आजको राशिफल : २०८० भाद्र ४ गते (सोमवार)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)विभिन्न अवसरले पछ्याउनेछ। लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)नयाँ काम प्रारम्भ हुनेछ। प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि संघर्षपछि प्रतिफल पाइने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)वादविवाद सुल्झाउने समय छ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलत...




