Advertisement
Advertisement

फेब्रुअरी १७ दोङ्देमुनमा ‘बृहत साहित्य मेला २०२६’ आयोजना हुँदै

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपाली साहित्यप्रेमीहरूका लागि एक महत्वपूर्ण साहित्यिक कार्यक्रम ‘बृहत साहित्य मेला २०२६’ आयोजना हुने भएको छ। नेपाल मुक्तक प्रतिष्ठान, दक्षिण कोरिया शाखाको आयोजनामा हुने उक्त कार्यक्रम नेपाली भाषा, साहित्यको विकास र विस्तार गर्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार कार्यक्रम फेब्रुअरी १७ तारिखका दिन दिउँसो १२:३० बजेबाट दोङ्देमुनस्थित शुभेच्छा रेष्टुरेन्टको हलमा आयोजना हुनेछ।

कार्यक्रममा मुक्तक, गजल तथा कविता वाचनसँगै दमदार साहित्यिक प्रस्तुतिहरू रहनेछन्। विशेष प्रस्तोताका रूपमा चर्चित साहित्यकारहरू सेसेफुङ शेर्मा, रामचन्द्र शर्मा ,भीषण माइलाको सशक्त प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै अन्य साहित्यकारहरूको समेत सहभागिता रहनेछ।

नेपाल मुक्तक प्रतिष्ठान कोरियाले यस कार्यक्रमलाई भव्य र सफल बनाउन कोरियामा रहेका सम्पूर्ण साहित्यिक मनहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ। आयोजकले जानकारी गराएअनुसार सम्बन्धित सबैलाई औपचारिक निमन्त्रणा पत्र पठाइसकिएको छ। कारणवश पत्र प्राप्त नभएको अवस्थामा यसै सूचनालाई आधार मानी कार्यक्रममा सहभागी भइदिन अनुरोध गरिएको छ।

नेपाली साहित्यप्रति रुचि राख्ने कोरियावासी नेपालीहरूका लागि यो कार्यक्रम साहित्यिक भेटघाट, सृजनात्मक आदान–प्रदान र सांस्कृतिक एकताको महत्वपूर्ण अवसर हुने विश्वास आयोजकको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×