Advertisement
Advertisement

E-7 भिसा सम्बन्धी नेपाली दूतावास सिओलको सूचना: वैदेशिक रोजगारीमा ठगीबाट सचेत रहन आह्वान

Advertisement
Advertisement

दक्षिण कोरियास्थित नेपाली दूतावासले E-7 भिसा (विशेष योग्यता प्राप्त प्रविधिक श्रमिक) सम्बन्धी नयाँ सूचना सार्वजनिक गर्दै वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सावधानी अपनाउन आग्रह गरेको छ।

कोरियास्थित नेपाली राजदूतावासले कोरियामा सीपयुक्त श्रमिक पठाउनका लागि हालसम्म कुनै मागपत्र प्रमाणीकरण आवेदन प्राप्त नभएको स्पष्ट पारेको छ ।

सिओलस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रीतपूर्वक मागपत्र प्रमाणीकरणका लागि आवेदन आएमा दूतावासले आवश्यक प्रक्रिया अघि बढाउनेछ ।’ तर, अहिलेसम्म कुनै आवेदन नआएकाले दूतावासले जानाजान प्रमाणीकरण नगरेको भन्ने सञ्चारमाध्यममा आएको हल्ला पूर्ण रूपमा असत्य हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा सीपयुक्त कामदार पठाउने सम्बन्धी कार्यविधि, २०८० को तेस्रो संशोधन पारित गरी प्रक्रिया अघि बढाएको थियो । कार्यविधि अनुसार, विशेष योग्यता पूरा गरेका इजाजतप्राप्त संस्थाले मात्र ई–७ भिसा प्रणाली अन्तर्गत (मौसमी कामदारबाहेक) श्रमिक कोरिया पठाउन पाउनेछन् ।संस्थाले आवश्यक कागजातसहित मागपत्र दूतावासमा पेश गरेपछि मात्रै दूतावासले प्रमाणीकरण गर्ने र त्यसपछि वैदेशिक रोजगार विभागमार्फत प्रक्रिया अघि बढ्ने व्यवस्था छ ।श्रमिक पठाउँदा लाग्ने लागत र सेवा शुल्क हाल कायम रहेको ईपीएस प्रणाली अनुसार हुने र थप कुनै शुल्क नलाग्ने दूतावासले प्रष्ट पारेको छ ।मागपत्रको आधिकारिकता जाँच गर्न दूतावाससँग सम्पर्क गर्न सकिने जानकारी पनि प्रदान गरिएको छ ।

दूतावासले जारी गरेको प्रेष विज्ञप्तिमा भनिएको छ कि नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयअनुसार इजाजत पास गरेको नेपाली श्रमिकलाई मात्र कोरियामा E-7 भिसामा जान पाउने व्यवस्था रहेको छ। यसका लागि आवश्यक कागजात प्रमाणिकरण र प्रक्रिया पूरा भएपछि मात्र रोजगारीको अवसर मिल्ने भएकाले असत्य जानकारीमा विश्वास नगर्न र नठगिन सबैलाई अनुरोध गरिएको छ।

विज्ञप्तिमा उल्लेख गरेअनुसार इजाजत पत्र पास संस्थाबाट प्राप्त प्रमाणपत्रलाई सम्बन्धित निकायमार्फत प्रमाणीकरण गरी दूतावासमा दर्ता गराउनुपर्नेछ। FEIMS प्रणालीमार्फत रोजगारीको माग प्रकाशन हुने र सोही अनुसार प्रक्रिया अघि बढ्ने स्पष्ट गरिएको छ।

साथै, दूतावासले केही दलालहरूले झुट्टा आश्वासन दिँदै ठगी गर्ने गरेको उल्लेख गर्दै, वैदेशिक रोजगारी विभागको आधिकारिक वेबसाइट र दूतावासका सूचना च्यानलहरूबाट मात्रै जानकारी लिन आग्रह गरेको छ।

दूतावासको चेतावनी:
• असत्य व्यक्तिबाट आएका प्रस्तावमा विश्वास नगर्नुहोस्।
• प्रमाणिकरण बिना E-7 भिसा प्रक्रिया सम्भव छैन।
• वैदेशिक रोजगार विभाग र दूतावासको आधिकारिक सूचना मात्र आधार बनाउन आग्रह।

दूतावासले वैदेशिक रोजगारीमा जाने नेपालीलाई “आफू पनि सचेत रहौं, अरुलाई पनि सचेत गराऔं” भन्दै ठगीविरुद्ध साझा अभियानमा सहभागी हुन आह्वान गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×