दक्षिण कोरियाको आनसानमा मार्च १ मा भव्य रूपमा “안산 होली महोत्सव 2026” आयोजना हुने
दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच रङ्गहरूको पर्व फागु पूर्णिमा (होली)लाई प्रवासमै परिचित र उत्सवमय बनाउन “안산 होली महोत्सव 2026” आयोजना गरिने भएको छ। कार्यक्रम सनातन साहित्य सङ्गीत साधना समूह (पाँच-स) दक्षिण कोरियाको प्रमुख आयोजनामा तथा मधेशी समाज दक्षिण कोरिया र थारु कल्याणकारीणी सभा दक्षिण कोरियाको सहआयोजनामा आगामी मार्च १ तारिख आइतबार विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुने आयोजकले जनाएको छ।
कार्यक्रम दक्षिण कोरियाको 안산 सहरमा बिहान ११:३० बजेबाट सुरु हुनेछ। स्थान: 경기도 안산시 단원구 부부로 43 (원곡동) स्थित आनसान माइग्रेन्ट सेन्टर अगाडिको पार्कमा आयोजना गरिनेछ, जुन 안산 स्टेशनबाट करिब ५ मिनेट पैदल दूरीमा रहेको छ।
आयोजक संस्थाले कोरियावासी सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई भरपूर मनोरञ्जन लिनुका साथै नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धनमा टेवा पुर्याउन हार्दिक निमन्...









