दक्षिण कोरियाको बुसानमा क्रियाशील सुदुरपश्चिम समाज दक्षिण कोरिया बुसान साखाको ११औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनले केशव दत्त जोशिलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।
नवनिर्वाचित अध्यक्ष केशव दत्त जोशि लगायत सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। समाजको आगामी कार्यकालमा संगठनलाई अझ सशक्त, एकताबद्ध र सक्रिय बनाउँदै सुदूरपश्चिमेली समुदायको हक–हितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
नयाँ कार्यसमिति यस प्रकार रहेको छ:
• अध्यक्ष: केशव दत्त जोशि
• बरिष्ठ उपाध्यक्ष: चन्द्रदेव जोशि
• उपाध्यक्ष: बिनोद भट्ट
• उपाध्यक्ष: कृष्ण ब. सिंह
• महासचिव: हेनरी नेपाल
• सचिव: मोहन सिंह धामी
• कोषाध्यक्ष: बसन्त जोशि
• सह-कोषाध्यक्ष: सिर्जन साउद
• सदस्यहरू: विष्णु ठकुल्ला, नरेश सिंह ठकुराठी, वेद थापा, पुरन कुँवर, मुकेस ब. सिंह, हिक्मत राज गिरी

अधिवेशनमा सहभागी सदस्यहरूले नयाँ कार्यसमितिलाई समुदायको अपेक्षा अनुसार पारदर्शी, जिम्मेवार र सक्रिय ढंगले अघि बढ्न सुझाव दिएका थिए। साथै, कोरियामा रहेका सुदूरपश्चिमेली नेपालीहरूबीच एकता र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।









