ह्वासङ्ग, दक्षिण कोरिया :दक्षिण कोरियाको ख्याङ्ग्गिदो प्रान्तको ह्वासङ्गमा रहेको एक प्लास्टिक उत्पादन कम्पनीमा कार्यरत नेपाली एक तामाङको मेसिनमा च्यापिएर ज्यान गएको दुःखद घटना सार्वजनिक भएको छ। तामाङ लमजुङ जिल्लाका स्थायी बासिन्दा थिए र रोजगारीको सिलसिलामा दक्षिण कोरियामा कार्यरत थिए।
प्रत्यक्षदर्शीका अनुसार, तामाङ कम्पनीमा नियमित सिफ्टमा कार्यरत रहँदा मेशिन चलाउने क्रममा आकस्मिक रुपमा मेसिनमा च्यापिएर गम्भीर घाइते भएका थिए। उद्धार टोलीले तत्काल उद्धार प्रयास गरे तापनि घटनास्थलमै उनको मृत्यु भएको पुष्टि भएको हो।
यो घटनाले कोरियामा कार्यरत नेपाली श्रमिकहरूको श्रम सुरक्षा र सचेतनाको अवस्था प्रति गम्भीर प्रश्न उठाएको छ।
उद्योगहरूमा आवश्यक सुरक्षा उपकरण, प्राविधिक प्रशिक्षण र निगरानीको अभावले यस्ता दुर्घटना भइरहेका छन् भन्ने श्रमिकहरूको गुनासो छ।
गैरआवासीय नेपाली समाज (NRNA) कोरिया, दूतावास, तथा सम्बन्धित संघ–संस्थाहरूलाई मृतकका परिवारसँग समन्वय गरी आवश्यक सहयोग गर्न माग गरिएको छ।
सावधानी अपनाऔं, सुरक्षित बनौं!
औद्योगिक क्षेत्रमा काम गर्दा:
• सबै सुरक्षात्मक पोशाक (PPE) अनिवार्य प्रयोग गरौं।
• मेशिनको प्रयोगअघि पूर्ण जानकारी लिऔं।
• असुरक्षित अवस्थामा काम नगर्न अस्वीकार गरौं।
• सहकर्मीलाई समेत सतर्क रहन प्रेरित गरौं।
👉 “ज्यान छ भने, धन कमाउन सकिन्छ — तर ज्यान नै गयो भने केही बाँकी रहँदैन।”
सजग बनौं, सुरक्षित बनौं।









