Advertisement
Advertisement

दक्षिण कोरियामा माओवादीको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा महाशाखाको प्रथम भेला सम्पन्न

Advertisement
Advertisement

 

आइतबारका दिन जुम भर्चुअल माध्यममार्फत नेकपा (माओवादी केन्द्र) निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया मातहतको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा दक्षिण कोरिया महाशाखा को प्रथम भेला भव्यतापूर्वक सम्पन्न भएको छ।

भेलामा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य मुक्सामहाङ मेन्याङ्बो “क. मुकेश” प्रमुख अतिथि रहेका थिए भने नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अध्यक्ष क. जीवन खतिवडा विशिष्ट अतिथिको रूपमा सहभागी भएका थिए। साथै अन्य जिम्मेवार नेताहरूको पनि विशेष आतिथ्य रहेको थियो।

“किराँत लिम्बुवान कोचीला प्रदेश” नामाङ्कनको प्रस्ताव:
प्रमुख अतिथि क. मुक्सामहाङ मेन्याङ्बोले भेलालाई सम्बोधन गर्दै पार्टीले छिट्टै कोशी प्रदेशसभामा नयाँ नामाङ्कनका लागि फरक मत प्रस्तुत गर्ने जानकारी दिए। उनले माओवादी निकट लिम्बुवान, किराँती, कोच, धिमाल, सन्थाल, उराँव, झागड लगायतका राष्ट्रिय मोर्चाहरूको सम्मेलनले “किराँत लिम्बुवान कोचीला प्रदेश” नाम प्रस्ताव गरेको उल्लेख गरे।

उनका अनुसार यो प्रस्ताव पार्टी अध्यक्ष क. प्रचण्डको नेतृत्वमा केन्द्रीय स्तरमा समेत छलफल भई प्रदेशसभामा फरक मतको रूपमा पेश गरिनेछ। मेन्याङ्बोले पहिचान र संघीयताको मुद्दा प्रचण्डकै नेतृत्वमा स्थापित भएको र यसको पूर्णता पनि प्रचण्डकै नेतृत्वमा सम्भव हुने विश्वास व्यक्त गरे। साथै उनले प्रचण्डलाई समकालीन नेताहरूमध्ये सबैभन्दा क्रान्तिकारी, गतिशील र सक्षम नेता भन्दै उहाँको रक्षा सबैले गर्नुपर्ने धारणा राखे।

प्रवासी संगठनको एजेन्डा:
विशिष्ट अतिथि तथा जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अध्यक्ष क. जीवन खतिवडाले आफ्नो नेतृत्वकालमा “समृद्ध नेपाल निर्माणको निम्ति प्रवासीद्वारा वैधानिक विप्रेषण, प्रवासमै मताधिकार सुनिश्चिती, र स्वदेशमा लगानीमैत्री वातावरण” भन्ने नारा अघि सारेको बताए। साथै संगठनलाई चुस्त-दुरुस्त र प्रभावशाली बनाउन विभिन्न जातीय मोर्चाहरूलाई थप विस्तार र सक्रिय बनाउने योजना रहेको जानकारी गराए।

भेलामा नेपाली जनप्रगतिशील मञ्च पूर्वी एसिया क्षेत्रीय सदस्य केवि चाम्लिङ, किराँती राष्ट्रिय मुक्तिमोर्चा एसिया प्रवास महाशाखाका इञ्चार्ज राई सुरज किराँती, तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल कोरियाका सल्लाहकार विवि स्याङतान तामाङ लगायतका नेताहरूले शुभकामना मन्तव्य राखेका थिए।

भेलाले सुरेन लावतीको संयोजकत्वमा २१ सदस्यीय लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपाल दक्षिण कोरिया प्रवास सम्मेलन आयोजक समिति गठन गरेको छ। समितिमा साओतहाङ नेम्वाङ, हर्क वनेम फागो, म. नगेश्वर लिम्बू, अरुण आङथुप्पो लिम्बू, सनम चेम्जोङ, गगन लावती, सन्तकुमार लावती, किरण लावती, मनबहादुर लावती, विक्रम जबेगु, सुरेश नेम्वाङ, माहान आङदेम्बे लिम्बू, कुबेर पन्धाक लिम्बू, युद्ध राज ताम्लिङ लिम्बू, कमलराज ईदिङ्गो, सुरेन चेम्जोङ लिम्बू, देउमान लिम्बू लगायत २१ सदस्यीय लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चा, नेपाल दक्षिण कोरिया प्रवास सम्मेलन आयोजक समिति पनि चयन गरिएको छ।

भेलाको सभापतित्व नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका सचिव क. सुरेन लावती लिम्बूले गरेका थिए भने स्वागत मन्तव्य मञ्च सिओल क्षेत्रीय अध्यक्ष क. हर्क हाङ्सरूम्बाले राखेका थिए। कार्यक्रम सञ्चालन क. शिव कुमार पयाङ्गुले गरेका थिए।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×