मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
घरपरिवारमा सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ, तर पनि आज सबैले तपाईंकै रुचिअनुसार व्यवहार गर्ने समय छ । मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देश/परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ । शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । लामो समयदेखि मनमा उठेका विषयवस्...
१५ आश्विन २०८२, बुधबार १२:१६१५ आश्विन २०८२, बुधबार १२:१६१५ आश्विन २०८२, बुधबार १२:१६ by एलिनाNo Comments
दक्षिण कोरियामा कार्यरत नेपाली समुदायका लागि मनोरञ्जनसँगै सामाजिक उद्देश्यका साथ सेवा 𝐬𝐞𝐰𝐚 𝐞𝐧𝐭𝐞𝐫𝐭𝐚𝐢𝐧𝐦𝐞𝐧𝐭 को आयोजनामा यही अक्टोबर ५ (आइतबार) का दिन किम्हेमा हुने भएको छ विशेष कार्यक्रम “छुसक डान्स पार्टी २०२५” को सम्पूर्ण तयारी पुरा भएको छ।
महिला आपत्कालीन आवास गृह (सेल्टर) “सुम्निमा खिम” सहयोगार्थ आयोजित यस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन्। कार्यक्रमको आयोजना Sewa Entertainment South Korea ले गरेको हो। अक्टोबर ५ तारिक साझ ७ बजेदेखी भोलिपल्ट बिहान ५ बजे सम्म ननस्टप डिजे म्युजिकको साथमा हुने छुसक डान्स पार्टी मा आयोजकले हार्दिक निमन्त्रणासहित सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागि आग्रह गरेको छ।
🎶 कार्यक्रममा प्रस्तुत हुने कलाकारहरु:
• 🎧 DJ: सुबोध भण्डारी (DJ SBD)
• 🎤 Rapper: Yung Gen Z
• 💃 Host & Dancer: Preety Lama
📅 म...
१५ आश्विन २०८२, बुधबार ०१:४४१५ आश्विन २०८२, बुधबार ०१:४४१५ आश्विन २०८२, बुधबार ०१:४४ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् । रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवगुरुभ्यो नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन...
१४ आश्विन २०८२, मंगलवार ११:५११४ आश्विन २०८२, मंगलवार ११:५११४ आश्विन २०८२, मंगलवार ११:५१ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको विकास र विस्तारमा सक्रिय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले यस वर्ष पनि बृहत साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
कोरियाली पर्व छुसक तथा नेपाली महान पर्व बडा दशैंको शुभ अवसरमा आयोजना गरिने ‘बृहत साहित्य मेला–२०२५’ आगामी अक्टोबर ६, सोमबार, राजधानी सउलको दोङ्देमुनस्थित मुछेङ्गा रेष्टुरेन्टको हलमा सम्पन्न हुने जानकारी आयोजकले दिएको छ।
कार्यक्रममा नेपाली साहित्यका प्रमुख विधा कविता, गजल, मुक्तक र हाईकु को विशेष वाचन हुनेछ।
यस अवसरमा —
• कवि सुरेश राई, विजयता भण्डारी र युग सर्वनाम
• गजलकार निर्दोष शिव, लक्ष्मण आजाद र जितेन चाम्लिङ
• मुक्तककार राधेश आचार्य, एस के भट्टराई र सिपी आचार्य
• हाईकुकार डिबी सिकारू
आफ्ना सृजनाहरू प्रस्तुत गर्नेछन्।
यस्तै, दक्षिण कोरियामा रहेर नेपाली साहित्यमा कलम ...
१४ आश्विन २०८२, मंगलवार ०२:१७१४ आश्विन २०८२, मंगलवार ०२:१७१४ आश्विन २०८२, मंगलवार ०२:१७ by एलिनाNo Comments
विशाल आवाज: दक्षिण कोरियामा बस्ने नेपाली समुदायका लागि यसपालि छुसक पर्व विशेष बनाउन “Nepkor Night 2025 Vol–II” को सम्पूर्ण तयारी पूरा भएको छ। नेपकोर इन्टरटेन्मेन्टको प्रस्तुतिमा आउँदो अक्टोबर ५ (आइतबार) का दिन सिओलस्थित Crest 72 मा भव्य कार्यक्रम हुने पक्का भएको आयोजकहरूले जनाएका छन्।
नेपकोर इन्टरटेन्मेन्टको प्रस्तुतिमा चर्चित कलाकार नवाज अन्सारी आफ्नो “सम्राज्य टुर” अन्तर्गत धमाकेदार प्रस्तुति लिएर स्टेजमा देखिने छन्। उनका साथमा DJ C-Man र Regional Rapper TJay पनि प्रस्तुति दिने कार्यक्रम रहेको छ।
साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म निरन्तर चल्ने सो कन्सर्टलाई लिएर कोरियामा रहेका नेपाली युवामाझ उच्च उत्साह देखिएको छ। आयोजकका अनुसार, Free Bus Service समेत डोङ्देमुन गेट नं. ३ बाट उपलब्ध गराइनेछ।
कार्यक्रमको जोश–उत्साह झनै बढ्दै गएको छ। आयोजकले घोषणा गरेअनुसार, Early Bird Ticket (३०,००० ...
१३ आश्विन २०८२, सोमबार २३:४४१३ आश्विन २०८२, सोमबार २३:४४१३ आश्विन २०८२, सोमबार २३:४४ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज नयाँ कामको सुरुवात गर्न उपयुक्त समय छ। पुरानो प्रयास सफल हुन सक्छ। तर खर्च नियन्त्रण गर्नुपर्ने देखिन्छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
काममा ध्यान केन्द्रित गर्न कठिनाई भए पनि धैर्यले सफलता मिल्नेछ। स्वास्थ्यमा सानो समस्या आउन सक्छ, खानपानमा ध्यान दिनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक भेटघाट वा यात्राको सम्भावना छ। नयाँ परिचय फाइदाजनक हुन सक्छ। तर बोल्दा संयम आवश्यक छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारसँग समय बिताउन पाउने दिन हो। पुरानो विवाद समाधान हुने संकेत छ। आर्थिक लाभ पनि सम्भव छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा आत्मविश्वास बढ्नेछ। पद वा जिम्मेवारीमा वृद्धि हुन सक्छ। तर अहंकारले सम्बन्ध बिगार्न सक्छ, सावधान रहनुहोस्।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, प...
१३ आश्विन २०८२, सोमबार १२:५६१३ आश्विन २०८२, सोमबार १२:५६१३ आश्विन २०८२, सोमबार १२:५६ by विशाल श्रेष्ठNo Comments
नेपालीहरुको महान चाड बडा दशैं–विजयादशमी २०८२ को पावन अवसरमा डाइनामिक मोरङ कमिटी, दक्षिण कोरियाले शुभकामना आदानप्रदान तथा दशैं विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
गत वर्षहरूझै यस वर्ष पनि संस्थाले आपसी सद्भाव, हर्षउल्लास र एकता कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थित भई दशैंको उल्लास साटासाट गर्न हार्दिक निमन्त्रणा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम विवरण :
📅 मिति : २०८२ असोज १७ गते, शुक्रबार (सेप्टेम्बर ३)
🕕 समय : साँझ ६:०० बजे
📍 स्थान : निरोशा रेस्टुरेन्ट, आन्सान, दक्षिण कोरिया (경기도 안산시 단원구 원곡동 797-3, 3층)
कार्यक्रमलाई सभ्य र भव्य बनाउन सम्पूर्ण मोरङबासी तथा कोरियामा रहेका नेपालीहरुको सक्रिय सहभागिता आवश्यक हुनेमा आयोजक विश्वस्त रहेको छ।...
१३ आश्विन २०८२, सोमबार १२:२११३ आश्विन २०८२, सोमबार १२:२११३ आश्विन २०८२, सोमबार १२:२१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा नेपाली खेलाडीबीचको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता मानिएको “अन्तर नेपाली क्रिकेट प्रतियोगिता २०२५” आगामी अक्टोबर ५ देखि ७ तारिखसम्म आयोजना हुने भएको छ।
कोरिया क्रिकेट एसोसिएशनको आयोजनामा हुने यो प्रतियोगिता योनही क्रिकेट ग्राउन्ड (Yeonhui Cricket Ground) मा सम्पन्न हुनेछ। प्रतियोगितामा नेपाल र कोरियामा रहेका नेपाली क्रिकेट खेलाडीहरूबाट बनेका २४ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा विजयी टिमले ३८ लाख वोन नगद पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई १८ लाख वोन प्रदान गरिनेछ। त्यस्तै, सेमिफाइनलमा पुग्ने दुई टिमले जनही ५ लाख वोन पुरस्कार पाउनेछन्। प्रतियोगिताको “म्यान अफ द सिरीज” घोषित हुने खेलाडीलाई २ लाख वोन, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही १ लाख वोन पुरस्कार दिइनेछ।
तीन दिनसम्म निरन्तर हुने यस प्रतियोगितामा रोचक र प्रतिस्पर्धा...
१३ आश्विन २०८२, सोमबार ११:५३१३ आश्विन २०८२, सोमबार ११:५३१३ आश्विन २०८२, सोमबार ११:५३ by विशाल श्रेष्ठNo Comments
नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङनाम्दो, बुसान शाखाले आफ्नो ऐतिहासिक पाँचौँ अधिवेशन २०२५ सेप्टेम्बर २८ (आइतबार) का दिन किम्हे स्थित न्यू लिटल इण्डिया रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ।
“मौलिक भाषा, धर्म, संस्कृति र परम्पराहरूको संरक्षण गर्दै आत्मसम्मान, सह–अस्तित्व र पहिचान प्राप्तिका लागि गोलबद्ध बनौं” भन्ने मूल नारासहित सम्पन्न अधिवेशनमा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष बिसन राई रहनुभएको थियो भने कार्यक्रमको सभाध्यक्ष्य परि गुरुङ रहनुभएको थियो।
यस अधिवेशनमा ख्यङ्साङनाम्दोमा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु सहितको बाक्लो उपस्थिति रहेको थियो।
नव–निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ :
• अध्यक्ष : जय राई
• वरिष्ठ उपाध्यक्ष : आकास घिसिङ
• उपाध्यक्ष : बिकास राई
• महासचिव : तुफान मगर
• सचिव : राम माझी
• कोषाध्यक्ष : नितेश नेम्बाङ
...
१३ आश्विन २०८२, सोमबार ०३:०८१३ आश्विन २०८२, सोमबार ०३:०८१३ आश्विन २०८२, सोमबार ०३:०८ by विशाल श्रेष्ठNo Comments
जेजुमा रहेका नेपालीहरूको साझा संस्था जेजु नेपाल कमिटीले आफ्नो ऐतिहासिक प्रथम अधिवेशन २०२५ सेप्टेम्बर २८ गते भव्य रूपमा सम्पन्न गरेको छ।
अधिवेशनलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण सदस्य, उपस्थित अतिथि, सहयोगी संस्था, स्थानीय संघ–संगठन तथा शुभेच्छुकहरूप्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको छ। संस्थापक अध्यक्षले संस्थाको बलियो जग निर्माण गर्नुभएको उल्लेख गर्दै नयाँ नेतृत्वले त्यस जगमा टेकेर संस्थालाई अझ सबल, सुदृढ र गौरवशाली बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।
नव–निर्वाचित कार्यसमिति यस प्रकार रहेको छः
• अध्यक्ष : बिबेक तामाङ
• उपाध्यक्ष : उन्जी तामाङ
• महासचिव : अनिता महर्जन
• सचिव : रोशन श्रेष्ठ
• कोषाध्यक्ष : हस्त बहादुर शाही
• सह–कोषाध्यक्ष : जमुना घले
सदस्यहरू:
उत्तम भुषाल, तिलोक विश्वकर्मा, सन्जय कार्की, मिलन केसी, कालु गुरुङ, अनिता रुम्बा, सविन विश्वकर्मा...