मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ । जीवनशैली र कार्यप्रणालीमा आएको परिवर्तनले सकारात्मक वातावरण बन्नेछ । फोन वा मेलमार्फत कुनै राम्रो समाचार पाउन सक्नुहुन्छ । लेखन/प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक/सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ । हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल...
१९ भाद्र २०८२, बिहीबार ०२:४०१९ भाद्र २०८२, बिहीबार ०२:४०१९ भाद्र २०८२, बिहीबार ०२:४० by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यात्रा र नयाँ सोचमा मन लाग्नेछ। अवसर खोज्न उत्साह जाग्नेछ। परिवारसँग सम्बन्ध राम्रो रहनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आर्थिक विषयमा सजग रहनु पर्छ। खर्च नियन्त्रित गर्नुपर्छ। काममा चुनौती आउन सक्छ तर धैर्य राख्नुस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक सम्बन्ध बलियो हुन्छ। साथीभाइबाट सहयोग मिल्नेछ। नयाँ अवसरहरु खुल्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारमा शान्ति र समझदारी बढ्नेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पेशा क्षेत्रमा सफल हुने मौका छ। मेहनतले सम्मान दिलाउनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ योजना र सिर्जनात्मक काममा सफलता मिल्नेछ। आत्मविश्वास बढ्ने दिन।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धनको आगमन हुनेछ...
१८ भाद्र २०८२, बुधबार १४:४५१८ भाद्र २०८२, बुधबार १४:४५१८ भाद्र २०८२, बुधबार १४:४५ by एलिनाNo Comments
बिशाल आवाज – प्रवासी नेपालीको गर्व र सांस्कृतिक पहिचानलाई उजागर गर्ने बहुसांस्कृतिक कार्यक्रम Migrants’ Arirang Multicultural Festival (MAMF) को २०औं संस्करण आगामी अक्टोबर २४, २५ र २६ तारिखमा दक्षिण कोरियाको चाङवोन शहरमा भव्य रुपमा आयोजना हुने भएको छ।
경남 이주민 센터 차원 द्वारा आयोजना हुने यस कार्यक्रममा करिब १६ वटा राष्ट्रले सहभागिता जनाउने छन्। सहभागी राष्ट्रहरूले आ–आफ्नो मौलिक कला, भेषभूषा र संस्कृतिको झल्को दिने प्रस्तुतीमार्फत विश्वसामु आफ्नो देशको परिचय दिनेछन्।
नेपालतर्फबाट यस वर्ष विशेषत: नेवारी समुदायको कुमारी जात्रा (इन्द्र जात्रा) लाई प्रमोट गर्ने उद्देश्य राखिएको छ। परेडमा समेत यसै संस्कृतिलाई प्रस्तुत गर्ने तयारी भइरहेको आयोजकहरूले जनाएका छन्। साथै, स्थानीय नेपाली कलाकारहरूको विविध प्रस्तुतीमार्फत नेपाली कला–संस्कृति झल्काइनेछ।
यसै क्रममा, नेपालका चर्चित राष्ट्रिय कलाकार मिल...
१८ भाद्र २०८२, बुधबार १३:२५१८ भाद्र २०८२, बुधबार १३:२५१८ भाद्र २०८२, बुधबार १३:२५ by एलिनाNo Comments
कोरियामा कार्यरत नेपाली समुदायबीचको एकता र सद्भावलाई अझ सुदृढ बनाउने उद्देश्यले स्याङ्जा परिवार दक्षिण कोरिया, थेगु शाखाले छुसक पर्वको अवसरमा भव्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
“अनाथ बालबालिकाको सहयोगार्थ” समर्पित उक्त कार्यक्रम आगामी अक्टोबर ५, २०२५ (आइतबार) का दिन थेगु सहरमा हुने भएको आयोजक समितिले जानकारी दिएको छ ।
यस कार्यक्रममा स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्र र स्याङ्जा परिवार किम्हे–बुसान शाखाले सह-आयोजनाको जिम्मेवारी लिएका छन् । कार्यक्रममा विभिन्न कलाकारहरूको प्रस्तुति, गीत–संगीत, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू रहनेछन् ।
“प्रवासी जीवनमा एकता, उपकार र सद्भावको भावना बाँड्दै रमाइलो गर्ने उद्देश्यका साथै, नेपालमा रहेका अनाथ बालबालिकाको सहयोगार्थ यो कार्यक्रम समर्पित गरिएको आयोजकले जनाएको छ। कोरियामा रहेका सम्पूर्ण संघ–संस्था, समाज र नेपाली दाजुभाइ तथ...
१८ भाद्र २०८२, बुधबार ०२:४५१८ भाद्र २०८२, बुधबार ०२:४५१८ भाद्र २०८२, बुधबार ०२:४५ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन अलिक रहस्यमय बन्न सक्छ। रिस चाँडै उठ्ने सम्भावना, तर संयमता अपनाउन सके दिन उपयोगी हुनेछ। गोप्य शत्रुहरू प्रति सतर्क रहनुहोस्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साझेदारी र सम्बन्धहरूमा नयाँ मोड आउन सक्छ। वैवाहिक जीवनमा गहिरो कुरा गर्न सकिने समय हो। भावनामा बहिनु पहिले सोच्नुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्य र दैनन्दिन काममा ध्यान दिनु पर्नेछ। अनियमित खाना र थकाइले असर गर्न सक्छ। काममा सावधानी अपनाउनु राम्रो।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम, सन्तान वा सिर्जनात्मक क्षेत्रमा प्रगति हुने दिन हो। रमाइलो अवसर आउन सक्छ। तर, अपेक्षा धेरै राख्नाले निराशा नहोस्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरपरिवारसँग सम्बन्धमा केही परिवर्तन आउन सक्छ। मानसिक तनाव हुनसक्ने समय, तर धैर्यले समस्या...
१७ भाद्र २०८२, मंगलवार १०:५९१७ भाद्र २०८२, मंगलवार १०:५९१७ भाद्र २०८२, मंगलवार १०:५९ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियास्थित नेपाली दूतावासले E-7 भिसा (विशेष योग्यता प्राप्त प्रविधिक श्रमिक) सम्बन्धी नयाँ सूचना सार्वजनिक गर्दै वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सावधानी अपनाउन आग्रह गरेको छ।
कोरियास्थित नेपाली राजदूतावासले कोरियामा सीपयुक्त श्रमिक पठाउनका लागि हालसम्म कुनै मागपत्र प्रमाणीकरण आवेदन प्राप्त नभएको स्पष्ट पारेको छ ।
सिओलस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रीतपूर्वक मागपत्र प्रमाणीकरणका लागि आवेदन आएमा दूतावासले आवश्यक प्रक्रिया अघि बढाउनेछ ।’ तर, अहिलेसम्म कुनै आवेदन नआएकाले दूतावासले जानाजान प्रमाणीकरण नगरेको भन्ने सञ्चारमाध्यममा आएको हल्ला पूर्ण रूपमा असत्य हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा सीपयुक्त कामदार पठाउने सम्बन्धी कार्यविधि, २०८० को तेस्रो संशोधन पारित गरी प्रक्रिया अघि बढाएको थियो । कार्यविधि अनुसार, विशेष योग्यता पूरा गरेका इ...
१७ भाद्र २०८२, मंगलवार ०१:३८१७ भाद्र २०८२, मंगलवार ०१:३८१७ भाद्र २०८२, मंगलवार ०१:३८ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
सामाजिक क्षेत्रमा सक्रिय रहनु पर्नेछ। नयाँ मान्छेसँग भेटघाट हुनेछ। समूहगत काममा सफलता मिल्नेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
परिवारसँग सम्बन्ध सुधार हुने दिन। साथीभाइबाट सहयोग मिल्नेछ। नयाँ विचार र योजना बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साँझ समय शान्ति र आराम मिल्नेछ। काममा व्यस्तता रहे पनि मन प्रफुल्ल हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा नवीन योजना र सोच विकास हुनेछ। मित्रता र सामाजिकता बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पेशा र काममा सफलता मिल्नेछ। मन उत्साहित रहनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक र अध्यात्मिक कार्यमा मन लाग्ने दिन। नयाँ ज्ञान प्राप्त हुने सम्भावना।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धन व्यवस्थापनमा सावधानी अपनाउ...
१६ भाद्र २०८२, सोमबार १३:२९१६ भाद्र २०८२, सोमबार १३:२९१६ भाद्र २०८२, सोमबार १३:२९ by विशाल श्रेष्ठNo Comments
आइतबारका दिन जुम भर्चुअल माध्यममार्फत नेकपा (माओवादी केन्द्र) निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया मातहतको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा दक्षिण कोरिया महाशाखा को प्रथम भेला भव्यतापूर्वक सम्पन्न भएको छ।
भेलामा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य मुक्सामहाङ मेन्याङ्बो “क. मुकेश” प्रमुख अतिथि रहेका थिए भने नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अध्यक्ष क. जीवन खतिवडा विशिष्ट अतिथिको रूपमा सहभागी भएका थिए। साथै अन्य जिम्मेवार नेताहरूको पनि विशेष आतिथ्य रहेको थियो।
“किराँत लिम्बुवान कोचीला प्रदेश” नामाङ्कनको प्रस्ताव:
प्रमुख अतिथि क. मुक्सामहाङ मेन्याङ्बोले भेलालाई सम्बोधन गर्दै पार्टीले छिट्टै कोशी प्रदेशसभामा नयाँ नामाङ्कनका लागि फरक मत प्रस्तुत गर्ने जानकारी दिए। उनले माओवादी निकट लिम्बुवान...
१६ भाद्र २०८२, सोमबार ११:५६१६ भाद्र २०८२, सोमबार ११:५६१६ भाद्र २०८२, सोमबार ११:५६ by एलिनाNo Comments
बिशाल आवाज – कोरियामा रहेका नेपालीहरूले यसपालिको छुसक पर्वलाई विशेष बनाउन पाउने भएका छन्। पाँचथर सेवा समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको “पाँचथर सांगीतिक सौगात भाग–२ (२०२५)” अन्तर्गत चर्चित गायक सुजन चापागाईं एण्ड द इन्फिनिटीले दक्षिण कोरियामा लाइभ प्रस्तुत गर्ने भएका छन्।
“ग्रामीण क्षेत्रको शिक्षामा सहयोगार्थ साथै आपतकालीन राहत कोष अभिवृद्धि” मूल उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रममा नेपाली सांगीतिक आकाशका लोकप्रिय आवाज श्रेया राइ र नोगेन लिम्बुको पनि प्रस्तुत हुने भएका छन्।
कार्यक्रम २०२५ अक्टोबर ५ (आइतबार) का दिन राजधानी सउलको KUKKIWON, गंगनम मा भव्य रूपमा हुने तय भएको छ।गेट अपराह्न २ बजे खुल्नेछ भने लाइभ प्रस्तुति साँझ ५:३० बजेबाट सुरु हुनेछ।
पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष रमेश लावतीका अनुसार, “पाँचथर सांगीतिक सौगात भाग–२” कार्यक्रम प्रवासी नेपालीबीच भाईचारा...
१६ भाद्र २०८२, सोमबार ११:२०१६ भाद्र २०८२, सोमबार ११:२०१६ भाद्र २०८२, सोमबार ११:२० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज –कोरियामा रहेका नेपाली युवाहरूलाई खेल, मनोरञ्जन मात्र नभई बौद्धिक विकासतर्फ पनि उन्मुख गराउने उद्देश्यसहित GKS Korea ले किम्हेमा आईतवार पहिलोपटक बुद्धिचाल (Chess) प्रतियोगिता सम्पन्न गरेको छ।
“प्रवासमा नेपाली भाईचारा र बौद्धिक विकासमा पहल” भन्ने मूल नारासहित ४० जना प्रतियोगी रहेको प्रतियोगितामा बिकास राई प्रथम हुँदै ट्रफी चुम्न सफल भए।त्यसैगरी, सुमन राई दोस्रो हुँदै उत्कृष्ट प्रदर्शन गरे,र बिबश सम्बाहाम्फे तेस्रो हुँदै पुरस्कार प्राप्त गर्न सफल भए।
विजेताहरूमध्ये पहिलो स्थान हासिल गर्दै बिकासले ₩१० लाख नगदसहित ट्रफी प्राप्त गरे। दोस्रो हुँदै सुमनले ₩३ लाखसहित ट्रफी अनी तेस्रो हुँदै बिबशले ₩१ लाख सहित ट्रफी पुरस्कार प्राप्त गरेका छन्।
कार्यक्रम GKS Korea को आफ्नै सभाहलमा भव्य रूपमा सम्पन्न गरिएको थियो। आयोजकहरूले यस प्रतियोगिताको उद्देश्य प्रवासी जीवनमा बढ्...