दक्षिण कोरियामा कार्यरत नेपाली समुदायका लागि मनोरञ्जनसँगै सामाजिक उद्देश्यका साथ सेवा 𝐬𝐞𝐰𝐚 𝐞𝐧𝐭𝐞𝐫𝐭𝐚𝐢𝐧𝐦𝐞𝐧𝐭 को आयोजनामा यही अक्टोबर ५ (आइतबार) का दिन किम्हेमा हुने भएको छ विशेष कार्यक्रम “छुसक डान्स पार्टी २०२५” को सम्पूर्ण तयारी पुरा भएको छ।
महिला आपत्कालीन आवास गृह (सेल्टर) “सुम्निमा खिम” सहयोगार्थ आयोजित यस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन्। कार्यक्रमको आयोजना Sewa Entertainment South Korea ले गरेको हो। अक्टोबर ५ तारिक साझ ७ बजेदेखी भोलिपल्ट बिहान ५ बजे सम्म ननस्टप डिजे म्युजिकको साथमा हुने छुसक डान्स पार्टी मा आयोजकले हार्दिक निमन्त्रणासहित सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागि आग्रह गरेको छ।
🎶 कार्यक्रममा प्रस्तुत हुने कलाकारहरु:
• 🎧 DJ: सुबोध भण्डारी (DJ SBD)
• 🎤 Rapper: Yung Gen Z
• 💃 Host & Dancer: Preety Lama
📅 मिति: २०२५ अक्टोबर ५ (आइतबार)
🕖 समय: बेलुकी ७ बजे देखि बिहान ५ बजेसम्म
📍 स्थान: 김해시 가야로 202 (태평포시즌101)
🚌 सुविधा: 김해시 시장 (Kimhae City Hall) बाट बसको व्यवस्था
यस विशेष अवसरमा कोरियाका विभिन्न क्षेत्रका नेपालीहरूलाई भेटघाट, रमाइलो र सांस्कृतिक प्रस्तुतीमार्फत एक आपसमा अझ नजिक ल्याउने अपेक्षा गरिएको छ।









