बिशाल आवाज :दक्षिण कोरियाको ग्येङनाम प्रान्तस्थित गजेन्दोमा क्रियाशील DSME मगर समाजले स्वास्थ्य, मनोरञ्जन र राष्ट्रिय खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी सेप्टेम्बर ७, २०२५ आइतबारका दिन ओक्पो मिडल स्कूलको खेल मैदानमा ‘DSME मगर समाज भलिबल कप–२०२५’ आयोजना गर्ने भएको छ। खेलकुद मार्फत एकता र मित्रता बढाउने सोचका साथ आयोजना हुन लागेको यो प्रतियोगिता भव्य तयारीका बीच सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।
यस वर्षको भलिबल कपमा विजेता टिमलाई १५ लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई ८ लाख वोन, सेमिफाइनल टिमलाई ३/३ लाख वोन, उत्कृष्ट खेलाडीलाई १ लाख वोन, साथै उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर र डिफेन्डरलाई ५० हजार वोनसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। टिम दर्ता शुल्क २ लाख ५० हजार वोन तोकिएको छ भने अन्तिम दर्ता मिति ३० अगस्ट २०२५ बेलुकी ४ बजे सम्म रहनेछ।
टाइ–सिट सार्...
३० श्रावण २०८२, बिहीबार १२:३४३० श्रावण २०८२, बिहीबार १२:३४३० श्रावण २०८२, बिहीबार १२:३४ by एलिनाNo Comments
दक्षिण कोरियामा हिजो परेको भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३ जनाको ज्यान गएको छ। राजधानी क्षेत्रमा केन्द्रित वर्षाले ठुलो जनधनको क्षति गरेको कोरियाली अधिकारीहरूले जनाएका छन्।
यसअघि गत जुलाईमा आएको बाढी र पहिरोले १९ जनाको ज्यान लिएको थियो भने ९ जना अझै वेपत्ता रहेका छन्। यस वर्ष मात्र बाढी र पहिरोका कारण कुल २२ जनाको मृत्यु भइसकेको छ र ९ जना अझै हराइरहेका छन्।
हालको वर्षा–जन्य विपत्तिबाट कोरियामा रहेका नेपाली समुदाय भने सुरक्षित रहेको जनाइएको छ।
कोरियाली मौसम विभागले अझै केही दिन भारी वर्षा जारी रहने सम्भावना बताउँदै संवेदनशील क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।...
३० श्रावण २०८२, बिहीबार १२:२९३० श्रावण २०८२, बिहीबार १२:२९३० श्रावण २०८२, बिहीबार १२:२९ by एलिनाNo Comments
बिशाल आवाज: दक्षिण कोरियामा रहेका राप्तीवासीहरुको अग्रणी संस्था राप्ती समाज दक्षिण कोरियाले आफ्नो सातौं अधिवेशन आगामी सेप्टेम्बर ७, आइतबार बिहान ११:०० बजे सउलको दोङदेमुनस्थित नेपाल थाई रेस्टुरेन्टको सभाहलमा आयोजना गर्ने भएको छ। अधिवेशन नयाँ कार्यसमिति चयन गर्ने तथा आपसी सहयोग, सद्भाव र एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।
“हामी जहाँ भएपनी हाम्रो एउटै विशेषता, विशुद्ध सामाजिक कामका लागि राप्ती समाजको एकता” भन्ने मूल नाराका साथ सन् २००६ मा स्थापना भएको राप्ती समाज दक्षिण कोरियाले विगत १९ वर्षदेखि कोरियामा कार्यरत राप्तीवासी तथा सम्पूर्ण नेपालीबीच आपसी सहयोग, सद्भाव, समझदारी र भाइचारा अभिवृद्धि गर्दै आएको छ।
हालको छैटौं कार्यसमितिको कार्यकाल पूरा भएपछि, अब आगामी दुई वर्षका लागि नयाँ सातौं कार्यसमिति चयन गर्नुपर्ने भएकाले अधिवेशन आयोजना गरिएको संस्थाका अध्यक्ष अमृत के...
२९ श्रावण २०८२, बुधबार ०७:०६२९ श्रावण २०८२, बुधबार ०७:०६२९ श्रावण २०८२, बुधबार ०७:०६ by एलिनाNo Comments
बिशाल आवाज :दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाले आफ्नो १३औं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आगामी १७ अगस्ट २०२५ (आइतबार) का दिन सुवनस्थित भेटघाट रेष्टुरेन्टको सभाहलमा संस्थले १३औं अधिवेशन गर्दैछ।
संस्थाले आफ्नो स्थापना कालदेखि नै कोरिया साथै नेपालमा पनि विभिन्न सामाजिक कार्य र सहयोगका कार्यक्रम गर्दै आएको छ। समुदायमा एकता र आपसी सहयोग प्रवर्द्धन गर्न निरन्तर सक्रिय यस संस्थाले अधिवेशनलाई विगतका गतिविधिहरूको समीक्षा र भावी योजना निर्माणको अवसरका रूपमा लिने जनाएको छ।
“प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुखदुःखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित स्थापित संस्थाको यस अधिवेशनमा कोरियाबासी सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, शुभचिन्तक, विभिन्न संघसंस्था तथा तिनका प्रतिनिधिहरूको गरिमामय उपस्थितिका लागि संस्थाले हार्दिक निमन्त्रणा गरेको ...
२९ श्रावण २०८२, बुधबार ०५:५४२९ श्रावण २०८२, बुधबार ०५:५४२९ श्रावण २०८२, बुधबार ०५:५४ by एलिनाNo Comments
दक्षिण कोरियाको इतिहासमा पहिलोपटक एकै समयमा पूर्व राष्ट्रपति र पूर्व प्रथम महिला दुबैजना जेलमा पुगेका छन्।
पूर्व राष्ट्रपति युन सुक-योलकी पत्नी किम क्योन-हीलाई सेयर मूल्य हेरफेर र अन्य भ्रष्टाचार आरोपमा पक्राऊ गरिएको हो। सेउल सेन्ट्रल जिल्ला अदालतले बुधबार किमको पक्राऊ वारन्ट जारी गरेपछि उनी सेउल नाम्बु डिटेन्सन सेन्टरमा हिरासतमा परेकी छन्।
अदालतले किममाथि प्रमाण नष्ट गर्ने सम्भावना, बयानमा असंगति, र पूर्व सहयोगीसँग मिलेर बयान मिलाउने जोखिम रहेको ठहर गर्दै वारन्ट जारी गरेको हो।
किममाथि लगाइएका मुख्य आरोपहरूमा—
• सेयर मूल् हेरफेर
• २०२२ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा हस्तक्षेप
• विभिन्न कम्पनी र युनिफिकेशन चर्चबाट व्यवसायिक सुविधा दिने सर्तमा घुस लिने
यसअघि नै पूर्व राष्ट्रपति युन सुक-योल बिद्रोह, सम्बन्धी मुद्दामा प्रि-ट्रायल हिरासतमा रहेका छन्।
...
२८ श्रावण २०८२, मंगलवार १३:५०२८ श्रावण २०८२, मंगलवार १३:५०२८ श्रावण २०८२, मंगलवार १३:५० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज: नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज को पावन अवसरमा, सनातन साहित्य संगीत साधना समूह (पाँच–स) दक्षिण कोरिया ले यस वर्ष पनि विगतको सफल परम्परालाई निरन्तरता दिँदै अगस्ट २४ सुवनमा तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम यही २०२५ अगस्ट २४ (आइतबार) बिहान ११:०० बजेबाट Woori Himalaya Restaurant’s Hall, Suwon Station Exit No. 11 मा भव्य रूपमा आयोजना गर्ने भएको छ। यस अवसरमा दीप प्रज्वलन, शान्तिपाठ, तीज तथा ऋषि पंचमी ब्रतको महिमा श्रवण लगायतका आध्यात्मिक क्रियाकलापसँगै नेपाली मौलिक भेषभूषा, गीत–संगीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति हुनेछ। साथै, तीजको स्वादिलो दर को पनि व्यवस्था गरिएको छ।
आयोजक संस्थाले पूर्वीय सनातन धर्म, कला, संस्कार र नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको बताएक...
२८ श्रावण २०८२, मंगलवार ०८:२१२८ श्रावण २०८२, मंगलवार ०८:२१२८ श्रावण २०८२, मंगलवार ०८:२१ by एलिनाNo Comments
बिशाल आवाज: दक्षिण कोरियामा क्रियाशील किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो स्थापना भएको २५औँ वर्षको अवसरमा आगामी ६ र ७ सेप्टेम्बर २०२५ मा “रजत जयन्ती विशेष भेटघाट तथा वृहत वनभोज कार्यक्रम” गर्ने भएको छ।
हाम्रो पहिचान र अस्तित्वका लागि एक हौँ भन्ने मूल नारासहित आयोजना हुने यो विशेष कार्यक्रम 충청남도 태안군 원북면 신두해변길 199 स्थित ‘Sky & Sea Ocean Resort’ मा हुनेछ। पहिलो दिन शनिबार दिउसो ५ बजेदेखि सुरु भई, आइतबार बिहान ११ बजेसम्म कार्यक्रम निरन्तर सञ्चालन हुनेछ।
बस छुट्ने समय : ६ सेप्टेम्बर (शनिबार) दिउँसो ४:०० बजे, दोङ्देमुन ३ नम्बर गेटबाट।
कार्यक्रममा लिम्बू जातिको मौलिक नाच–के:लाङ, धान नाच (या:लाङ), हाक्पारे, ख्याली लगायतका सांस्कृतिक प्रस्तुति हुनेछन्। साथै, छेलो हान्ने, धनुषकाँड हान्ने, म्युजिकल चेयर, हाँडी फुटाउने, बेलुन फुटाउने (महिला विशेष) तथा पुरुष फुटसलजस्ता रमाइला ख...
२८ श्रावण २०८२, मंगलवार ०३:४५२८ श्रावण २०८२, मंगलवार ०३:४५२८ श्रावण २०८२, मंगलवार ०३:४५ by एलिनाNo Comments
सौलस्थित नेपाली दूतावासले आज एक सूचना प्रकाशित गर्दै आगामी १५ अगस्ट २०२५ (शुक्रबार) का दिन दूतावास बन्द रहने जनाएको छ। सो दिन कोरियामा “National Liberation Day of Republic of Korea” सार्वजनिक बिदा पर्ने भएकाले दूतावासका सबै सेवा स्थगित हुने सुचनामा जनाइएको छ ।
सूचना अनुसार, सामान्यतया हरेक शुक्रबार दिउँसो ३ बजे खुल्ने e-Passport Online Pre-enrollment Form सेवा यसपटक एक दिन अघि १४ अगस्ट बिहीबार दिउँसो ३ बजे नै सञ्चालन गरिनेछ ।
यस्तै, सेवाग्राहीहरूको गुनासो लाई मध्यनजर गर्दै शुक्रबार ३ बजे खोलिने फर्म अब देखी e-Passport Online Pre-enrollment Form शुक्रबार दिनको ५ बजे मात्र खोलिने दूतावासले जनाएको छ।...
२७ श्रावण २०८२, सोमबार ०६:३१२७ श्रावण २०८२, सोमबार ०६:३१२७ श्रावण २०८२, सोमबार ०६:३१ by एलिनाNo Comments
बिशाल आवाज– दक्षिण कोरियामा सक्रिय नेपाली आदिवासी जनजाति महासंघको आयोजनामा सौलमा ३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको नेतृत्वमा १२ वटा जातीय संगठन, फोनिज कोरिया र दुई वटा साहित्यिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत महामहिम शिवमाया तुम्बाहाङ्फे प्रमुख अतिथि रहेकी थिइन्। कार्यक्रममा कोरिया भरिका विभिन्न संघ–संस्था र नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।
‘प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर’ तथा ‘युनिस्को र आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मूल सन्देश बोकेको यो महोत्सव प्रवासमा रहेका नेपालीलाई आफ्नो संस्कृति, पहिचान र मौलिकतासँग जोड्ने उद्देश्यका साथ आयोजना गरिएको हो। कार्यक्रम...
२७ श्रावण २०८२, सोमबार ०६:२०२७ श्रावण २०८२, सोमबार ०६:२०२७ श्रावण २०८२, सोमबार ०६:२० by एलिनाNo Comments
ग्येरेयोंग, दक्षिण कोरिया – अगस्त ७ देखि ११, २०२५ सम्मको अवधिमा ग्येरेयोंग सिभिक जिम्नेसियममा आयोजित १० औं MBC कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी सिता तामाङले व्यक्तिगत महिलाको सिनियर सिङल पुम्सेमा गोल्ड मेडल जितेर ऐतिहासिक सफलता हासिल गरिन्। यसैगरी, नेपाली टोलीले पेर पुम्से (द्विपक्षीय रूप रुटिन) विधामा पनि गोल्ड मेडल जित्दै समग्र प्रदर्शनलाई अझ चम्काएको छ।
यो प्रतियोगिता देजेओन MBC द्वारा आयोजित गरिएको थियो, जसमा विभिन्न देशका खेलाडीहरू सहभागी थिए। सिता तामाङको उत्कृष्ट प्रदर्शनले नेपाली खेलकुद प्रेमीहरुमा गर्वको अनुभूति दिएको छ भने आगामी प्रतियोगिताहरुमा समेत सफलताको आशा जगाएको छ।...