Advertisement
Advertisement

जानकारी

आज कोरियाभर अत्याधिक गर्मि

आज कोरियाभर अत्याधिक गर्मि

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
३० तारिख सोमबार, कोरियाको अधिकांश क्षेत्रमा उच्च आर्द्रता र तापक्रमका कारण अत्यधिक गर्मी महसुस हुनेछ, जहाँ अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस आसपास पुग्ने अनुमान गरिएको छ। केहि दिनदेखि नै गर्मी बढ्दै गएकाले सउलमा रातको न्यूनतम तापक्रम २५ डिग्रीभन्दा माथि रहँदै पहिलो "열대야" (उष्ण रात) को रुपमा दर्ज हुने सम्भावना छ। दक्षिणपश्चिमबाट आइरहेको तातो र आर्द्र हावा (고온다습한 남서풍) को कारण राति तापक्रम धेरै नघट्ने भएकाले, 강릉 (काङनुङ), 포항 (पोहाङ) लगायत अन्य सहरहरूमा पनि 열대야 देखिन सक्छ। "열대야" भन्नाले रातभर (साँझ ६:०१ बजेबाट बिहान ९ बजेसम्म) तापक्रम २५ डिग्रीभन्दा माथि रहने अवस्थालाई जनाइन्छ। यदि सोमबार राति 열대야 दर्ज भएमा, यो गत वर्ष (२०२३) जुन २१ मा देखिएको पहिलो 열대야 भन्दा ८ दिन ढिलो हुनेछ। अझ बिहान ७ बजेसम्म पनि तापक्रम २५ डिग्रीभन्दा माथि रहेका स्थानहरूमा 강릉 २७°, 청주 २५.३°, 포항 २७.४°, 대구 २५.८...
आजको राशिफल: २०८२ असार १६ गते सोमबार

आजको राशिफल: २०८२ असार १६ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक जमघटमा प्रशंसा पाइनेछ। सानो प्रयासमै ठुलो उपलब्धि हात लाग्नेछ। प्रेम सम्बन्धमा प्रगाढता आउने सम्भावना छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरायसी विषयमा खटपट देखिन सक्छ। थोरै बोल्दा धेरै फाइदा हुनेछ। आम्दानी सामान्य भए पनि खर्चमा ध्यान पुर्‍याउनु उपयुक्त। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सन्देशवाहक बन्ने योग छ — आफ्नो कुराले अरूलाई प्रेरणा दिने सम्भावना। नयाँ योजना सार्वजनिक गर्न उपयुक्त दिन। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धनसम्बन्धी कुरामा सतर्कता अपनाउनु पर्नेछ। नजिकका व्यक्तिसँग सम्बन्धमा सुधार ल्याउन प्रयास गर्नु पर्ने देखिन्छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चन्द्रमा आफ्नै राशिमा छ — आत्मबल र ओज वृद्धि हुनेछ। नेतृत्वदायी भूमिका पाइने छ। महत्वाकांक्षी योजना अगाडि बढाउन सक्ने समय। ...
चर्चित गीत झलिको झललको कोरियावाट कभर भिडियो सार्वजनिक / भिडियो सहित

चर्चित गीत झलिको झललको कोरियावाट कभर भिडियो सार्वजनिक / भिडियो सहित

Breaking News, जानकारी, भर्खरै, समाचार
चर्चित गीत झलिको झलल को कभर भिडियो द. कोरियामा बस्ने नेपालीहरुले सार्वजनिक गरेका छन् । के छ कोरिया प्रोडक्सन युनिटले तयार पारेको भिडियोलाई द. कोरिया ह्वासंग स्थित जोगी रेष्टुरेन्टमा प्रिमियर गरेको थियो । साथै भिडियो के छ कोरिया युट्युब च्यानलमा हेर्न सकिन्छ । गायक राजु ढकाल र गायीका देबी घर्ति मगरको स्वरमा रहेको उक्त गीतको कभर भिडियोको कथा छायांकन एडिट तथा डिरेक्सन तिलक छन्त्यालले गरेका हुन भने उक्त कभर भिडियोमा विकास नेपाली, धनु तामांग, प्रेम सेर्वुजा, सुदेस्ना गुरुंग, टोपीक लिम्बु, टीका नेपाली ले अभिनय गरेका छन् । त्यसैगरी विशालआवाज र ईपिएस छिन्गु मिडिया सहयोगी भूमिकामा रहेका छन् । भिडियोलाई यहाँ हेर्नुहोला । https://www.youtube.com/watch?v=PGKf2rTOZCE...
आजको राशिफल:२०८२ असार १५ गते आईतबार

आजको राशिफल:२०८२ असार १५ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धन आगमनको नयाँ स्रोत फेला पर्न सक्छ। घरपरिवारमा खुसीको वातावरण छाउनेछ। भावनामा बहकिने सम्भावना छ, सतर्क रहनुहोला। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यवसायिक लाभको समय हो। काममा नयाँ अवसर आउन सक्छ। घरायसी समस्या समाधानतर्फ उन्मुख हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनसम्बन्धी निर्णय सोचविचार गरेर गर्नुहोस्। नयाँ काम थालनी नगर्नु नै ठीक। परिवारमा मनमुटाव हुनसक्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चन्द्रमा आफ्नै राशिमा छन् — आत्मबल बढ्नेछ। नयाँ योजना बनाउने उत्तम दिन। माया प्रेममा प्रगाढता आउन सक्छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यमा केही कमजोरी आउन सक्छ। खर्चमा वृद्धि हुने समय हो। विवाद टार्न मौन रहनु श्रेयस्कर। कन्या (पा, पि, पु, ष, ण, ठ, पे, पो) लामो समयदेखिको काम पूरा हुने स...
बोतलमा चामल र १ डलर राखि बाईबलसहित उत्तर कोरिया पठाउने अमेरिकि पक्राउ 

बोतलमा चामल र १ डलर राखि बाईबलसहित उत्तर कोरिया पठाउने अमेरिकि पक्राउ 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
शुक्रबार बिहान इनछनको गाङह्वा-गुनमा ६ जना अमेरिकी नागरिकहरू चामल, एक डलरको नोट र बाइबल भरिएको १,३०० प्लास्टिक बोतल उत्तर कोरियातर्फ पठाउने प्रयास गरिरहेको अवस्थामा समातिएका छन। दक्षिण कोरियाली सेनाले निगरानी क्यामेराबाट देखेपछि प्रहरीले उनीहरूलाई समातेको हो। बोतल समुद्रमा फाल्न नपाउँदै नियन्त्रणमा लिइएको थियो। कोरियाली भाषा राम्रोसँग नबुझ्ने भएकाले अनुसन्धानका लागि अनुवादक खटाइने प्रहरीले जनाएको छ। गाङह्वा-गुनबाट सामग्री पठाउन गत वर्ष नोभेम्बर १ देखि प्रतिबन्ध लागु छ, स्थानीयको सुरक्षा र गुनासोलाई ध्यानमा राखेर यसो गरिएको हो। यसअघि पनि नोभेम्बर ३ मा एक जना व्यक्ति १२१ बोतल चामल पठाउने प्रयासमा समातिएका थिए।...
आजको राशिफल:२०८२ असार १४ गते शनिबार

आजको राशिफल:२०८२ असार १४ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  आज आत्मबल र उत्साहको वृद्धि हुनेछ। पुराना प्रयासले मान–सम्मान मिल्ने संकेत छ। नेतृत्वदायी भूमिका र नयाँ योजना सफल बन्ने सम्भावना छ। सन्तान वा सिर्जनात्मक पक्षमा सन्तोषजनक प्रगति हुने दिन हो। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) घरपरिवार, मातापिता र घरभित्रका विषयमा ध्यान जान सक्छ। सम्बन्धमा आत्मीयता बढ्नेछ। घरेलु काम वा सम्पत्ति सम्बन्धी विषय उठ्न सक्छ। भित्री भावना र सम्झनाले दिनलाई भावुक बनाउनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विचार, संवाद र यात्राका लागि अनुकूल समय हो। सन्देश आदान–प्रदान, योजना साझा गर्ने र संपर्क विस्तार हुने दिन। लेखन, वाणी वा संचारको क्षेत्रमा विशेष सफलता मिल्नेछ। भाइबहिनी वा साथीभाइसँग मेलमिलाप हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक पक्ष सशक्त रहनेछ। पुरानो रोकिएको रकम फिर्ता...
बाइस हजार भन्दा धेरै मौषमी कामदार भित्राउँदै कोरिया

बाइस हजार भन्दा धेरै मौषमी कामदार भित्राउँदै कोरिया

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाली सरकारले यो वर्षको दोस्रो छ महिनाका लागि करिब २२,७०० विदेशी मौसमी श्रमिकहरू खटाउने योजना सार्वजनिक गरेको छ। यसले बाली भित्र्याउने समयमा श्रमिक अभाव झेलिरहेका ग्रामीण कृषि तथा मत्स्य क्षेत्रलाई सहयोग गर्नेछ। न्याय मन्त्रालयले कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालय र समुद्री तथा मत्स्य मन्त्रालयसँगको छलफलपछि देशभरका १०० वटा स्थानीय सरकारलाई २२,७३१ विदेशी श्रमिक पठाउने निर्णय गरेको हो। यो निर्णयले आगामी बाली भित्र्याउने सिजनलाई ध्यानमा राख्दै कृषि र मत्स्य क्षेत्रमा बढ्दो श्रमिक आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्य राखेको छ। योसंगै, सन् २०२५ मा कुल ९५,७०० विदेशी मौसमी श्रमिक दक्षिण कोरियाली कृषि तथा मत्स्य क्षेत्रमा खटिनेछन्। जसमध्ये ८६,६३३ जना कृषि क्षेत्रमा र ८,८७६ जना मत्स्य क्षेत्रमा खटाइनेछन्। यसअघि पहिलो छ महिनामा ७२,६८४ जना श्रमिक ल्याउने योजना सरकारले घोषणा...
कोरियाका नयाँ राष्ट्रपति झन झन लोकप्रिय बन्दै 

कोरियाका नयाँ राष्ट्रपति झन झन लोकप्रिय बन्दै 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
राष्ट्रपति 이재명 (इजे म्योंङ) को कामप्रति जनसमर्थन दुई हप्तामा ९% ले बढेर ६२% पुगेको छ, जुन २६ तारिख सार्वजनिक भएको एक सर्वेक्षणमा उल्लेख गरिएको छ। एमब्रेन पब्लिक लगायत चार संस्थाले जुन २३–२५ मा गरेको राष्ट्रिय सर्वेक्षणमा मात्र २१% ले "खराब काम गरिरहनुभएको छ" भनेका छन्। राष्ट्रपतिमा विश्वास गर्नेहरू ६३% छन् भने विश्वास नगर्नेहरू २९% मात्र छन्। डेमोक्रेटिक पार्टी समर्थकहरूमा ९६% ले राष्ट्रपति प्रति विश्वास व्यक्त गरेका छन्, जबकि पिपुल पावर पार्टीका ७१% समर्थकले अविश्वास व्यक्त गरेका छन्। पार्टी समर्थन दरमा डेमोक्रेटिक पार्टीको समर्थन ४५% र पिपुल पावर पार्टीको २०% छ। यसले नयाँ राष्ट्रपतिको लोकप्रियता बढ्दै गइरहेको देखाउँदछ। 𝗘𝗣𝗦 𝗡𝗘𝗣𝗔𝗟 𝗙𝗔𝗠𝗜𝗟𝗬...
इपिएस मार्फत कोरियामा काम गर्ने नेपालीको सँख्या पहिलो नम्बरमा

इपिएस मार्फत कोरियामा काम गर्ने नेपालीको सँख्या पहिलो नम्बरमा

जानकारी, भर्खरै, समाचार
कोरियामा हाल कार्यरत ईपीएस (EPS) श्रमिकहरूको संख्या ३,३७,१६५ जना रहेको छ। १६ वटा देशहरू मध्ये नेपाल पहिलो स्थानमा रहेको छ। ४९,५९५ जना नेपाली E-9 श्रमिकहरु अहिले कोरियामा कार्यरत छन्। कम्बोडियाका ४८,८५६ जना, भियतनामका ४२,१२३ जना, इन्डोनेसियाका ४०,७९६ जना र म्यानमारका ३१,९३६ जना श्रमिक सहित क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। 🔹 नेपालबाट आउने E-9 भिसाधारी श्रमिक • २०२५ को मे महिनामा २,०९४ जना कोरिया भित्रिए। • जनवरीदेखि मेसम्म कुल ११,४२६ जना नेपाली श्रमिक प्रवेश गरेका छन् । 🔹 कोरियामा रहेका कुल नेपाली E-9 श्रमिक • २०२५ मेको अन्त्यसम्म कुल ४९,५९५ नेपाली E-9 श्रमिक कोरियामा कार्यरत छन्। • यो संख्या गत वर्षको मे महिनाको तुलनामा २,४८७ जना ले वृद्धि भएको हो। 🔹 नेपाली कामदार वृद्धिदर • अन्य धेरै देशहरूको तुलनामा नेपालको वृद्धिदर उल्लेखनीय छ। • नेपालपछी E-9 श्...
दक्षिण कोरियामा कुकुरको मासुमा प्रतिबन्ध, बिक्रीका लागि राखिएका कुकुरलाई के गरिन्छ?

दक्षिण कोरियामा कुकुरको मासुमा प्रतिबन्ध, बिक्रीका लागि राखिएका कुकुरलाई के गरिन्छ?

Breaking News, जानकारी, भर्खरै, समाचार
रेभरेन्ड जू योङ्-बङ् धार्मिक प्रवचनहरू दिने कामबाट फुर्सद भएका बेला मासुका निम्ति कुकुर पाल्ने गर्छन्। तर अहिले त्यो व्यवसाय राम्रो चलेको छैन। अब यो व्यवसाय गैरकानुनी बन्ने सङ्घारमा पुगेको छ। "गत गर्मीयामदेखि नै हामीले हाम्रा कुकुर बेच्न चाहेका थियौँ। तर व्यापारीहरू अनकनाइरहेका छन्," ६० वर्षीय जू ले बीबीसीलाई भने, "एकजना पनि किन्न आएनन्।" कुकुरको मासु उपभोगमा प्रतिबन्ध सन् २०२४ मा दक्षिण कोरियाली सरकारले उपभोगका निम्ति कुकुरको मासुमाथि देशव्यापी प्रतिबन्ध लगाएको थियो। गत ज्यानुअरीमा पारित भएको कानुनले जू जस्ता किसानलाई सन् २०२७ को फेब्रुअरीभित्र व्यवसाय बन्द गरेर बाँकी पशु विक्री गरिसक्न समय दिएको छ। तर कतिपयका अनुसार पुस्तौँदेखिको व्यवसाय सम्मिलित उक्त उद्योगलाई चरणबद्ध ढङ्गबाट अन्त्य गर्न समय अपुग छ। साथै अधिकारीहरूले किसान र पालिएका करिब पाँच लाख कुकुरको सुरक्षित व्यवस्थापनबारे...