Advertisement
Advertisement

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको आयोजनामा वृहत् साहित्य मेला २०२६ ‘ कार्यक्रम भव्य रूपमा सम्पन्न

Advertisement
Advertisement

नेपाली मुक्तकको विकास र विस्तारका लागि विगत एक दशकदेखि निरन्तर सक्रिय रहेको नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको आयोजनामा ‘बृहत् साहित्य मेला 2026’ कार्यक्रम सौलस्थित शुभेच्छा रेस्टुरेन्टको हलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष निर्दोष शिवले गर्नुभएको थियो भने सञ्चालन संस्थाका वरिष्ठ उपाध्यक्ष दिपक राज बञ्जाडेले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा दक्षिण कोरियाका लागि नेपाली राजदूतावासका नियोग उपप्रमुख निर्मल प्रसाद भट्टराईको उपस्थिति रहेको थियो। विशेष अतिथिमा संस्थाका प्रमुख सल्लाहकार एवं संरक्षक आर.एन. रहनुभएको थियो। साथै सल्लाहकार सुशील शर्मा, सल्लाहकार ह्यारी बोण्ड तथा पाँच स कोरियाका उपाध्यक्ष शालिग्राम अर्याल लगायतको आतिथ्य उपस्थिति रहेको थियो।

कार्यक्रममा अतिथि वाचकका रूपमा कवि सेसेफुङ शेर्मा, मुक्तककार रामचन्द्र शर्मा तथा गजलकार भीषण माहिलाले आफ्ना सशक्त सिर्जना प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी जीवन भण्डारी, रुसन सुवेदी, दीप प्रदीप कुमार, रुद्र कँडेल, मनोज पौडेल, मिलन शर्मा बस्याल, सन्देश पौडेल, प्रेम नारायण पाण्डे, दिपक स्पन्धन, चन्द्रकला राना मगर लगायतका सर्जकहरूले दमदार गजल, मुक्तक तथा कविताहरू वाचन गर्दै कार्यक्रमलाई साहित्यिक ऊर्जाले भरिपूर्ण बनाएका थिए। साहित्य सुन्नका लागि मात्र उपस्थित साहित्यप्रेमी श्रोताहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम संयोजक सरोज भण्डारीले सम्पूर्ण व्यवस्थापन तथा समन्वय गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सो अवसरमा मुक्तककार सरु लामिछानेको मुक्तक संग्रह ‘भीरको फूल’ को विमोचन समेत गरिएको थियो।

परदेशको व्यस्त जीवनबीच पनि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता साहित्यिक अभियानहरूले उल्लेखनीय योगदान पुर्‍याइरहेको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको ब्यानर सौजन्य हिमालय ट्रिप ट्राभलका प्रबन्धक मीन बाइकले गर्नुभएको थियो भने सञ्चार सहकार्यमा सेतोमाटो, न्युज केन्द्रविन्दु, गोर्खाली रेडियो, कोरिया पाटी, वर्ल्ड खबर र विशाल आवाज रहेका थिए।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×