आजको राशिफल: २०८२ कार्तिक २४ गते सोमबार
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आजको दिन नयाँ योजना सुरु गर्न अनुकूल देखिन्छ। आत्मविश्वास उच्च रहनेछ र पुरानो काममा प्रगति हुने सम्भावना छ। पारिवारिक वातावरण खुसीमय रहनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मनमा उत्साह र उमङ्ग जाग्नेछ। काममा सफलता मिल्नेछ र सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार र सम्बन्धमा आत्मीयता बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दैनिक काममा व्यस्तता बढ्नेछ तर मनमा सन्तोष रहन्छ। खर्च भए पनि आवश्यक क्षेत्रमा हुनेछ। नयाँ कुरा सिक्ने अवसर पाइन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्र वा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ। समाजमा मान–प्रतिष्ठा बढ्ने समय छ। सानो प्रयासबाट राम्रो नतिजा पाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जिम्मेवारी बढे पनि आफ्नो क्षमताले सजिलै पूरा गर्न सकिनेछ। नयाँ अवसर ह...





