नोभेम्बर ८ तारिख दक्षिण कोरियामा प्रथम सिन्धुपाल्चोक डन्डीबियो कप हुँदै, विजेतालाई १० लाख वन पुरस्कार
दक्षिण कोरियामा नेपाली मौलिक खेल डन्डीबियोको संरक्षण, संवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान विस्तार गर्ने उद्देश्यले दक्षिण कोरियामा पहिलो पटक प्रथम सिन्धुपाल्चोक डन्डीबियो कप–२०२६ आयोजना हुने भएको छ। सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा आगामी नोभेम्बर ८ तारिख आइतबार किम्पो विश्वविद्यालय (김포대학교), दक्षिण कोरियामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
‘हाम्रो खेल, हाम्रो पहिचान, डन्डीबियो हाम्रो शान’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढिरहेको आयोजकले जनाएको छ। प्रतियोगिता नोभेम्बर ८ तारिख बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न खेलमैदानको अवलोकन तथा आवश्यक व्यवस्थापकीय तयारीसमेत अघि बढाइएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले १० लाख वन पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीलाई ५ लाख वन...









