कोरियामा हाल कार्यरत ईपीएस (EPS) श्रमिकहरूको संख्या ३,३७,१६५ जना रहेको छ।
१६ वटा देशहरू मध्ये नेपाल पहिलो स्थानमा रहेको छ।
४९,५९५ जना नेपाली E-9 श्रमिकहरु अहिले कोरियामा कार्यरत छन्।
कम्बोडियाका ४८,८५६ जना, भियतनामका ४२,१२३ जना, इन्डोनेसियाका ४०,७९६ जना र म्यानमारका ३१,९३६ जना श्रमिक सहित क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।

🔹 नेपालबाट आउने E-9 भिसाधारी श्रमिक
• २०२५ को मे महिनामा २,०९४ जना कोरिया भित्रिए।
• जनवरीदेखि मेसम्म कुल ११,४२६ जना नेपाली श्रमिक प्रवेश गरेका छन् ।
🔹 कोरियामा रहेका कुल नेपाली E-9 श्रमिक
• २०२५ मेको अन्त्यसम्म कुल ४९,५९५ नेपाली E-9 श्रमिक कोरियामा कार्यरत छन्।
• यो संख्या गत वर्षको मे महिनाको तुलनामा २,४८७ जना ले वृद्धि भएको हो।
🔹 नेपाली कामदार वृद्धिदर
• अन्य धेरै देशहरूको तुलनामा नेपालको वृद्धिदर उल्लेखनीय छ।
• नेपालपछी E-9 श्रमिक संख्यामा इन्डोनेसिया दोस्रो स्थानमा छ ।
कोरियामा नेपाली श्रमिक आगमन दर र संख्या दुबै बढिरहेको देखिन्छ। यो कोरियाली रोजगार बजारमा नेपालीहरूको माग अझै कायम रहेको संकेत हो ।









