याङ्सान (दक्षिण कोरिया) — याङ्सान नेपाली परिवारद्वारा आयोजित पूल खेल प्रतियोगिता भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पिटर सुनार प्रथम स्थान हासिल गर्न सफल भएका छन्। उनलाई नगद रु. ५ लाख, ट्रफी तथा मेडल प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ।

त्यसैगरी बिप्लव बस्नेत द्वितीय स्थान हासिल गर्न सफल भएका छन्। उनलाई नगद रु. ३ लाख, ट्रफी तथा मेडल प्रदान गरीसम्मान गरिएको थियो।
कार्यक्रम श्री गोकुल लिम्बुज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव सुरेन परियार, कोषाध्यक्ष श्री राम सुबेदी, वरिष्ठ उपाध्यक्ष बिनोद सिग्देल लगायत कार्यसमिति पदाधिकारीहरू तथा सम्पूर्ण कार्यसमिति सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
साथै प्रमुख सल्लाहकार तथा याङ्सानबासी दाजुभाइहरूको विशेष सहयोग र E9Pay को आर्थिक सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।
आयोजकले सम्पूर्ण सहभागी, सहयोगी, प्रायोजक तथा उपस्थित महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गरेको छ।











