मिर्याङ नेपाली समाजद्वारा आठौं जेजु भ्रमण कार्यक्रम घोषणा
दक्षिण कोरियामा कार्यरत नेपाली समुदायबीच आपसी मेलमिलाप, सामाजिक एकता तथा रमाइलो यात्राको अनुभव सँगाल्ने उद्देश्यका साथ मिर्याङ नेपाली समाजले यो वर्ष पनि अक्टोबर ५-७ मा आठौं जेजु भ्रमण कार्यक्रम’ घोषणा गरेको छ।
“ग्रामिण शिक्षामा सहयोगार्थ” भन्ने मुल नारासहित आयोजना हुन लागेको यस भ्रमण कार्यक्रम कोरियाली चाड छुसकको अवसरमा **अक्टोबर ५ देखि ७ (३ दिने)**सम्म रहने आयोजकले जनाएको छ ।
सन् २०१६ बाट सुरु गरिएको यो कार्यक्रमले कोरियाभर छरिएर रहेका नेपालीहरूलाई एकै ठाउँमा ल्याउने, भाइचारा सुदृढ गर्ने, र सामाजिक सेवामा टेवा पुर्याउने लक्ष्य राख्दै आएको छ। कोरोना महामारीका कारण २०२१ र २०२२ मा स्थगित गरिएको भए पनि अन्य सबै वर्षहरूमा यो यात्रा निरन्तर आयोजना हुँदै आएको छ।
मिर्याङ नेपाली समाजका अनुसार, यस वर्षको भ्रमण कार्यक्रम विगतको अनुभवको भरपूर उपयोग गर्दै अझ व्यवस्थित, परिस्कृत, अनुशासित र स्मरणीय हुने गरी सम्पूर्ण तयारी पूरा गरिसकिएको छ।
भ्रमणका विशेषताहरू:
• कोरियाली छुट्टीको सदुपयोग
• न्यून लागतमा गुणस्तरीय भ्रमण
• जीवनभर सम्झनलायक पलहरू
• सामाजिक उत्तरदायित्वमा सहभागीता
सिट सीमित – अग्रिम बुकिङका लागि सम्पर्क गर्न अनुरोध
कार्यक्रम आयोजकले सहभागीहरूको सुविधाको लागि बुकिङ प्रक्रिया खुला गरिसकेको जानकारी गराउँदै सिट सीमित रहेकोले शीघ्र सम्पर्क गर्न अनुरोध गरेका छन्। कार्यक्रम सम्बन्धी थप जानकारी र बुकिङका लागि पोस्टरमा उल्लिखित सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
सम्पूर्ण दक्षिण कोरिया बासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भइदिन आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।









