विशाल आवाज: दक्षिण कोरियामा सक्रिय बाग्लुङ समाज दक्षिण कोरिया, थेगु शाखाको आइतबारका दिन थेगुमा तेस्रो अधिवेशन सम्पन्न भइ संस्थाको अध्यक्षमा चिरन थापा मगरलाई सर्वसम्मत चयन गरिएको छ।
“प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता" भन्ने मूल नाराका साथ स्थापित संस्थाको मार्च २ तारिख आइतबारका दिन थेगुस्थित STU को हलमा सम्पन्न तेस्रो अधिवेशनबाट चिरन थापा मगरको नेतृत्वमा १७ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो।
थेगुमा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू लगायत
का व्यक्तिहरूको बाक्लो उपस्थितिमा सम्पन्न तेस्रो अधिवेशनबाट ब.उपाध्यक्षमा भेद मगर,उपाध्यक्षमा रिषी राम पौडेल ,सोम थापा, जिना पुन,सचिबमा बेन सुनार,सह-सचिबना दुर्गा थापा, कोषाध्यक्षमा सागर थापा,सह-कोषाध्यक्षमामुकुन्द ढकाल र सदस्यहरूमा राजु माझी,हरि थापा,हरि रेग्मी ...
१८ फाल्गुन २०८१, आईतवार १०:१११८ फाल्गुन २०८१, आईतवार १०:१११८ फाल्गुन २०८१, आईतवार १०:११ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजः कोरियामा सक्रिय ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको दोङ्देमुनमा सम्पन्न पाँचौ अधिवेशन बाट सन्दीप हुक्पा चोङवाङ्गको नेतृत्वमा १७ जना कार्यसमिति चयन भएको छ।
“ दक्षिण कोरियामा छरिएर रहनुभएका सम्पूर्ण तेर्ह्रथुमेलीहरु एक हौ” भन्ने मुल नारा लिएर सन् २०१२ मा स्थापित ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको ऐतिहासिक पाँचौ अधिवेशन दोङ्देमुनमा रहेको पूर्वी नेपाल सामाजको सभा हलमा सम्पन्न भएको हो। नेपाली राजदुतावास सौलका राजदूतको प्रमुख आतिथ्यता तथा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष लगायत प्रतिनिधि हरूको आतिथ्यतामा सम्पन्न अधिवेशनमा दक्षिण कोरियामा रहेका विभिन्न सामाजिक व्यक्ति लगायतका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। पाचौं अधिवेशनको साथमा दक्षिण कोरियाको लागी नेपाली राजदुत डा.शिवमाया तुम्बाहाम्फे लाइ पनि स्वागत तथा सम्मान कार्यक्रम राखिएको थियो।
...
१७ फाल्गुन २०८१, शनिबार १०:३५१७ फाल्गुन २०८१, शनिबार १०:३५१७ फाल्गुन २०८१, शनिबार १०:३५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज– गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन नजिकिए सँगै संस्थाको नेतृत्वमा आउन चाहनेहरूको ताँती देखिन थालेका छन्। आइतबार नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशनको लागि भूमिराज भुसालले प्यानलसहित उम्मेदवारी घोषणा गर्ने भएका छन्।
बागलुङ समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष समेत रहेका भुसालको नेतृत्वको प्यानलमा चर्चित युवा व्यवसायी नारायण पौडेलले कोषाध्यक्षपदका लागि र महासचिव पदमा डा कमला केसीले उम्मेदवारी दिने घोषणा गरेका छन्।
बाग्लुङ समाजको सफल नेतृत्व गरिसकेका भुसाल को प्यानलमा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्था को चिरपरिचित नाम युवा व्यवसायी नारायण पौडेलले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै समाजलाई आर्थिक रूपमा मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। यसैगरी पर्वत समाज दक्षिण कोरियाका महासचिव तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका सचिव समेत रहन...
४ फाल्गुन २०८१, आईतवार १०:४८४ फाल्गुन २०८१, आईतवार १०:४८४ फाल्गुन २०८१, आईतवार १०:४८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी नेपालि मन्च (onf) दक्षिण कोरिया क्षेत्रिय कमिटि थेजन-छनानको पाँचौं अधिबेशन सम्पन्न भएको छ।
दक्षिण कोरियाको छनानस्थित माइतीघर रेष्टुरेन्टको हलमा सम्पन्न पाँचौं अधिबेशन अधिवेशनबाट गणेश डाँगीको अध्यक्षमा १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको छ। प्रवासी नेपाली मञ्च (onf) दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष अन्जन कुलुङ राईको प्रमुख अतिथ्यतामा सम्पन्न पाँचौं अधिवेशनबाट गणेश डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।
देवेन खम्बु संयोजक तथा सन्दिप चाङवाङ र सलिन लामिछाने सदस्य रहेको निर्वाचन मण्डलले चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा तुलजित राई,सचिवमा केशव अधिकारी, उपसचिवमा विपिन कन्दङवा र सदस्यहरूमा गंगाराम तामाङ, सुवास लिम्बू, तोयानाथ ओझा, घनश्याम सेन ठकुरी, बाबुराम शाह, जगतराम चौधरी, डिल्लीराम गौतम, गुरु गौतम, काशीराम बुढाथोकी रहेको...
२ फाल्गुन २०८१, शुक्रबार ०४:२९२ फाल्गुन २०८१, शुक्रबार ०४:२९२ फाल्गुन २०८१, शुक्रबार ०४:२९ by विशाल श्रेष्ठNo Comments
कोरियामा भ्यालेन्टाइन मनाउने चलन जापानबाट अनुसरण गरेको भन्ने मान्यता छ। उनीहरू पनि जापानमा जस्तै चकलेट, उपहार आदानप्रदान गर्छन्। कतिपय कोरियनले भने यस दिनलाई कालो दिनको रूपमा मनाउँछन्।
दक्षिण कोरियामा उपहार नपाउनेले कालो नुडल्स:
खासगरी कतैबाट उपहार नपाउने व्यक्तिले कालो रङको नुडल्स खाने रोचक चलन रहेको छ। कसैले प्रेम प्रस्ताव नगरे, उपहार नपाए उनीहरू रेस्टुरेन्टमा कालो नुडल्स खाएर पश्चाताप गर्दै बस्छन् तापनि कोरियाली भ्यालेन्टाइन्स सप्ताहलाई उनीहरूको क्यालेन्डरको सबैभन्दा रोमान्टिक समय मान्छन्।
जापानमा मन पर्नेलाई चकलेट दिन्छन्
संसारमा जापानी महिलालाई सबैभन्दा लजालु मानिन्छ। जापानमा सन् १९३६ देखि भ्यालेन्टाइन मनाउन सुरु गरेको मानिन्छ। जापानिजले सुरुमा पर्यटकलाई लक्षित गरी यो परम्परा सुरु गरेको हो तर बिस्तारै मायाको पर्व स्वरूप अधिकांश जापानिजहरूले भ्यालेन्टाइन मनाउन थाले।
...
२ फाल्गुन २०८१, शुक्रबार ०३:२२२ फाल्गुन २०८१, शुक्रबार ०३:२२२ फाल्गुन २०८१, शुक्रबार ०३:२२ by एलिनाNo Comments
कोरियामा रहेका नेपाली विद्यार्थीहरूको संस्था Society of Nepalese Students in Korea (SONSIK) ले फेब्रुअरी १५, २०२५ मा Zoom मार्फत २०२५ Global Korea Scholarship (GKS) सम्बन्धी प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रम विशेष रूपमा कोरियाली छात्रवृत्तिबारे विस्तृत जानकारी दिने तथा इच्छुक आवेदकहरूको जिज्ञासाहरू समाधान गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको संयोजन SONSIK का सचिव तथा Keimyung University का मास्टर विद्यार्थी किरण सुवालले गर्नुहुने छ ।
कार्यक्रमका मुख्य विशेषताहरू निम्नानुशार रहेको छ:
✅ विद्यार्थीहरूको अनुभव तथा सुझाव साझा
✅ छात्रवृत्ति आवेदन प्रक्रिया, आवश्यक कागजात र तयारीसम्बन्धी विस्तृत जानकारी
✅ Embassy, University, तथा R&D Track सम्बन्धी मार्गदर्शन
✅ प्रत्यक्ष प्रश्नोत्तर (Q&A) सेसन
विशेष...
१ फाल्गुन २०८१, बिहीबार १३:३५१ फाल्गुन २०८१, बिहीबार १३:३५१ फाल्गुन २०८१, बिहीबार १३:३५ by विशाल श्रेष्ठNo Comments
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले साधारण सभा राजदूत स्वागत तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ। महासंघको फेब्रुअरी ९ तारिखमा बसेको औपचारिक भर्चुअल बैठकले छलफल मार्फत उक्त कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो।
महासंघको कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा बसेको बैठकमा प्रस्तावित ३ बुदे एजेन्डा पारित गरेको छ। सार्वजनिक निर्णयको पहिलो बुदामा संस्थाको साधारणसभा, दक्षिण कोरियाका लागि नवनियुक्त महामहिम राजदूत शिबमाया तुम्बाहाम्फेको स्वागत तथा सार्वजनिक सुनवाइ गर्ने रहेको छ।
साथै महासंघले आयोजना गर्ने कार्यक्रमलाई भब्य र सभ्य रूपमा सम्पन्न गर्न कार्यसमिति र पत्रकार महासंघ कोरियाका सदस्यहरुमा आर्थिक भौतिक र नैतिक तवरले सकृय रुपमा लागि पर्न र विभिन्न संघ संस्थाहरु सँग समन्वय गर्ने निर्णय गरेको छ।
कार्यक्रम मार्च ९ तारिखका दिन राजधानी सौलको दोङ्देम...
३० माघ २०८१, बुधबार ११:५२३० माघ २०८१, बुधबार ११:५२३० माघ २०८१, बुधबार ११:५२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवास कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले भर्चुअल माध्यमद्वारा ३०औ जनयुद्ध दिवस मनाउने भएको छ।
माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन अर्थात् फागुन १ गते नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले पनि फेब्रुअरी १३ तारिख बेलुकी कोरियन समय ८:३० ( नेपाली समय ५:१५) बजे देखि भर्चुअल माध्यम जुमद्वारा ३०औ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्नेभएको हो। जुमद्वारा हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष पम्फा भुसाल र विशिष्ट अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एशिया संगठन समिति इन्चार्ज ओम शर्मा रहने आयोजकले जनाएको छ।
शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि २०७९ मा पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको थियो ।२०५२ साल फाग...
३० माघ २०८१, बुधबार १०:१३३० माघ २०८१, बुधबार १०:१३३० माघ २०८१, बुधबार १०:१३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी नेपालि मन्च (onf) दक्षिण कोरिया क्षेत्रिय कमिटि थेजन-छनानले आफ्नो संगठनको पाँचौं अधिबेशन फेब्रुअरी १६ मा गर्ने भएको छ ।
थेजन-छनान समितिको बैठक ले फेब्रुअरी १६ तारिक आइतबारका दिन बिहान ११ बजे छनान स्थित माइती घर रेष्टुरेन्टको हलमा अधिबेशन गर्ने निर्णय भएको जनाइएको छ ।
मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै वर्तमान कार्यसमितिको २ बर्षे कार्यकालको सम्पन्न भैसकेकोले onf को अधिवेशन गर्न लागिएको थेजन-छनान कमिटिका कार्यवाहक अध्यक्ष गणेश डाँगी जानकारि दिनु भयो। तत्कालीन अध्यक्ष जीवन पौडेल केन्द्रीय कार्यसमितिमा राष्ट्रिय कमिटी सदस्यको कार्यभार सम्हालेर गएपछि थेजन-छनान कमिटिमा हाल गणेश डाँगीले कार्यवाहक अध्यक्षको रूपमा कार्यभार सम्हाल्दै आएका छन्।
कोरियामा बिगत लामो समय देखि स्थापित रहेको प्रवासि नेपालि ...
२९ माघ २०८१, मंगलवार १०:१२२९ माघ २०८१, मंगलवार १०:१२२९ माघ २०८१, मंगलवार १०:१२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय नवलपुर समाज दक्षिण कोरियाले फेब्रुअरी २३ तारिखका दिन सुवनमा आफ्नो छैठौँ साधारण सभा गर्ने भएको छ।
“we for all,nawalpur samaj” भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापित नवलपुर समाज दक्षिण कोरियाले यही आउँदो फेब्रुअरी २३ तारिख आइतबारका दिन दिउसो १२ बजे सुवन स्थित कामना हल (पाँचौं तल्ला) मा छैटौ साधारण सभा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गर्ने भएको हो। नवलपुर समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ।
फेब्रुअरी २३ तारिख आइतबारका दिन आयोजना हुने समाजको छैठौँ साधारण सभा कार्यक्रममा विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरूमा उपस्थितिका लागि आयोजकले विशाल आवाजमार्फत हार्दिक निमन्त्रणा समेत गरेको छ।...