई १ करोड कोरियन वन बराबरको नगदपुरस्कार औपचारिक रूपमा हस्तान्तरण गरियो। पुरस्कार हस्तान्तरण समारोहमा खुशी साट्‌दै श्री मिलन विश्वकर्माले जितेको रकम आफूले नेपालमा बनाउँदै गरेको घरको रङ्गरोगन तथा इन्टेरियरको काममा सो रकम खर्च गर्ने योजना रहेको उल्लेख गर्दै फोनमनीलाई आभार व्यक्त गर्नुभयो। यस अभियान अन्तर्गत, प्रत्ये...
सन २०२६ मा ११८ दिन रातो बिदा 

सन २०२६ मा ११८ दिन रातो बिदा 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सप्ताहमा ५ दिन काम गर्ने कर्मचारीहरूका लागि सन् २०२६ मा कुल बिदा ११८ दिन हुनेछ, जुन सन् २०२५ को तुलनामा १ दिन कम हो। कोरियाको 우주항공청 ले सन् २०२६ का लागि ‘월력요항’ (वार्षिक पात्रो निर्देशिका) सार्वजनिक गरेको हो, जुन देशभरि प्रयोग हुने पात्रो बनाउने आधार मानिन्छ। सार्वजनिक बिदा सन् २०२६ मा कुल ७० दिन हुनेछ, जुन यो वर्षभन्दा २ दिन धेरै हो। यसमा हप्ताको ५ दिन काम हुने प्रणाली अनुसार शनिबार ५२ दिन थपिँदा बिदा जम्मा १२२ दिन पुग्छ, तर तीमध्ये ४ वटा बिदा शनिबार परेकाले अन्ततः कुल बिदा ११८ दिन रहन्छ। ३ दिन वा सोभन्दा लामो बिदा हुने समय ८ पटक हुनेछ। सबैभन्दा लामो बिदा फागुन १४ देखि १८ तारिखसम्मको 설날 (कोरियन नयाँ वर्ष) हुनेछ, जसमा शनिबार–आइतबार पनि पर्छ। 추석 (कोरियन चाड) भने सेप्टेम्बर २४ देखि २७ तारिखसम्म ४ दिनको हुनेछ। त्यस्तै, लगातार ३ दिनको बिदा पाँच पटक हुनेछ, जसमध्ये 부처님오신날 (बुद्ध जयन...
बोतलमा चामल र १ डलर राखि बाईबलसहित उत्तर कोरिया पठाउने अमेरिकि पक्राउ 

बोतलमा चामल र १ डलर राखि बाईबलसहित उत्तर कोरिया पठाउने अमेरिकि पक्राउ 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
शुक्रबार बिहान इनछनको गाङह्वा-गुनमा ६ जना अमेरिकी नागरिकहरू चामल, एक डलरको नोट र बाइबल भरिएको १,३०० प्लास्टिक बोतल उत्तर कोरियातर्फ पठाउने प्रयास गरिरहेको अवस्थामा समातिएका छन। दक्षिण कोरियाली सेनाले निगरानी क्यामेराबाट देखेपछि प्रहरीले उनीहरूलाई समातेको हो। बोतल समुद्रमा फाल्न नपाउँदै नियन्त्रणमा लिइएको थियो। कोरियाली भाषा राम्रोसँग नबुझ्ने भएकाले अनुसन्धानका लागि अनुवादक खटाइने प्रहरीले जनाएको छ। गाङह्वा-गुनबाट सामग्री पठाउन गत वर्ष नोभेम्बर १ देखि प्रतिबन्ध लागु छ, स्थानीयको सुरक्षा र गुनासोलाई ध्यानमा राखेर यसो गरिएको हो। यसअघि पनि नोभेम्बर ३ मा एक जना व्यक्ति १२१ बोतल चामल पठाउने प्रयासमा समातिएका थिए।...
जुलाई १३ मा रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको आठौं अधिवेशन हुने 

जुलाई १३ मा रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको आठौं अधिवेशन हुने 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: दक्षिण कोरियामा सक्रिय सामाजिक सस्था रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको यही जुलाई १३ तारिक सुवनमा आठौं अधिवेशन हुने भएको छ।  “प्रवासमा रुपन्देही बासिहरूको एकता, शान्ति, सद्भाव र भाइचारा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ स्थापित रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले यही २०८२ साल असार २९ गते (२०२५ जुलाई १३, आइतबार) का दिन कोरियाको सुवन स्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा आठौं अधिवेशन – २०२५ आयोजना गर्न लागेको हो। सुवन स्टेशन गेट नं. १० नजिक रहेको भेटघाट रेस्टुरेन्टको सभाहलमा हुने उक्त कार्यक्रम बिहान ११:०० बजेबाट सुरु हुने आयोजकले जनाएको छ।  स्थापना कालदेखी नै प्रवासमा रहेका रुपन्देहीबासीहरूबीच सामाजिक, सांस्कृतिक, र आपसी सहयोगको भावना विस्तार गर्न क्रियाशील रहँदै आएको सस्थाले कोरिया लगायत नेपालमा बिभिन्न सामाजिक कार्यमा हातेमालो गर्दै आइरहेको छ।जुलाई १३ मा हुन...
कोरियन वन लगातार बलियो बन्दै जादा रेमिट रेट सस्तिदै 

कोरियन वन लगातार बलियो बन्दै जादा रेमिट रेट सस्तिदै 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, समाचार
गत डिसेम्बरमा मार्शल ल लागू भएपछि कमजोर बनेको कोरियन वन पछील्लो समय फेरी लगातार बलियो बन्दै आएको छ। जुन २४ मा दक्षिण कोरियाको वोन/डलर विनिमय दर तीव्र रूपमा घटेर १,३६०.२ वोन प्रति डलर पुगेको छ। अघिल्लो दिनको तुलनामा यो दर २४.१ वोनले घटेको हो। यो दर गत अप्रिल १२ पछि कै सबैभन्दा न्यून हो। शुरुवातमै विनिमय दर १५.३ वोनले घटेर १,३६९.० वोन बाट खुलेको थियो र दिनभर घट्दै १,३५९.२ वोन सम्म पुगेको थियो। हालैका दिनहरूमा विनिमय दर १,३६० देखि १,३८० वोनको आसपासमा उतारचढाव भइरहेका थिए। तर, इजरायल र इरानबीच यु-द्धविरामको सहमति पछि अन्तर्राष्ट्रिय बजारमा स्थिरता आएपछि कोरियन वोन बलियो भएको हो। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच "पूर्ण यु-द्धविराम" भएको घोषणा गरेसँगै यस्तो सुधार देखिएको हो। डलर – वन विनिमयदर तल झरेसँगै कोरियामा कमाएर रेमिटेन्स गर्नेहरुलाई राहत हुनेछ। कोरियन वन बिलि...
ऋण तिर्न नसकेको नागरिकको ऋण मिनाहा गर्ने तयारीमा कोरिया सरकार

ऋण तिर्न नसकेको नागरिकको ऋण मिनाहा गर्ने तयारीमा कोरिया सरकार

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
𝗘𝗣𝗦 𝗡𝗘𝗣𝗔𝗟 𝗙𝗔𝗠𝗜𝗟𝗬:दक्षिण कोरियाले आफ्ना नागरिकले लामो समयसम्म पनि तिर्न नसकेका व्यक्तिगत ऋणलाई मिनाहा दिने योजना अघि सारेको छ। सरकारले कोरियन एसेट म्यानेजमेन्ट कर्पोरेसन (한국자산관리공사) अन्तर्गत ‘ब्याड बैंक’ नामक एउटा संस्था स्थापना गर्ने योजना बनाएको छ। यस संस्थाको मुख्य उद्देश्य ७ वर्षभन्दा लामो समयदेखि तिर्न बाँकी रहेको ५० मिलियन वोन (करिब ५ करोड वोन) भन्दा कम मूल्यका व्यक्तिगत, बिना जमानत ऋण (무담보채권) लाई एकैपटक खरिद गरी ती ऋणहरू माफी गराउनु हो। यसले धेरैजना व्यक्तिहरूलाई उनीहरूको ऋणबाट मुक्त गराउनेछ, जसले आर्थिक रूपमा उनीहरूलाई राहत दिनेछ र पुनः आर्थिक क्रियाकलापमा फर्किन सहयोग पुर्‍याउनेछ। विशेष गरी स्वरोजगार र साना व्यवसायीहरूलाई यो योजना निकै उपयोगी हुनेछ, जसले ऋणको भारीबाट मुक्त भएर आफ्नो व्यवसाय पुनः सुरु गर्न सक्छन्। यस योजनाअन्तर्गत करिब ११३ लाख (१.१३ करोड) मानिसका १६.४ ट्रिलि...