विशाल आवाज: नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरिया आयोजनामा अगस्ट ११ तारिक आइतबारको दिन सउलमा हुने “३०औं विश्व आदिवासी दिवस-२०२४” बृहत कार्यक्रमको तयारी तीव्र भइरहेको भएको अध्यक्ष बिसन राइले विशाल आवाज लाइ जानकारी दिनुभएको छ।
संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९५ देखि अगस्ट ९ तारिखको दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाउने निर्णय गरेदेखि विश्वमा छरिएर रहेका आदिवासी जनजाति हरुले विश्व आदिवासी दिवस मनाउँदै आइरहेको छ। नेफिन कोरियाको मुख्य आयोजना तथा दक्षिण कोरियामा रहेका विभिन्न आदिवासी जनजाति नेफिन कोरियामा आवद्ध सस्थाहरुको आयोजनामा अगस्ट ११ तारिख आइतबारको दिन सउलको 서울특별시 성동구 금호로 118 (금호고등학교) मा अगस्ट ९लाई दिवसको रूपमा लिए पनि समय अनुकूलताका आधारमा अगस्ट ११मा दिवस मनाउन लागिएको हो।
कार्यक्रममा उपस्थित सबैले सकेसम्म आआफ्नो सांस्कृतिक पोसाक लगाएर उपस्थित भैदिनहुन ...
२२ श्रावण २०८१, मंगलवार ११:४९२२ श्रावण २०८१, मंगलवार ११:४९२२ श्रावण २०८१, मंगलवार ११:४९ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज : पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपालीहरूको नेपालमा सुरक्षित साथ रकम भुक्तानी गरी मन जित्न सफल सेन्ट-वी रेमिट्यान्स मार्फत नेपालको जुनसुकै बैङ्क हरुमा निशुल्क पैसा पठाउन सकिने भएको छ ।
आफ्नो मेहनतको पैसा केही मात्रामा भएपनी बचत होस् भन्ने हेतुले sentBe रेमिट्यान्स मार्फत अगस्ट १ तारिक देखी ३१ तारिक सम्म नेपालको जुनसुकै बैङ्क हरुमा जती पटक जती रकम पठाएपनी सेवा शुल्क बिनानै पठाउन सकिने भएको हो।
यस संगै sentBe रेमिट्यान्सको शाखा भ्रमण गरी 𝐒𝐞𝐧𝐭𝐁𝐞 को खाता बनाएर 𝐅𝐫𝐞𝐞 मा बिवेक सरको 'वृहत् कोरियन व्याकरण'📘 किताब पनि प्राप्त गर्न सकिनेछ ।
📍 𝐀𝐧𝐬𝐚𝐧 𝐁𝐫𝐚𝐧𝐜𝐡 : 경기 안산시 단원구 다문화2길 51 금영빌딩 4층 센트비
📍 𝐆𝐢𝐦𝐡𝐞𝐚 𝐁𝐫𝐚𝐧𝐜𝐡 : 경남 김해시 분성로 322 1층 센트비
🇸🇪🇳🇹🇧🇪 सेवा जानकारीको लागीः
░ 𝐇𝐨𝐭𝐋𝐢𝐧𝐞 : 1877-4017 / 010-2629-6626
░ 𝐄𝐦𝐚𝐢𝐥 : cs_np@sentbe.com
पछिल्लो समय दक्षिण कोरियाको विभिन्न कार्य...
२२ श्रावण २०८१, मंगलवार ०३:११२२ श्रावण २०८१, मंगलवार ०३:११२२ श्रावण २०८१, मंगलवार ०३:११ by विशाल श्रेष्ठNo Comments
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरियाले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा अगष्ट १८ तारिक दोङदेमुनमा रहेको नेपाली थाई रेस्टुरेन्टमा “तीज बिशेष कार्यक्रम-२०२४ ” आयोजना गर्ने भएको छ ।
पछील्ल्लो समय कोरियामा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै NRNA कोरियाले महिला दिदिबहिनी हरुलाई लक्षित गरेर परदेशमा रहेपनी घरदेशको तिर्सना मेटाइ कला,सस्कृती जोगाउन तीज बिशेष कार्यक्रम -२०२४ आयोजना गरिएको वरिष्ठ उपाध्यक्ष पार्वति मोक्तानले बिशाल आवाज लाई जानकारी दिनुभयो। कार्यक्रम अगष्ट १८, २०२४ (आइतबार) का दिन दोङदेमुनको EXIT NO: 2 मा रहेको नेपाली थाई रेस्टुरेन्टमा मध्यान्ह १२:०० बजे देखि बुलेकी ६:०० बजे सम्म बेजोड प्रस्तुती संगै नेपाली बिभिन्न परीकारका साथमा सन्चालन हुनेछ ।
बिशेष गरी दक्षिण कोरियामा रहनुभएको नेपाली चेलीबेटीको लागि नेप...
२१ श्रावण २०८१, सोमबार ०३:५४२१ श्रावण २०८१, सोमबार ०३:५४२१ श्रावण २०८१, सोमबार ०३:५४ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज : दक्षिण कोरियाको ख्यङ्गिदो योङिन मा O.H.C (Open Heart Club) बागलुङको बनभोज तथा अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
"प्रवासमा सम्पूर्ण बाग्लुङगेहरुको एउटै आह्वान कला,सस्कृती ,खेलकुद र भाईचारा हामी नेपालीहरुको पहिचान" भन्ने मुल नाराका साथ स्थापित O.H.C बागलुङले अगस्ट ३ तारिक दिउसो ४ बजेदेखी अगस्ट ४ बिहान ११ बजेसम्म 경기도 용인 처인구 양지면 죽양대로 2073 번길 29 (더우 펜션) मा बनभोज तथा प्रथम अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो ।
प्रथम अधिवेशन समारोह बाट सुमित केसीको नेतृत्वमा नयाँ पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएका छन्। नवनिर्वाचित पदाधिकारीहरूमा सुमित केसी अध्यक्ष, शिव जीसी बरिष्ठ उपाध्यक्ष, महेश खड्का उपाध्यक्ष,हरी आचार्य उपाध्यक्ष,खिम केसी सचिव, अशोक शर्मा सह सचिव, बिशाल खड्का सह सचिव, अमृत पौडेल कोषाध्यक्ष, माधब कन्डेल सह कोषाध्यक्ष, सज्जन खड्का सदस्य...
१६ श्रावण २०८१, बुधबार ०८:४६१६ श्रावण २०८१, बुधबार ०८:४६१६ श्रावण २०८१, बुधबार ०८:४६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: यही अगस्ट ३ र ४ तारिखका दिन सउलमा हुन गइरहेको तमूधी दक्षिण कोरियाको रजत जयन्तीको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष रूपा गुरुङले विशाल आवाजलाई जानकारी दिनुभएको छ।
तमूधी दक्षिण कोरियाले आफ्नो २५ औ बर्षको सुखद अवसरमा प्रमुख अतिथि अन्तराष्ट्रिय तमू परिषदका संस्थापक अध्यक्ष श्री रेशम गुरुङ ज्यू र संस्कृतिविद प्राज्ञ डा. जगमान गुरुङज्यूको बिशेष अतिथ्यतामा यही अगस्ट ३ र ४ मा रजतजयन्ती उत्सव भव्य रुपमा मनाउन गईरहेको हो।
"प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु" अथवा शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउछ र संस्कृति हराए मानव जाती नै हराउछ।" भन्ने तमूहरुको विश्वव्यापी नारालाई आत्मसात गर्दै सन १९९९ मा तमूधी दक्षिण कोरिया स्थापना भएको थियो। तमूहरुको साझा संस्था तमूधी दक्षिण कोरियाले अगस्ट ३ शनिबार दिनको ०३ः०० बजे र अगस्ट ४ ...
१४ श्रावण २०८१, सोमबार १५:३११४ श्रावण २०८१, सोमबार १५:३११४ श्रावण २०८१, सोमबार १५:३१ by विशाल श्रेष्ठNo Comments
अजय सोडारी-नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति दक्षिण कोरियाले करिब दुई महिनाको तयारी र योजना अनुरुप हिजो दक्षिण कोरियाको राजधानी सउलको दोङदेमुनको एक सभाहलमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्यो । कार्यक्रमको जसरी प्रचार र तयारी गरिएको थियो त्यहिअनुरुप कार्यक्रम अगाडि बढ्न नसकेको दृश्य कार्यक्रममा देखियो । यो कार्यक्रमको बारेमा केहि कुरा राख्न भन्दा पहिला अगाडिका सिलसिला बद्व घटना अगाडि बढाउन चाहे ।
कार्यक्रमको सुरुवात चरणमा जनसम्पर्क समिति दक्षिण कोरियाले तिन जना पाटिका नेतालाई दक्षिण कोरिया बोलाउने निर्णय गर्यो जसअनुसार पाटिका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन कुमार थापा,पाटिका केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेत रमेश लेखक तथा पाटिका अर्का केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण शर्मा पौडेल लाई कोरिया बोलाउने तयारी र प्रचाप्रचार गरियो ।
त्य...
१४ श्रावण २०८१, सोमबार १३:४११४ श्रावण २०८१, सोमबार १३:४११४ श्रावण २०८१, सोमबार १३:४१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरिया जेजु शाखाको आयोजनामा अगस्ट ४ तारिक आइतबारको दिन जेजुदोमा हुने “३०औं विश्व आदिवासी दिवस-२०२४” को सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष गजिन हाङस्रोङले विशाल आवाज लाइ जानकारी दिनुभएको छ।
संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९५ देखि अगस्ट ९ तारिखको दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाउने निर्णय गरेदेखि विश्वमा छरिएर रहेका आदिवासी जनजाति हरुले विश्व आदिवासी दिवस मनाउँदै आइरहेको छ। नेफिन जेजु कोरियाको मुख्य आयोजना तथा किरात याक्थुम चुम्लुङ, नेपाल तामाङ घेदुङ, नेपाल मगर सङ्घ, तमुधी, किरात राई यायोक्खा लगायत जेजुमा रहेका नेफिन कोरियामा आवद्ध साखा सस्थाहरुको सह आयोजनामा अगस्ट ४ तारिख आइतबारको दिन जेजुदोको 제주특별자치도 명신 1 길 11 मा अगस्ट ९लाई दिवसको रूपमा लिए पनि समय अनुकूलताका आधारमा अगस्ट ४ मा नै दिवस मनाउन लागिएको हो।
रैथाने ज्ञा...
११ श्रावण २०८१, शुक्रबार १२:०१११ श्रावण २०८१, शुक्रबार १२:०१११ श्रावण २०८१, शुक्रबार १२:०१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: स्वास्थ्य नै धन हो भन्ने मूल नाराका साथ जुलाइ २८ तारिख सउलमा हुन गइरहेको “2ND MR.FITNESS NEPAL MEN’S PHYSIQUE COMPETITION-2024” को सम्पूर्ण तयारी पूरा भएको फिटनेस नेपालका संयोजक अन्जन थापा मगरले विशाल आवाजलाई जानकारी दिनुभएको छ।
जुलाइ २८ तारिख आइतबारका दिन 동묘앞역 exit no.3 मा रहेको 서울특별시 종로구 종로 386 1 중 강당 मा आयोजना हुने दोस्रो मिस्टर फिटनेस नेपाल इन्टरनेसनल मेन फिजिक कम्पिटिसन २०२४ मा २४ जना खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ। कम्पिटिसनको विजेताले १० लाख कोरियन वन सहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले पनि क्रमश: पाँच लाख र तिन लाख कोरियन वन सहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्। यसैगरी सहभागि सम्पुर्ण खेलाडि लाइ समेत सम्मान स्वरुप मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले बताएको छ।
अघिल्लो वर्ष पहिलो सिजन गरेको अनुभव बटुलिसकेको आय...
११ श्रावण २०८१, शुक्रबार ०८:४७११ श्रावण २०८१, शुक्रबार ०८:४७११ श्रावण २०८१, शुक्रबार ०८:४७ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ :केही वर्ष अघि मात्रै धूमधामका साथ रजत जयन्ती मनाईसकेको कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था स्याङ्जा परिवारको तेह्रौं केन्द्रीय अधिवेशन सेप्टेम्बर १६ तारिक (छुसकको दोश्रो दिन) मा हुने भएकाे छ । संस्थाले आधिकारिक रुपमा अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउल स्थित (서울시 종로구 숭인동 316-2 금강빌딩 2F) नमस्ते रेष्टुरेन्टको सभाहलमा सो अधिवेशन हुने भएकाे हो ।
सन् १९९७ मा स्थापना भएको "स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन" भन्ने मूल नारालाई अनुशरण गर्दै आइरहेको संस्थाले स्याङ्जा जिल्लाबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा कोरियामा रहेका स्याङ्जालीहरुलाई आबद्ध गराउँदै विभिन्न परोपकारी र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको सोही संस्थाको केन्द्रीय अध्यक्ष भक्त थापाले बताए । कोरियामा आफ्नो दुई शाखाहरु विस्तार गरिसकेको र झण्डै एक दशक य...
९ श्रावण २०८१, बुधबार ०६:४०९ श्रावण २०८१, बुधबार ०६:४०९ श्रावण २०८१, बुधबार ०६:४० by एलिनाNo Comments
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १८ जनाको शव निकालिएको छ ।
नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १८ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ ।
आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।
via:ekantipur...