Advertisement
Advertisement

जानकारी

ख्यङ्गि फेन्थेकमा खुल्यो सुविधा सम्पन्न ‘नवलपुर सेल्टर’

ख्यङ्गि फेन्थेकमा खुल्यो सुविधा सम्पन्न ‘नवलपुर सेल्टर’

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
फेन्थेक (कोरिया)। कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै 경기도 (ख्यङ्गि) प्रान्तको फेन्थेक शहरमा नवलपुर समाज दक्षिण कोरियाले सुविधा सम्पन्न ‘नवलपुर सेल्टर’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। आइतबार आयोजित विशेष कार्यक्रममा दक्षिण कोरियामा सक्रिय विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा भव्य उद्घाटन गरिएको हो। कार्यक्रममा समाजका अध्यक्ष हरि कंडेलको अध्यक्षता, संरक्षक सुजन श्रेष्ठको प्रमुख आतिथ्यता, प्रथम अध्यक्ष हेम पाठक, संरक्षक आर.पी देवकोटा, कलाकार एवं समाजसेवी बिष्णु पाण्डेको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा संस्थाका सचिव नविन मानन्धरले सञ्चालन गर्नुभएको थियो भने, सल्लाहकार किसन पौडेल, श्री कंडेल, पुरुषोत्तम अर्याल, वरिष्ठ उपाध्यक्ष मनोज पंगेनी, उपाध्यक्ष खेम पंगेनी, संगठन विभाग प्रमुख पाण्डव खनाल लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य दिएका थिए। समाजका संरक्षक सुजन ...
आजको राशिफल: २०८२ भदौ १६ गते सोमबार

आजको राशिफल: २०८२ भदौ १६ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पनि आत्मविश्वास उच्च रहनेछ। प्रेम, सन्तान र सिर्जनात्मकतामा राम्रो सफलता मिल्नेछ। नयाँ अवसरहरू देखिन सक्छन्। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारजनसँग समय बिताउने अवसर मिल्नेछ। घरको जिम्मेवारीले थोरै थकान दिन सक्छ, तर सन्तुष्टि मिल्नेछ। मनको कुरा खुलाउनु राम्रो हुन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) भेटघाट, कुराकानी र संचार सम्बन्धी कामहरूमा व्यस्तता बढ्नेछ। भाइबहिनी वा साथीभाइको साथ पाइनेछ। लेखनमा रुचि जाग्नेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पनि तपाईंको दिन चम्किलो देखिन्छ। व्यक्तित्व उज्यालो बन्नेछ। नेतृत्व गर्ने अवसर पाइनेछ। सम्मान र प्रशंसा प्राप्त हुने समय हो। कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो मन अलिकति गम्भीर वा एकान्तप्रिय हुन सक्छ। मानसिक रूपमा विश्राम आवश्यक। अध्यात्मतर्फ रुचि बढ्...
तामाङ सेलो गीत ‘चरी त बस्यो डालीमा’ शुक्रबार रिलिज हुँदै

तामाङ सेलो गीत ‘चरी त बस्यो डालीमा’ शुक्रबार रिलिज हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
गणेश तामाङ योन्जनको प्रस्तुति तथा शब्दमा रहेको नयाँ तामाङ सेलो भाकाको गीत ‘चरी त बस्यो डालीमा’ यहि शुक्रबार सार्वजनिक हुँदैछ। गीतलाई Click Nepal YT मार्फत शुक्रबार दिउँसो ४:१५ बजे रिलिज गर्ने तयारी गरिएको छ। गीतमा गायक आश्मान लोप्चन र गायिका सुमिना लो को स्वर रहेको छ भने संगीत तथा एरेन्ज विश्व दोङ ले गरेका हुन्। गीतलाई दिपेश प्रधान ले मिक्सिङ गरेका छन् भने रेकर्डिङ तथा निर्माण कार्य दोङ स्टुडियो मा गरिएको हो। तामाङ समुदायको मौलिक भाकालाई आधुनिक शैलीमा प्रस्तुत गरिएको यो गीत दर्शक–श्रोतामाझ विशेष प्रिय हुने आशा लिइएको छ। गीतलाई थप आकर्षक बनाउन भिडियोमा समेत नवीनता दिन प्रयत्न गरिएको निर्माण पक्षले जानकारी दिएको छ। ‘चरी त बस्यो डालीमा’ मार्फत परदेशी नेपालीहरूलाई आफ्नै संस्कृति र परम्परासँग जोड्ने प्रयास गरिएको जनाएका छन्। गीतलाई प्रेम, उमंग र मौलिकतासँग जोडिएको सेलो भाका स्वरूप प्रस...
कास्की परिवार, दक्षिण कोरिया ख्याङ्सानाम्दो शाखाको तेस्रो अधिवेशन सम्पन्न

कास्की परिवार, दक्षिण कोरिया ख्याङ्सानाम्दो शाखाको तेस्रो अधिवेशन सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कास्की परिवार, दक्षिण कोरिया ख्याङ्सानाम्दो शाखाले आफ्नो तेस्रो अधिवेशन किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको छ। ख्याङ्साङ–बुसान क्षेत्रका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, अगुवा तथा समुदायजनहरूको बाक्लो उपस्थिति रहेको अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो। अधिवेशनले आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। सर्वसम्मत निर्णयअनुसार अध्यक्षमा रमेश थापा, उपाध्यक्षमा सिता बि.क. (साथै अर्को उपाध्यक्ष कार्यसमितिबाट मनोनित हुने), सचिवमा सन्जिव बराल, सह-सचिवमा सूर्य मोहन खनाल, कोषाध्यक्षमा टेक प्रसाद दाहाल, सह-कोषाध्यक्षमा कल्पना काफ्ले निर्वाचित भएका छन्। कार्यसमितिमा सदस्यका रूपमा कल्पना अधिकारी, बिनिस थापा मगर, रबिन्द्र थापा, चिन्तामणि सुवेदी, राजेन्द्र परियार, ॐ भण्डारी, आदिति खड्का र अमर बि.क. चयन भएका छन्। अधिवेश...
किरात राई यायोक्खा, दक्षिण कोरियाको १३औँ महाधिवेशन सेप्टेम्बर १४ मा

किरात राई यायोक्खा, दक्षिण कोरियाको १३औँ महाधिवेशन सेप्टेम्बर १४ मा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
किरात राई यायोक्खा, दक्षिण कोरियाको केन्द्रीय समितिले आफ्नो १३औँ महाधिवेशन यही सेप्टेम्बर १४, २०२५ मा गर्ने भएको छ। राजधानी सउलस्थित MG सेमाउल गुम्गो सभा हल, चाङसिनडोङ (LINE 1, Exit 1) मा हुने उक्त महाधिवेशनमा कोरियामा कार्यरत सम्पूर्ण राई समुदायलाई उपस्थित रहन आग्रह गरिएको छ। संस्थाले स्थापना कालदेखि नै आप्रवासी नेपाली समुदायको पहिचान, अधिकार र सांस्कृतिक संरक्षणमा क्रियाशील किरात राई यायोक्खाले यसपटकको महाधिवेशनलाई विशेष बनाउन विभिन्न तयारीहरू थालेको जनाएको छ। महाधिवेशनले विगत दुई वर्षको गतिविधिको समीक्षा गर्दै नयाँ कार्यसमिति गठन गर्नेछ। कार्यक्रममा संस्थागत प्रतिवेदन प्रस्तुत गर्ने, नेतृत्व चयन गर्ने, आगामी योजनामाथि छलफल गर्ने तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै, कोरियामा रहेका राई समुदायबीच आपसी मेलमिलाप र एकता सुदृढ पार्ने उद्देश्यले यस महाधिवेशनलाई महत्वपूर्ण...
आजको राशिफल: २०८२ भदौ १५ गते आईतबार

आजको राशिफल: २०८२ भदौ १५ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईँ आफैँलाई परीक्षणको घडीमा पाउनुहुनेछ। जहाँ धैर्य र विवेकको तराजुमा आत्मबल राख्नुपर्ने हुन्छ। केही कुराहरू तिता लाग्लान्, तर आन्तरिक शान्तिले बाटो देखाउनेछ। विवेकपूर्वक अघि बढ्दा फाइदाको ढोका खुल्नेछ। वृष (इ, उ, ए, ओ, वा, विं, वु, वे, वो) मनमा सन्तुलन, बोलीमा मिठास र कर्ममा निरन्तरता, यी सबै गुण आज फुल जस्तै खील्नेछन्। पुराना साथी वा आफन्तसँग संवाद हुनेछ, जसले तपाईंको स्मृतिलाई उज्यालो बनाउनेछ। अध्ययन वा लेखनमा रुचि बढ्ने सम्भावना। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) चञ्चलता तपाईंको स्वभाव हो, तर आज स्थिरताको अभ्यास गर्नु उत्तम हुनेछ। निर्णयमा ढिलाइ भए पनि, सोचविचारले गर्दा फाइदा हुनेछ। साना यात्राले राहत दिनेछ। केही अप्रत्याशित समाचारले मनको लय बिगार्न सक्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भावनाले आज पनि तपाई...
आजको राशिफल: २०८२ भदौ १४ गते शनिबार

आजको राशिफल: २०८२ भदौ १४ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जीवनसाथीसँगको सम्बन्धमा मिठास आउन सक्छ। साझेदारीमा फाइदा होला। तर आजको दिनमा अहंकारबाट टाढा रहनु उपयुक्त हुनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्यक्षेत्रमा थोरै दबाब महसुस हुन सक्छ। अरूको सहयोग बिना काम अल्झिन सक्छ। स्वास्थ्यमा अलिक ध्यान दिनुहोस्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मन रमाइलो तिर लाग्नेछ। सिर्जनात्मक वा प्रेमसम्बन्धी कार्यमा प्रगति हुनेछ। बच्चाहरूबाट खुशी मिल्ने सम्भावना। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरपरिवारको विषयमा केही निर्णय गर्नुपर्ने हुन सक्छ। मातृ पक्षसँग सम्बन्ध सुधार गर्न सकिने अवसर। घरको व्यवस्था सुधार्ने समय हो। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कुटुम्ब वा साथीहरूसँग कुराकानीमा मिठास आवश्यक पर्छ। छोटो यात्रा सफल हुनेछ। वाकपटुता र योजना दुवै काम लाग्ने दिन। कन...
नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाद्वारा क्रियाशील सदस्यता दर्ता अभियान सुरु

नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाद्वारा क्रियाशील सदस्यता दर्ता अभियान सुरु

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाले क्रियाशील सदस्यता दर्ताका लागि औपचारिक आह्वान गरेको छ। नेपालको प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक विरासत बोकेको नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण नेपालीलाई समितिले लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरणका लागि यो अभियानमा सहभागी हुन आग्रह गरेको हो। समितिका सभापति भजिन्द्र बहादुर क्षेत्रीले कोरियामा रहेका नेपालीलाई सुव्यवस्थित र संगठित गर्दै उनीहरूको समस्यामा सामूहिक आवाज उठाउने उद्देश्य यस अभियानको मुख्य आधार रहेको बताए। उनले भने, “क्रियाशील सदस्यताले प्रवासी नेपालीलाई राष्ट्रिय नीति निर्माणको प्रक्रियामा प्रत्यक्ष सहभागी हुने वैधानिक अधिकार दिलाउँछ। व्यक्तिगत स्वार्थ मात्र नभई समग्र प्रवासी नेपाली समुदायको हितका लागि हामी निर्णायक भूमिका निर्वाह गर्दै आएका छौं।” समितिले क्रियाशील सदस्यताबाट प्राप्त हुने प्रमुख लाभहरूमा सशक्त सामाजिक तथ...
कोरियन भाषा परीक्षामा दोहोरो भुक्तानी गर्नेले ७ दिनभित्र रकम फिर्ता लिन सक्ने

कोरियन भाषा परीक्षामा दोहोरो भुक्तानी गर्नेले ७ दिनभित्र रकम फिर्ता लिन सक्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रोजगारका लागि आवश्यक कोरियन भाषा परीक्षामा दोहोरो भुक्तानी गरेका आवेदकहरूले रकम फिर्ता लिन सक्ने भएका छन्। ईपीएस कोरियन शाखाले आज प्रकाशित सूचना अनुसार रकम फिर्ता पाउनका लागि प्रमाणित कागजातसहित निवेदन दिनुपर्नेछ। दोहोरो भुक्तानी भएका आवेदकहरूले ७ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख गरिएको छ। शाखाका अनुसार डबल तिरेको रकममध्ये केही रकम सम्बन्धित वालेट खाता वा बैंक खातामा फिर्ता पठाइसकिएको छ। बाँकी रकम पनि आवेदकले समयमै निवेदन दिएको खण्डमा फिर्ता गरिनेछ। यस्तै, सन् २०२५ को कोरियन भाषा परीक्षाका लागि साउन २६ गतेदेखि ३१ गतेसम्म फाराम भर्ने क्रममा भएका त्रुटि सच्याउने काम सकिएको शाखाले जनाएको छ। अनलाइन आवेदन दर्ता गर्दा प्राविधिक कारणले प्रवेश पत्रमा नाम वा थर अपुरो आएका विवरण पनि सच्याइसकिएको जानकारी सूचनामा उल्लेख गरिएको छ।...
आजको राशिफल: २०८२ भदौ १३ गते शुक्रबार

आजको राशिफल: २०८२ भदौ १३ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज जिम्मेवारी बढ्ने दिन हो। काममा व्यस्तता बढी हुनेछ तर तपाईँको धैर्य र लगनले सबै समस्या समाधान हुनेछ। मानसिक रूपमा स्थिर रहनुहोस्। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धनको व्यवस्थापनमा ध्यान दिनुपर्ने समय आएको छ। अनावश्यक खर्च कम गर्नुस्। परिवारसँग समय बिताउनु लाभदायक हुनेछ। स्वास्थ्यमा सजग रहनुहोस्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समाजमा राम्रो प्रभाव पार्ने अवसर प्राप्त हुनेछ। साथीभाइबाट सहयोग पाइनेछ। नयाँ योजना बनाउन मन लाग्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घर परिवारसँग सम्बन्ध राम्रो हुने दिन हो। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। मनमा शान्ति र सन्तोष रहनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पेशा र कार्यक्षेत्रमा उन्नति सम्भावना छ। मेहनतले सम्मान मिल्नेछ। तर बोलीमा संयम आवश्यक छ। कन्या ...