शुक्रबार बिहान इनछनको गाङह्वा-गुनमा ६ जना अमेरिकी नागरिकहरू चामल, एक डलरको नोट र बाइबल भरिएको १,३०० प्लास्टिक बोतल उत्तर कोरियातर्फ पठाउने प्रयास गरिरहेको अवस्थामा समातिएका छन।
दक्षिण कोरियाली सेनाले निगरानी क्यामेराबाट देखेपछि प्रहरीले उनीहरूलाई समातेको हो। बोतल समुद्रमा फाल्न नपाउँदै नियन्त्रणमा लिइएको थियो।
कोरियाली भाषा राम्रोसँग नबुझ्ने भएकाले अनुसन्धानका लागि अनुवादक खटाइने प्रहरीले जनाएको छ।
गाङह्वा-गुनबाट सामग्री पठाउन गत वर्ष नोभेम्बर १ देखि प्रतिबन्ध लागु छ, स्थानीयको सुरक्षा र गुनासोलाई ध्यानमा राखेर यसो गरिएको हो।
यसअघि पनि नोभेम्बर ३ मा एक जना व्यक्ति १२१ बोतल चामल पठाउने प्रयासमा समातिएका थिए।
Post Views: 583









