नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको उपनिर्वाचनमा आएको मतपरिणामबाट पूर्वी नेपालले माओवादीलाई पहिलो पार्टी बनाइसकेको उल्लेख गरेका छन् । पार्टी प्रवेश, बधाई तथा उदयपुर जिल्लाका नेता कार्यकर्ताहरूसँग बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा भएको भेटमा उनले आगामी निर्वाचनका लागि यो महत्त्वपूर्ण संकेत भएको बताएका हुन् ।
यसपटकको उपनिर्वाचनमा कोशी प्रदेशमा जितेका स्थान र लोकप्रिय मत दुवै हिसाबले हाम्रो पार्टी पहिलो बनेको छ’, उनले भने, ‘वडा मात्रै होइन, यसपटक पहिले तेस्रो भएको स्थानमा गाउँपालिकामा नै अत्यधिक मतले विजयी हुनु निकै महत्त्वपूर्ण संकेत हो, अब पार्टीलाई एकताबद्ध बनाउँदै मेहनत गरेर जाने हो भने आगामी निर्वाचनमा देशभरि नै पहिलो पार्टी बन्ने आधार तयार भएको छ ।’
उदयपुरमा यसअघि हारेका दुई वटा वडामा अत्यधिक मतका साथ विजयी हुनु उल्लेख प्रगति भएको स्पष्...
१८ पुष २०८१, बिहीबार ०५:४२१८ पुष २०८१, बिहीबार ०५:४२१८ पुष २०८१, बिहीबार ०५:४२ by विशाल श्रेष्ठNo Comments
मंसिर महिनामा मात्रै वैदेशिक रोजगारका लागि विभिन्न मुलुक जान ८४ हजार दुई सय २६ जना युवाले श्रम स्वीकृति लिएका छन्।
यो संख्या नयाँ तथा पुनःश्रम स्वीकृति लिनेहरूको हो।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार श्रम स्वीकृति लिनेमा ७५ हजार पाँच सयभन्दा धेरै पुरूष र आठ हजार ६ सयभन्दा धेरै महिला छन्।
नयाँ श्रम स्वीकृति लिनेको संख्या ४२ हजारभन्दा धेरै छ।
विभागको तथ्यांक हेर्दा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स युएईका लागि सबैभन्दा धेरै युवाले श्रम स्वीकृति लिएका छन्।
युएईका लागि २४ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन्। त्यसपछि साउदीका लागि १८ हजार, कतारका लागि १४ हजारभन्दा धेरै युवाले श्रम स्वीकृति लिएका छन्।
केही समय मलेसियाले आप्रवासी श्रमिक लैजान कडाई गरेसँगै ठूलो संख्यामा नेपालीहरू युएईतर्फ गइरहेको म्यानपावर व्यवसायीहरूले बताएका छन्।
मंसिरमा मलेसियाका लाग...
१७ पुष २०८१, बुधबार १४:५७१७ पुष २०८१, बुधबार १४:५७१७ पुष २०८१, बुधबार १४:५७ by विशाल श्रेष्ठNo Comments
अमेरिकाको न्यु अर्लियन्समा नयाँ वर्ष मनाइरहेका मानिसहरूको भीडमा कार जोताइँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा ३० जना घाइते भएका सीएनएनले जनाएको छ ।
न्यु अर्लियन्सको बर्बन स्ट्रिटमा नयाँ वर्ष मनाइरहेको भीडमा कार जोताएलगत्तै चालक कारबाहिर निस्केर गोली प्रहार गर्न सुरू गरेका थिए । त्यसलगत्तै प्रहरीले उनलाई लक्ष्य गरी जवाफी फायर गरेको थियो । गोली लागेका दुई प्रहरी अधिकारी घाइते भएका न्यु अर्लीयन्सका प्रहरी प्रमुखले जनाएका छन् ।
प्रहरी प्रमुख एनी किर्कप्याट्रिकले सन्दिग्ध आक्रमणकारीले तयारीका साथ भीडमा गाडी चलाएको बताइन् । 'उसले सकेसम्म धेरै मानिसहरूमाथि गाडी कुदाउने प्रयास गरेको थियो,' उनले भनिन् ।
घटनाबारे संघीय जाँच ब्युरो (एफबीआई)ले अनुसन्धान सुरु गरेको जनाइएको छ । एफबीआईका विशेष एजेन्ट अल्थिया डन्कनले घटनास्थलमा सम्भावित विस्फोटक उपकरण फेला पारेको बताएका छन् ।...
१७ पुष २०८१, बुधबार १४:०८१७ पुष २०८१, बुधबार १४:०८१७ पुष २०८१, बुधबार १४:०८ by विशाल श्रेष्ठNo Comments
ईपीएस मार्फत नेपालबाट दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई भाडा तोकिएको छ ।वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले १३ कात्तिकमा आह्वान गरेको बोलपत्रमा युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही भएकाले स्वीकृतिका लागि छनोट गरिएको शाखाले जनाएको छ ।
बोलपत्र विजेता युनिभर्सल टुर्सले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक प्रतिकामदार प्रतिटिकट ४८ हजार ६ सय ६५ रुपैयाँ रुपैयाँमा काठमाडौंदेखि सियोलसम्म उडान गर्ने छ । भ्याट जोड्दा प्रतिटिकट ५४ हजार ९ सय ९१ रुपैयाँ पर्ने शाखाले जनाएको छ ।यसअघि यस्तो भाडा दर प्रतिटिकट १ लाख २३ हजार रुपैयाँसम्म पुगेको थियो । भाडा अत्यधिक महँगो भएपछि यसको व्यापक विरोध भएको थियो ।
त्यसपछि सरकारले हवाई भाडा दर सस्तो गराउन बोलपत्र आह्वान गरेको थियो । सोही बोलपत्रमा सहभागी युनिभर्सल टुर्सले सबैभन्दा सस्तो दर प्रस्...
१७ पुष २०८१, बुधबार १४:०५१७ पुष २०८१, बुधबार १४:०५१७ पुष २०८१, बुधबार १४:०५ by एलिनाNo Comments
नेपालीहरूको प्रमुख गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले उनीहरूलाई निष्कासन गरेको हो।
स्रोतका अनुसार निष्कासन गरिनेहरूमा कान्छालाल मोक्तान, दावा छिरिङ शेर्पा, नवदत्त गुरुङ, विशेष लामा, गोपाल राना मगर, निर्मल गौतम, रुद्रबहादुर भुजेल र सन्दीप लामा रहेका छन्। उनीहरूलाई गत साता डीपोर्ट (निष्कासन) गरिएको स्रोतले बताएको छ। भिसाको म्यादभन्दा बढी बसेका कुमार तामाङलाई पनि दक्षिण कोरियाले निष्कासन गरेको स्रोतले बताएको छ। उनीहरूलाई थाइ एयरवेयजको जहाजबाट नेपाल फर्काइएको हो।
इपीएसबाहेक पनि दलालहरूको प्रलोभनमा परेर दक्षिण कोरिया जाने नेपालीहरूको जमात ठूलो छ। आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जाने प्रलोभनमा परेर नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्। दक्षिण कोरियामै रहेका एक नेपालीले अध्यागमन क...
१७ पुष २०८१, बुधबार १३:२३१७ पुष २०८१, बुधबार १३:२३१७ पुष २०८१, बुधबार १३:२३ by विशाल श्रेष्ठNo Comments
सिटी एक्सप्रेस मनी ट्रान्सफरले '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा' योजना अन्तर्गत मेगा बम्पर उपहार 'आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने' विजेताको नाम घोषणा गरेको छ।
हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक/प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट Gmoney trans मार्फत रेमिटेन्स पठाउने निराजन ढकालले आफूले पठाएको रकम ४१ हजार ९०९ रूपैयाँको १८ गुणा गरेर सात लाख ५४ हजार तीन सय ६२ रूपैयाँ जित्न सफल भएका छन्।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १ गतेदेखि मंसिर ३० गतेसम्म २०८१ सालको दसैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा' उपहार योजना घोषणा गरेको थियो।
सिटी एक्...
१७ पुष २०८१, बुधबार ११:०८१७ पुष २०८१, बुधबार ११:०८१७ पुष २०८१, बुधबार ११:०८ by विशाल श्रेष्ठNo Comments
रिटर्नी फेडेरेसन नेपालले चौथो स्थापना दिवसको अवसरमा रिटर्नी उधमीहरुलाई सम्मानित गरेको छ ।
काठमाण्डौं थापागाँउमा रहेको केन्द्रीय कार्यलयमा “स्थापना दिवसको विशेष समारोह”को विच सो सम्मान गरिएको हो । सम्मानित भएकाहरुमा कोशी प्रदेशबाट झापाका दिपक चापागाई, बाग्मती प्रदेशबाट दोलखाका ज्ञानु खवास , लुम्बीनी प्रदेशबाट गुल्मीका रविलाल पन्त , गण्डकी प्रदेश नवलपुरका शिव बहादुर केसी खत्री क्षेत्री र कर्णाली दैलेखबाट राम बहादुर बडुवाल रहेका छन ।
सम्मानित हुनेहरुले रिटर्नीहरुको रुपमा सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै यसले स्वदेशमा केही गर्ने प्रेरणा मिलेको बताएका छन । रिटर्नी फेडेरेशनका ईन्चार्ज कृष्ण बहादुर केसीले विदेशमा दुःख गरेर फर्केका रिटर्नीहरु एकजुट भएर उधमशिलता सहितको राजनीतिमा सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहेका केसीले भोलीका दिनका देशको नेतृत्वमा र...
१७ पुष २०८१, बुधबार १०:४६१७ पुष २०८१, बुधबार १०:४६१७ पुष २०८१, बुधबार १०:४६ by विशाल श्रेष्ठNo Comments
नेकपा (एमाले)बाट निकालिएका भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न गरेका छन्।
एमालेले संगठित सदस्यबाट हटाएपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका रावलले वाम गठबन्धन, माओवादीसँग पार्टी एकतादेखि प्रतिनिधि सभा विघटन, सर्वोच्च अदालतको फैसला तथा एमाले विभाजनको घटनाक्रमसम्म ओलीको भूमिकाप्रति प्रश्नैप्रश्न उठाएका हुन्।
विभिन्न राजनीतिक घटनाक्रमहरूमा ओलीले विधि विधान र अनुशासनविपरीतका क्रियाकलाप गरेको उनको आरोप छ।
'उहाँको भनाइ र गराइमा कति फरक छ। विधि पद्दति अनुशासन र जिम्मेवारीका कुरा उहाँको फोस्रो गफबाहेक केही होइन,' उनले भने।
उनको क्रियाकलाप कति स्वेच्छाचारी छ भन्ने विषय ओलीका निर्णयहरू पटकपटक सर्वोच्च अदालतबाट उल्टिनुले पनि पुष्टी हुने बताए।
'प्रतिनिधि सभा विघटनलाई संविधान विपरीत ठहर गर्दै सर्वोच्चको परमादेशले गठन भएको सरकारलाई बारम्बार परमादेशी...
१६ पुष २०८१, मंगलवार १३:२५१६ पुष २०८१, मंगलवार १३:२५१६ पुष २०८१, मंगलवार १३:२५ by विशाल श्रेष्ठNo Comments
सन्जिव वगाले/सेतोपाटि ग्लोबल नेपाली बाट साभार
उनी बिहान पाँच बजे बागबजार पुग्छन्। साढे पाँच बजे कोरियन भाषा पढाउन सुरू गर्छन्। झन्डै अपराह्न दुई बजेसम्म पढाउनमै व्यस्त रहन्छन्। सन् २०१० देखि उनको यही दिनचर्या चलेको छ। उनी हुन् प्रेम गुरूङ।
बागबजारमा उनले 'सिन्ह्वा कोरियन ल्यांग्वेज' चलाएका छन् जहाँ हाल २५ जनाले रोजगारी पाएका छन्। कोरियन भाषा कक्षासँगै उनले कोरियन स्वादको रेस्टुरेन्ट, चिया पसल र अर्को एउटा रेस्टुरेन्ट पनि चलाएका छन्। कुनै व्यवसायमा उनी एक्लै छन् त कुनैमा साझेदार।
प्रेम यी सबै व्यवसायको भर्याङ चढ्ने खुड्किलो कोरियन भाषा नै हो।
उनलाई कुनै समय कोरियन अध्यागमन विभागले गिरफ्तार गरेर १४ दिन जेलमा राखेर डिपोर्ट गरिदिएको थियो। त्यही घटना उनको जिन्दगी बदल्ने घुम्ती बनिदियो।
सिन्ह्वा कोरियन ल्यांग्वेज चलाउनुअघि उनी करिब दुई वर्ष कानुनी र १७ वर्ष गैरकानुनी गरी १९ वर्ष दक...
१६ पुष २०८१, मंगलवार ११:०५१६ पुष २०८१, मंगलवार ११:०५१६ पुष २०८१, मंगलवार ११:०५ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा स्याङ्जा परिवारद्वारा आयोजित प्रथम स्याङ्जा डबल ब्याडमिन्टन कप २०२४ भव्य रूपमा सम्पन्नदक्षिण कोरियाको स्याङ्जा परिवारद्वारा आयोजित प्रथम स्याङ्जा डबल ब्याडमिन्टन कप २०२४ भव्य रूपमा सम्पन्न भएको छ।
"शिक्षाको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद" भन्ने मूल नाराका साथ डिसेम्बर २९, आइतबारका दिन नेपाल ब्याडमिन्टन कमिटी दक्षिण कोरियाको सहजिकरणमा यस प्रतियोगिता सम्पन्न गरिएको हो।कार्यक्रमको मुख्य उद्देश्य दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच ब्याडमिन्टन खेलको प्रवर्द्धन गर्नु, खेलकुदमार्फत आपसी सद्भाव र भाइचारा सुदृढ बनाउनु, र गृह जिल्ला स्याङ्जाको शैक्षिक क्षेत्रमा योगदान पुर्याउन अक्षय कोष स्थापनाका लागि कोष संकलन गर्नु रहेको थियो।प्रतियोगिताको मुख्य आकर्षण:यस प्रतियोगितामा कुल ४७ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताले नेपाली खेलकुद क्षेत्रमा लुकेका प्रतिभाहरूलाई उजागर ...