Advertisement
Advertisement

प्रवासी नेपाली मञ्च क्यानडाका पूर्व अध्यक्ष रमेश थापाले नेकपा (एमाले) परित्याग गरी रास्वपा प्रवेश

Advertisement
Advertisement

प्रवासी नेपाली मञ्च क्यानडाका पूर्व अध्यक्ष रमेश थापाले नेकपा (एमाले) परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। करिब १५ वर्षदेखि क्यानडामा बसोबास गर्दै आएका थापा नेपालमा त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत थिए। उनी प्रवासी नेपाली मञ्च क्यानडाको करिब एक दशक अध्यक्षको जिम्मेवारीमा रहनुका साथै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीमा पनि लामो समय सक्रिय रहेका छन्। हाल उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार हुन् भने क्यानडाको प्रतिष्ठित ट्रेन्ट विश्वविद्यालयबाट पीएचडी अध्ययनरत छन्।

करिब तीन दशकसम्म नेकपा (एमाले) मा सक्रिय भूमिका निर्वाह गर्दै आएका थापाले सामाजिक सञ्जालमार्फत ‘मैले एमाले किन छाडेँ ?’ शीर्षकमा आफ्नो निर्णय सार्वजनिक गर्दै अब राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेर काम गर्ने घोषणा गरेका हुन्। उनले एमालेले आफ्नै घोषित सिद्धान्त र व्यवहारबीच आवश्यक सामञ्जस्य कायम गर्न नसकेको आरोप लगाएका छन्। उनका अनुसार मुलुकको नेतृत्व गर्दै “समृद्ध नेपाल” निर्माण गर्ने ऐतिहासिक अवसर पटक–पटक प्राप्त भए पनि पार्टी नेतृत्वले आफ्नै कमजोरीका कारण ती अवसरहरूको सदुपयोग गर्न सकेन, जसको प्रत्यक्ष असर पार्टी जीवन र समृद्धिको सपनामाथि गम्भीर रूपमा परेको छ।

थापाले पार्टीले अघि सारेको समृद्धिको रणनीति र सरकारमा पुगेपछि देखिएको कार्यान्वयनबीच स्पष्ट विरोधाभास देखिएको उल्लेख गर्दै सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर हिँड्ने अवस्था सिर्जना भएको बताए। यति हुँदाहुँदै पनि नेतृत्वले आफ्ना कमजोरी स्वीकार गर्ने इच्छाशक्ति नदेखाएको र नेतृत्वलाई सच्याउन खोज्ने आवाजहरू दबाउने प्रयास गरिएको उनको भनाइ छ। यस्तो अवस्थामा एमालेभित्र रहेर मौन समर्थन गर्नु देशको समृद्धिको यात्रामा आफैं बाधक हुनु सरह भएको निष्कर्षमा पुगेको उनले बताएका छन्।

त्यसैगरी, जेन्जी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिप्रति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक जिम्मेवारी लिने र न्यूनतम राजनीतिक चरित्र प्रदर्शन गर्ने अपेक्षा आफूले गरेको भए पनि एमाले नेतृत्वले देखाएको संवेदनाहीन व्यवहारका कारण पार्टीमा रहिरहन असम्भव भएको थापाको भनाइ छ। उनले यस्तो अवस्थाले नेतृत्वका गैरजिम्मेवार, अलोकतान्त्रिक र अनैतिक कार्यहरूको निरन्तर समर्थन गरेजस्तो हुने ठहर गरेका छन्।

प्रवासी नेपाली नागरिकका रूपमा आफूले नागरिकताको निरन्तरतासम्बन्धी विषयमा वर्षौंदेखि आवाज उठाउँदै आए पनि यस विषयमा एमाले नेतृत्व सधैं अनुदार र उदासीन रहेको अनुभव गरेको थापाले उल्लेख गरेका छन्। हालको राजनीतिक परिस्थितिको मूल्याङ्कन गर्दै उनले देशको भविष्य पुराना शक्ति, असफल अभ्यास र यथास्थितिवादी सोचबाट समृद्धिको मार्गमा अघि बढ्न नसक्ने निष्कर्ष निकालेका छन्। त्यसैले परिवर्तनका खातिर उदयमान नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई निःसर्त सहयोग गर्ने निर्णय लिएको उनले बताएका छन्।

अन्त्यमा, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी, नेपाल प्रगतिशील प्राध्यापक संगठन तथा प्रवासी नेपाली मञ्च क्यानडामा झन्डै एक दशक नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने अवसर प्रदान गरेकोमा पार्टी पंक्ति, मित्र तथा शुभेच्छुकहरूप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×