यही साउन २६ गतेदेखि ईपीएस भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ। दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले आज वेबसाइटमार्फत उक्त जानकारी दिएको हो।
साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ। कुन कुन क्षेत्रमा खुल्ने र कोटा कति हुने भन्ने जानकारी आइसकेको छैन। यसबारे ईपीएस कोरिया शाखाले सूचना प्रकाशन गर्न बाँकी छ।
दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो।
Post Views: 1,058









