३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ दक्षिण कोरियामा भव्य रूपमा मनाइने
दक्षिण कोरियामा सक्रिय सस्था नेपाली आदिवासी जनजाति महासंघको आयोजनामा यही अगष्ट १० तारिक सौलमा ३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ भव्य रूपमा विविध कार्यक्रमसहित मनाइने भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको नेतृत्वमा १२ वटा जातीय संगठन, फोनिज कोरिया र दुई वटा साहित्यिक संस्थाको संयुक्त आयोजनामा यहि २०८२ साउन २६ गते (अगष्ट १०, २०२५), आइतवार विहान ११ बजेदेखि सउलको दोम्योअप स्टेशन (लाइन नं. १), गेट नं. ३ नजिकैको कार्यक्रमस्थलमा आयोजना गरिने भएको हो।
‘‘प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर !युनिस्को र आइएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर ! भन्ने मूल सन्देश बोकेको यो महोत्सव प्रवासमा बसेका नेपालीहरूलाई आफ्नो संस्कृति, पहिचान र मौलिकतासँग जोड्ने प्रयास हो। यस्तै, युनिस्को र आइएलओ १६९ अन्तर्गत सर्...






