Advertisement
Advertisement

३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ दक्षिण कोरियामा भव्य रूपमा मनाइने

Advertisement
Advertisement

दक्षिण कोरियामा सक्रिय सस्था नेपाली आदिवासी जनजाति महासंघको आयोजनामा यही अगष्ट १० तारिक सौलमा ३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ भव्य रूपमा विविध कार्यक्रमसहित मनाइने भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको नेतृत्वमा १२ वटा जातीय संगठन, फोनिज कोरिया र दुई वटा साहित्यिक संस्थाको संयुक्त आयोजनामा यहि २०८२ साउन २६ गते (अगष्ट १०, २०२५), आइतवार विहान ११ बजेदेखि सउलको दोम्योअप स्टेशन (लाइन नं. १), गेट नं. ३ नजिकैको कार्यक्रमस्थलमा आयोजना गरिने भएको हो।

 ‘‘प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर !युनिस्को र आइएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर ! भन्ने मूल सन्देश बोकेको यो महोत्सव प्रवासमा बसेका नेपालीहरूलाई आफ्नो संस्कृति, पहिचान र मौलिकतासँग जोड्ने प्रयास हो। यस्तै, युनिस्को र आइएलओ १६९ अन्तर्गत सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको कार्यान्वयनको मागसमेत कार्यक्रममार्फत उठाइनेछ।

सांस्कृतिक पक्षमा झनै आकर्षक बनाइएको यस कार्यक्रममा मगरको कौराह, गुरुङको सोरठी, राईको सिलि, लिम्बुको केलाङ (च्याब्रुङ), तामाङको सेलो र डम्फु, नेवारको धिमे नाच, थारुको मघौटो, शेर्पा र ह्योल्मो समुदायको स्याब्रु, साथै सुदूरपश्चिमको मौलिक देउडा नृत्य र गायन प्रस्तुत गरिने छ। विविधताको रंगमा रङ्गिएको यो सांस्कृतिक प्रस्तुति नेपालीपनको गहिरो अनुभव दिलाउनेछ।

‘‘संस्कृतिक प्रबद्र्धन र साँस्कृतिक अन्तरघुलनका साथमा सामाजिक रुपान्तरणका निम्ति देशलाई जोड्दै प्रवासमा देश चिनाउने अभियान’’का साथ सहभागीहरूले नेपालको विविध जातीय समुदायहरूको मौलिक स्वादहरू पनि अनुभव गर्न पाउनेछन्। मगर समुदायको बारा र तरुल, गुरुङको भाब्रे रोटी, राई–लिम्बुको वाचिपा र याङ्बेन, तामाङको खाप्से र पानी आलुम, शेर्पा समुदायको खाप्से, थारुको घोँगी–माछा, नेवारको छोइला–चिउरा, साथै कोदोको जाँड र सेलरोटी जस्ता रैथाने परिकारहरू उपस्थित हुने जनाइएको छ।

कार्यक्रम सउल मेट्रो लाइन नं. १ अन्तर्गत दोम्योअप स्टेशनको ३ नम्बर गेटबाट नजिकै रहेको स्थलमा बिहान ११ बजेदेखि सुरु हुनेछ, र प्रवेश सम्पूर्णरूपमा निशुल्क हुनेछ। आयोजकहरूका अनुसार, यो महोत्सव केवल रमाइलोको लागि मात्र नभई, प्रवासमै नेपाली पहिचान जोगाउने, प्रवासी नेपालीहरूलाई आपसी सद्भावमा बाँध्ने र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अभियान पनि हो।

सउलमा यो दिन नेपाली संस्कृतिको बहार देखिनेछ, जहाँ नाच, गान, परिकार र पहिचान एउटै थलोमा एकसाथ प्रस्तुत हुनेछन्। जसले न त भूगोल हेर्छ, न त भाषा — केवल एकता, गर्व र सांस्कृतिक प्रेम महसुस गराउँछ।

📍 स्थान: दोम्योअप स्टेशन (लाइन १), गेट नम्बर ३, सउल

🕚 समय: विहान ११:०० बजेबाट

🎟 प्रवेश: पूर्णरूपमा निशुल्क

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×