दक्षिण कोरिया: दक्षिण कोरियाको फाजुसिमा PAJU NEPAL FC को आयोजनामा आइतबारका दिन सम्पन्न “PAJU MINI LEAGUE CUP TOURNAMENT 2025” रोयल एफसीले चुम्न सफल भएको छ।
दक्षिण कोरियामा रहेको आठ टिम भिडेकि प्रतियोगिताको विजेता ROYAL FC र उपविजेता हुने ANSAN FC टिमले क्रमश:१० लाख र ५ लाख कोरियन वोन प्राप्त गरे।
यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी ROYAL FC का दिपेश हुँदै उनलाई सेन्टवी रेमिट्यान्सको तर्फबाट युबिन श्रेष्ठले आकर्षक उपहार प्रदान गरेका थिए। टुर्नामेन्टमा PAJU NEPAL FC का तर्फ बाट सुमन राइ र विपिन गुरुङ अध्यक्ष रहेको NRNA कोरियाका कोषाध्यक्ष यज्ञमान नायक अनि बुद्धि गुरुङ अध्यक्ष रहेको NRNA कोरियाका युवा संयोजक युबिन श्रेष्ठले संयुक्त रूपमा शुभकामना र पुरस्कार हस्तान्तरण गरेको थियो।

“फाजु मिनि लिग कप टुर्नामेन्ट २०२५” सम्पन्न पार्नका लागि उपस्थित हुने सम्पूर्ण टिम खेलाडी दर्शक लगायत सम्पूर्णमा आयोजकले हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ।









