कोरिया रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत भइरहेको आन्दोलनका सन्दर्भमा EPS सेन्टर (HRD Korea) का प्रमुखले आन्दोलनरत पक्षलाई लक्षित गर्दै स्पष्ट धारणा सार्वजनिक गरेका छन्।
हाल ‘पोइन्ट सिस्टम’ परीक्षा सञ्चालन भइरहेकाले परीक्षा केन्द्र प्रमुखको हैसियतमा कार्यस्थल छोड्न नमिल्ने बाध्यताका कारण बैठकमा उपस्थित हुन नसकेको जनाउँदै, पत्रमार्फत EPS सेन्टरको आधिकारिक धारणा सार्वजनिक गरिएको हो।
पत्रमा उल्लेख गरिएअनुसार, आन्दोलनकारीहरूले उठाउँदै आएको “कोरियामा शतप्रतिशत रोजगारीको ग्यारेन्टी हुनुपर्छ” भन्ने माग व्यवहारिक नभएको स्पष्ट पारिएको छ। EPS सेन्टर स्वयं रोजगारी दिने वा रोजगारीको ग्यारेन्टी गर्ने संस्था नभई, परीक्षा मार्फत मापदण्ड पूरा गर्ने कामदारलाई निष्पक्ष रूपमा छनौट गरी Job Roster मा दर्ता गर्ने जिम्मेवारी मात्र रहेको जनाइएको छ। रोस्टरमा रहेका कामदारमध्ये छनौट गर्ने अधिकार पूर्ण रूपमा ...
२ माघ २०८२, बिहीबार ०९:०७२ माघ २०८२, बिहीबार ०९:०७२ माघ २०८२, बिहीबार ०९:०७ by विशाल श्रेष्ठNo Comments
सउल, दक्षिण कोरिया — अबदेखि कोरियामा निद्रा लाग्ने वा होस कम गर्ने औषधि सेवन गरेर सवारी चलाए कडा कानुनी कारबाही हुने भएको छ। कोरियाली प्रहरीले औषधिको असरमा सवारी चलाउने कार्यलाई गम्भीर अपराधको रूपमा लिँदै आगामी अप्रिल २ तारिखदेखि सजायको मापदण्ड कडा बनाइने जनाएको छ।
ज्वरो, रुघाखोकी, एलर्जी, निद्रा लाग्ने औषधि लगायत सामान्य रूपमा प्रयोग हुने औषधि सेवनपछि सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भन्दै यस्तो निर्णय लिइएको हो। प्रहरीले औषधिको असरले सामान्य रूपमा सवारी चलाउन नसक्ने अवस्थालाई ‘औषधि सेवन गरी सवारी चलाउने अपराध’ मानिने स्पष्ट पारेको छ।
अबदेखि “मलाई थाहा थिएन” भन्ने बहानाले छुट नपाउने बताइएको छ। औषधि सेवनपछि सवारी चलाएर दुर्घटना गराएमा वा नियन्त्रणमा परेमा मादक पदार्थ सेवन गरी सवारी चलाएसरह सजाय हुने जनाइएको छ। गम्भीर अवस्थामा २० मिलियन वोन (करिब २ करोड कोरियन वोन) सम्म जरिवाना वा...
२८ पुष २०८२, सोमबार १३:२६२८ पुष २०८२, सोमबार १३:२६२८ पुष २०८२, सोमबार १३:२६ by विशाल श्रेष्ठNo Comments
कोरियन नयाँ वर्ष तथा महाशिवरात्रिको पावन अवसरमा प्रवासी भूमिमा रहँदै आएका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा कायम गर्नुका साथै मातृभूमिको कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले राप्ती समाज दक्षिण कोरिया ले फेब्रुअरी १५ तारिक सौलमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
समाजले आगामी फेब्रुअरी १५, २०२६ (आइतबार) का दिन ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज कार्यक्रम २०२६’ आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रम साँझ ६ः३० बजे देखि सउल सिटी, जोङनो-गु, जोङनो ६३–८ (२ तला, पानोरोमा हल) मा हुने छ।
कार्यक्रममा बागलुङे नौमती पञ्चेबाजा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, दक्षिण कोरिया शाखा को लाइभ म्युजिक प्रस्तुति, विविध नृत्य कार्यक्रम, मादल, बाँसुरी लगायतका वाद्ययन्त्रको साथमा राप्ती क्षेत्रको स्थानीय झ्याउरे नाच प्रस्तुत गरिने आयोजकले जनाएको छ। साथै सहभा...
२८ पुष २०८२, सोमबार १२:२८२८ पुष २०८२, सोमबार १२:२८२८ पुष २०८२, सोमबार १२:२८ by विशाल श्रेष्ठNo Comments
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको चौथो ऐतिहासिक अधिवेशन आगामी २०२६ फेब्रुअरी ८ तारिख (आइतबार) का दिन सम्पन्न हुने भएको छ।
फोनिज दक्षिण कोरियाको कार्यसमितिको हालै सम्पन्न बैठकले अधिवेशनको मिति र स्थान टुंगो लगाएको हो। कार्यवाहक अध्यक्ष उत्तम खजुम को अध्यक्षतामा बसेको बैठकले सउलस्थित दोङदेमुनको ‘नेपाली थाइ रेस्टुरेन्ट’ को सभाहल मा अधिवेशन आयोजना गर्ने निर्णय गरेको जनाएको छ।
अधिवेशनको मिति सार्वजनिक गर्दै कार्यवाहक अध्यक्ष खजुमले सोही दिन अन्य संघ–संस्थाहरूलाई आफ्ना कार्यक्रमहरू नजुधाइदिन आग्रह गरेका छन्। उनले भने, “संस्थाको साङ्गठनिक सुदृढीकरण तथा नयाँ नेतृत्व चयनका लागि चौथो अधिवेशनको मिति घोषणा गरिएको हो। यस ऐतिहासिक अवसरलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्दछौँ।”
अधिवेशन सफल बनाउन कार्यसमिति तथा सल्लाहकारहरू तयारीमा सक्रिय रूपमा जुटिसकेको जनाइएको छ। अध...
२२ पुष २०८२, मंगलवार ०६:०८२२ पुष २०८२, मंगलवार ०६:०८२२ पुष २०८२, मंगलवार ०६:०८ by एलिनाNo Comments
“स्वास्थ्य नै धन हो” भन्ने मूल नाराका साथ फिटनेस नेपालको आयोजनामा यस वर्ष पनि 3rd Mr. Fitness Nepal Competition (Men’s Physique) आयोजना हुने भएको छ। कोरियामा रहेका फिटनेसप्रेमी नेपाली युवाहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको उक्त प्रतियोगिता २०२६ अगस्ट २ तारिखका दिन दक्षिण कोरियामा सम्पन्न हुने आयोजकले जनाएको छ।
जिममा निरन्तर अभ्यास गर्दै आएका तथा स्टेजमा आफ्नो शारीरिक क्षमता, आत्मविश्वास र अनुशासन प्रस्तुत गर्न चाहने सहभागीहरूका लागि यो प्रतियोगिता उत्कृष्ट अवसरका रूपमा लिइएको छ। प्रतियोगितामार्फत सहभागीहरूलाई फिटनेसप्रति थप प्रेरणा मिल्ने, स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण हुने र आत्मविश्वासका साथ आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।
कार्यक्रमको मुख्य उद्देश्य कोरियामा रहँदै पनि शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन सकिने सही जीवनशैलीबारे सकारात्मक सन...
२१ पुष २०८२, सोमबार १०:५२२१ पुष २०८२, सोमबार १०:५२२१ पुष २०८२, सोमबार १०:५२ by एलिनाNo Comments
दक्षिण कोरियाको याङ्सान क्षेत्रमा क्रियाशील याङ्सान नेपाली परिवारको ऐतिहासिक ११औँ महाअधिवेशन सन् २०२६ जनवरी ४ (आइतबार) का दिन भव्य तथा गरिमामय रूपमा सम्पन्न भएको छ।
“प्रवासी भूमिमा नेपाली एकता, आपसी मेलमिलाप तथा सहयोग हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ सम्पन्न महाअधिवेशनले संस्थाको भावी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गरेको छ।
महाअधिवेशनले विगतदेखि संस्थालाई कुशल नेतृत्व प्रदान गर्दै सफलतापूर्वक सञ्चालन गर्नु भएका निवर्तमान अध्यक्ष श्री दिनेश हरिजनज्यू तथा सम्पूर्ण निवर्तमान पदाधिकारीहरूप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेको छ।
उक्त महाअधिवेशनबाट सर्वसम्मत रूपमा श्री गोकुल लिम्बु (मोरङ) को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ।
नवगठित कार्यसमिति
संरक्षक
दिनेश हरिजन
जिना गुरुङ
प्रमुख सल्लाहकारहरू
मुकेश बज्राचार्य (काठमाडौं)
मिराज...
१८ पुष २०८२, शुक्रबार ०४:०७१८ पुष २०८२, शुक्रबार ०४:०७१८ पुष २०८२, शुक्रबार ०४:०७ by एलिनाNo Comments
विराटनगर निवासी सुदिप ढकालले दक्षिण कोरियामा आफ्नो मेहनत, दक्षता र इमानदारिताको बलमा उल्लेखनीय सफलता हासिल गर्दै नेपाली समुदायको शिर उच्च बनाएका छन्। कोरियाली उद्योग 한국메탈 & 가온메탈 ले उनलाई कम्पनीको सबैभन्दा उच्च व्यवस्थापकीय पद 공장장님 (फ्याक्ट्री म्यानेजर) मा नियुक्त गरेको हो।
लामो समयदेखि निरन्तर अनुशासन, जिम्मेवारीपूर्ण कार्यशैली र परिणाममुखी नेतृत्व प्रदर्शन गर्दै आएका ढकालले कोरियाली व्यवस्थापनको पूर्ण विश्वास जित्न सफल भएका छन्। उनको कार्यक्षमताको कदरस्वरूप कम्पनीले उनलाई बसोबासको लागि घर, सवारी साधनसहित कोरियन नागरिकलाई प्रदान गरिने स्तरका सम्पूर्ण सुविधाहरू उपलब्ध गराएको छ।
विदेशी भूमि, फरक भाषा र संस्कृतिका बीच पनि निरन्तर संघर्ष र धैर्यका साथ अघि बढेका ढकालका लागि यो उपलब्धि सजिलै प्राप्त भएको होइन। सुरुवाती दिनहरूका चुनौती, लामो कार्यसमय र बढ्दो जिम्मेवारीका बाबजुद उनले कहि...
१६ पुष २०८२, बुधबार ०६:२५१६ पुष २०८२, बुधबार ०६:२५१६ पुष २०८२, बुधबार ०६:२५ by विशाल श्रेष्ठNo Comments
नेपाली काङ्रेस प्रवास संगठनका रूपमा स्थापित नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया पछिल्लो समय गम्भीर नेतृत्व संकट, विधान उल्लङ्घन र आन्तरिक अलोकतान्त्रिक अभ्यासको चपेटामा परेको उप–सभापति जितेन्द्र महताको आरोप छ। संगठनभित्र देखिएको नेतृत्व शैली, निर्णय प्रक्रिया र आचरणले यसको गरिमा, विश्वसनीयता र आन्तरिक लोकतन्त्र नै संकटमा परेको महताले सामाजिक सन्जाल मार्फत जनाएका छन।
वर्तमान सभापतिले विभिन्न बहाना प्रस्तुत गर्दै निरन्तर रूपमा कार्यकाल लम्ब्याउने प्रयास गर्नु, अघिल्लो अधिवेशनमा पूर्व सभापतिहरूबीच भएको आलोपालो नेतृत्व गर्ने भद्र सहमति उल्लङ्घन गर्नु, तथा विधानले तोकेको समयसीमाभन्दा ४–५ वर्ष बढी नेतृत्व सम्हालिसकेपछि पनि संगठन कब्जा गर्ने हत्कण्डा अपनाउनु लोकतान्त्रिक अभ्यासको खुला अपमान भएको भन्दै महताले गम्भीर आरोप लगाएका हुन ।
नेतृत्व पद जिम्मेवारी र सेवाका लागि हुने हो, व्यक्तिगत स्वा...
१५ पुष २०८२, मंगलवार १३:०४१५ पुष २०८२, मंगलवार १३:०४१५ पुष २०८२, मंगलवार १३:०४ by एलिनाNo Comments
" प्रबासी भुमीमा नेपाली फुटबलप्रेमीहरुको एकता र विकासको आवश्यकता " भन्ने मूल नाराका साथ स्थापित गरिएको नेपाली फुटबल क्लबहरुको एक मात्र छाता संस्था नेपाल फुटबल महासंघ दक्षिण कोरियाको तेस्रो अधिबेशन सन २०२६ जनवरी १८ तारिख आइतबारको दिन दक्षिण कोरियाको राजधानी सौल स्थित दोंग्देमुनमा आयोजना गरिने भएको छ l
उक्त तेस्रो अधिबेशनमा कोरियामा क्रियाशिल रहेका फुटबल क्लबहरुका प्रतिनिधिहरु , फुटबलमा समर्पित अग्रज व्यक्तित्वहरु , पुरुष / महिला फुटबल खेलाडीहरु र समस्त फुटबलप्रेमी महानुभावहरुलाई हार्दिक हार्दिक निमन्त्रणा गर्दछौ l
बिशेष फुटबल क्षेत्रमा संगठनात्मक एकता , बिकास र लोकतान्त्रिक अभ्यासबाट सशक्त रुपमा सफलतापुर्बक सम्पन्न गर्नको लागि समस्त फुटबलप्रेमीहरुलाइ एकजुट हुनको निम्ति आब्वान गर्दछौ l...
१५ पुष २०८२, मंगलवार ०९:०५१५ पुष २०८२, मंगलवार ०९:०५१५ पुष २०८२, मंगलवार ०९:०५ by एलिनाNo Comments
राप्ती समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष (सलनाल) को अवसर पारेर आगामी फेब्रुअरी १५, २०२६ का दिन सोल, दक्षिण कोरिया मा भव्य “राप्ती सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२६” आयोजना गर्ने भएको छ।
समाजको शीर्ष तहमा भएको छलफलबाट उक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको हो। कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन कार्यक्रम अवधिभर कार्यकारी हुने गरी दुई वटा विभाग गठन गरिएको राप्ती समाजले जनाएको छ।
आर्थिक विभाग अन्तर्गत
१) चन्द्रप्रकाश घर्ती
२) नरेश घर्ती
३) श्रीधर ढकाल
४) गिरबहादुर बुढा
५) गोपाल बुढा
त्यसैगरी प्रचारप्रसार विभाग मा
१) डिबी मगर
२) वर्षा भण्डारी
३) ओमप्रकाश पुन
४) युवराज घर्ती
५) सरद पाण्डे
६) प्रदिप बुढा मगर
लाई जिम्मेवारी तोकिएको छ।
समाजले कार्यक्रममा सबैलाई आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्दै प्रचारप्रसार तथा स...