विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी नेपालि मन्च (onf) दक्षिण कोरिया क्षेत्रिय कमिटि थेजन-छनानले आफ्नो संगठनको पाँचौं अधिबेशन फेब्रुअरी १६ मा गर्ने भएको छ ।
थेजन-छनान समितिको बैठक ले फेब्रुअरी १६ तारिक आइतबारका दिन बिहान ११ बजे छनान स्थित माइती घर रेष्टुरेन्टको हलमा अधिबेशन गर्ने निर्णय भएको जनाइएको छ ।
मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै वर्तमान कार्यसमितिको २ बर्षे कार्यकालको सम्पन्न भैसकेकोले onf को अधिवेशन गर्न लागिएको थेजन-छनान कमिटिका कार्यवाहक अध्यक्ष गणेश डाँगी जानकारि दिनु भयो। तत्कालीन अध्यक्ष जीवन पौडेल केन्द्रीय कार्यसमितिमा राष्ट्रिय कमिटी सदस्यको कार्यभार सम्हालेर गएपछि थेजन-छनान कमिटिमा हाल गणेश डाँगीले कार्यवाहक अध्यक्षको रूपमा कार्यभार सम्हाल्दै आएका छन्।

कोरियामा बिगत लामो समय देखि स्थापित रहेको प्रवासि नेपालि मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको संगठन हो ।
थेजन-छनान आसपासमा रहनु हुने एमालेमा आस्था राख्ने लगायत सम्पूर्ण साथिभाइ तथा शुभचिन्तक र व्यवसायि ,जातिय क्षेत्रिय संघ सस्थाहरुलाइ उपस्थिति भै अधिवेशन भव्य सफल पारि दिन आयोजकले विशाल आवाजमार्फत हार्दिक अपिल समेत गरेको छ।










