Advertisement
Advertisement

नेपाली सम्पर्क समिति दक्षिण कोरिया द्वारा मार्च ४ सम्ममा प्रतिनिधि पठाउन आह्वान ,१९औँ अधिवेशनलाई ऐतिहासिक बनाउने तयारी तीव्र

Advertisement
Advertisement

दक्षिण कोरियामा क्रियाशील नेपाली समुदायको साझा संगठन नेपाली सम्पर्क समिति दक्षिण कोरिया (एनसीसी) ले आगामी मार्च १५ तारिख आयोजना हुने १९औँ अधिवेशनलाई भव्य, व्यवस्थित र प्रतिनिधिमूलक बनाउन तयारीलाई तीव्र बनाएको छ।

अधिवेशनलाई समावेशी र प्रभावकारी बनाउन संस्थागत संरचनाभन्दा बाहिर रहेका विभिन्न संघ–संस्थाबाट पनि “एक संस्था, एक प्रतिनिधि सदस्य” पठाउन औपचारिक आह्वान गरिएको छ। समितिका अनुसार प्रतिनिधि सदस्यहरूले सामान्य सभा तथा अधिवेशनका महत्वपूर्ण निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागिता जनाउन पाउनेछन्।

प्रतिनिधि सदस्यहरूलाई निर्वाचन प्रक्रियामा भाग लिन, उम्मेदवार बन्न तथा मतदान गर्न पाउने अधिकार रहने व्यवस्था गरिएको छ। प्रदेश समाजहरूबाट कम्तीमा सम्बन्धित प्रदेशका जिल्लाको संख्याभन्दा नघट्ने र अधिकतम सो संख्याको १० गुणासम्म प्रतिनिधित्व सुनिश्चित गरिने प्रावधान राखिएको समितिले जनाएको छ।

प्रतिनिधि पठाउँदा नाम, जन्ममिति, सम्पर्क नम्बर तथा आबद्ध संस्था/पदको विवरण अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ। प्रतिनिधि सदस्यता शुल्क १०,००० कोरियन वन तोकिएको छ र शुल्क अनिवार्य रूपमा बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

समितिले अधिवेशनको व्यवस्थापन र प्रतिनिधि प्रमाणीकरण समयमै सम्पन्न गर्न मार्च ४ तारिख बुधबार साँझ १२ बजेसम्म सम्पूर्ण विवरण निर्वाचन समितिलाई बुझाइसक्न अनुरोध गरेको छ।

आयोजकहरूका अनुसार १९औँ अधिवेशन दक्षिण कोरियास्थित नेपाली समुदायको एकता, सहकार्य र सशक्त नेतृत्व चयनको महत्वपूर्ण अवसर हुनेछ। विभिन्न सामाजिक संघ–संस्थाको सक्रिय सहभागिताले अधिवेशनलाई अझ समृद्ध र ऐतिहासिक बनाउने विश्वास व्यक्त गरिएको छ।

सम्पूर्ण संघ–संस्थालाई समयमै प्रतिनिधि पठाई अधिवेशन सफल बनाउन समितिले हार्दिक आह्वान गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×