Advertisement
Advertisement

जानकारी

ख्यङनाम गजेदोमा फेब्रुअरी १५ मा नेपाली राजदूतावासको घुम्ती शिविर हुदै

ख्यङनाम गजेदोमा फेब्रुअरी १५ मा नेपाली राजदूतावासको घुम्ती शिविर हुदै

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियास्थित नेपाली राजदूतावासको राहदानी नवीकरण तथा श्रमिक अन्तरक्रिया कार्यक्रम गजेदोमा सञ्चालन हुने भएको छ। किरात राई यायोक्खा गजेदोको आयोजनामा आगामी २०२६ फेब्रुअरी १५ (२०२६/०२/१५) तारिखका दिन गजेदोमा उक्त घुम्ती शिविर आयोजना हुन लागेको हो। शिविरमार्फत राहदानी नवीकरण सेवा तथा श्रमिकहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। यस कार्यक्रमका लागि ख्यङनाम क्षेत्रमा बसोबास गर्दै आएका सम्पूर्ण नेपालीहरूबाट अग्रीम रूपमा नामावली सङ्कलन भइरहेको छ। राहदानीको म्याद एक वर्षभन्दा कम बाँकी रहेका नेपालीहरूले तल उल्लेखित सम्पर्क व्यक्तिहरूसँग आफ्नो नाम टिपाउन आयोजकले अनुरोध गरेको छ। फाराम भर्ने मिति तथा कार्यक्रमसम्बन्धी विस्तृत जानकारी एक हप्ता अगाडि सार्वजनिक गरिने पनि जनाइएको छ। सम्पर्क व्यक्तिहरू : • राधेश्याम राई : 010-2037-1415 • राज राई : 010-8348-9230 • अमर...
फेब्रुअरी १ तारिख हुने संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान कार्यक्रम–२०२६ को तयारी अन्तिम चरणमा

फेब्रुअरी १ तारिख हुने संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान कार्यक्रम–२०२६ को तयारी अन्तिम चरणमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
आदिवासी चाडपर्वहरूको उपलक्ष्यमा नेपाल आदिवासी जनजाति महासङ्घ, गणतन्त्र कोरियाको आयोजनामा हुन लागिएको “संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान कार्यक्रम–२०२६” को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी फेब्रुअरी १ तारिख का दिन “पर्व, संस्कृति, एकताको आधार!! चिन्ने र चिनाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रमको तयारी लगभग पूरा भएको महासङ्घका अध्यक्ष शुभराज भोम्जन ले जानकारी दिएका छन्। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा शुभकामना आदान–प्रदानका साथै मौलिक परिकार, आदिवासी चाडपर्व तथा संस्कृतिबारे विभिन्न जातीय संस्थाका अध्यक्षहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। महासङ्घको ९औँ कार्यसमितिको पहिलो कार्यक्रमका रूपमा आयोजना हुन लागेको यस कार्यक्रममा कोरियावासी सम्पूर्ण नेपालीहरूलाई सक्रिय सहभागित...
EPS आन्दोलनरत पक्षलाई HRD Korea प्रमुखको स्पष्ट सन्देश  “जब रोस्टरले १००% रोजगारी ग्यारेन्टी गर्दैन”

EPS आन्दोलनरत पक्षलाई HRD Korea प्रमुखको स्पष्ट सन्देश “जब रोस्टरले १००% रोजगारी ग्यारेन्टी गर्दैन”

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कोरिया रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत भइरहेको आन्दोलनका सन्दर्भमा EPS सेन्टर (HRD Korea) का प्रमुखले आन्दोलनरत पक्षलाई लक्षित गर्दै स्पष्ट धारणा सार्वजनिक गरेका छन्। हाल ‘पोइन्ट सिस्टम’ परीक्षा सञ्चालन भइरहेकाले परीक्षा केन्द्र प्रमुखको हैसियतमा कार्यस्थल छोड्न नमिल्ने बाध्यताका कारण बैठकमा उपस्थित हुन नसकेको जनाउँदै, पत्रमार्फत EPS सेन्टरको आधिकारिक धारणा सार्वजनिक गरिएको हो। पत्रमा उल्लेख गरिएअनुसार, आन्दोलनकारीहरूले उठाउँदै आएको “कोरियामा शतप्रतिशत रोजगारीको ग्यारेन्टी हुनुपर्छ” भन्ने माग व्यवहारिक नभएको स्पष्ट पारिएको छ। EPS सेन्टर स्वयं रोजगारी दिने वा रोजगारीको ग्यारेन्टी गर्ने संस्था नभई, परीक्षा मार्फत मापदण्ड पूरा गर्ने कामदारलाई निष्पक्ष रूपमा छनौट गरी Job Roster मा दर्ता गर्ने जिम्मेवारी मात्र रहेको जनाइएको छ। रोस्टरमा रहेका कामदारमध्ये छनौट गर्ने अधिकार पूर्ण रूपमा ...
दक्षिण कोरिया सौलमा बस भवनमा ठोक्किँदा १३ जना घाइते, दुई जनाको अवस्था गम्भीर

दक्षिण कोरिया सौलमा बस भवनमा ठोक्किँदा १३ जना घाइते, दुई जनाको अवस्था गम्भीर

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियाको राजधानी सौल स्थित सदेमुनमा शुक्रबार एक सिटी बस भवनमा ठोक्किँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको आशंका गरिएको छ, स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीका अनुसार दुर्घटना दिउँसो करिब १:२७ बजे सौल सबवे लाइन–५ अन्तर्गत पर्ने सदेमुन स्टेशन नजिक भएको हो। तीव्र गतिमा रहेको यात्रुवाहक बस पैदलयात्रीका लागि बनाइएको फराकिलो फुटपाथ पार गर्दै एनएच नोंगह्युप बैंकको सिसाको भवनमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनापछि घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।...
कोरियामा अब  रुघाखोकीको औषधी सेवन गरेर सवारि चलाएपनी २ करोड सम्म जरिवाना पर्ने

कोरियामा अब रुघाखोकीको औषधी सेवन गरेर सवारि चलाएपनी २ करोड सम्म जरिवाना पर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सउल, दक्षिण कोरिया — अबदेखि कोरियामा निद्रा लाग्ने वा होस कम गर्ने औषधि सेवन गरेर सवारी चलाए कडा कानुनी कारबाही हुने भएको छ। कोरियाली प्रहरीले औषधिको असरमा सवारी चलाउने कार्यलाई गम्भीर अपराधको रूपमा लिँदै आगामी अप्रिल २ तारिखदेखि सजायको मापदण्ड कडा बनाइने जनाएको छ। ज्वरो, रुघाखोकी, एलर्जी, निद्रा लाग्ने औषधि लगायत सामान्य रूपमा प्रयोग हुने औषधि सेवनपछि सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भन्दै यस्तो निर्णय लिइएको हो। प्रहरीले औषधिको असरले सामान्य रूपमा सवारी चलाउन नसक्ने अवस्थालाई ‘औषधि सेवन गरी सवारी चलाउने अपराध’ मानिने स्पष्ट पारेको छ। अबदेखि “मलाई थाहा थिएन” भन्ने बहानाले छुट नपाउने बताइएको छ। औषधि सेवनपछि सवारी चलाएर दुर्घटना गराएमा वा नियन्त्रणमा परेमा मादक पदार्थ सेवन गरी सवारी चलाएसरह सजाय हुने जनाइएको छ। गम्भीर अवस्थामा २० मिलियन वोन (करिब २ करोड कोरियन वोन) सम्म जरिवाना वा...
राप्ती समाज दक्षिण कोरियाद्वारा ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज २०२६’ आयोजना हुने

राप्ती समाज दक्षिण कोरियाद्वारा ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज २०२६’ आयोजना हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
कोरियन नयाँ वर्ष तथा महाशिवरात्रिको पावन अवसरमा प्रवासी भूमिमा रहँदै आएका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा कायम गर्नुका साथै मातृभूमिको कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले राप्ती समाज दक्षिण कोरिया ले फेब्रुअरी १५ तारिक सौलमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले आगामी फेब्रुअरी १५, २०२६ (आइतबार) का दिन ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज कार्यक्रम २०२६’ आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रम साँझ ६ः३० बजे देखि सउल सिटी, जोङनो-गु, जोङनो ६३–८ (२ तला, पानोरोमा हल) मा हुने छ। कार्यक्रममा बागलुङे नौमती पञ्चेबाजा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, दक्षिण कोरिया शाखा को लाइभ म्युजिक प्रस्तुति, विविध नृत्य कार्यक्रम, मादल, बाँसुरी लगायतका वाद्ययन्त्रको साथमा राप्ती क्षेत्रको स्थानीय झ्याउरे नाच प्रस्तुत गरिने आयोजकले जनाएको छ। साथै सहभा...
फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने

फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको चौथो ऐतिहासिक अधिवेशन आगामी २०२६ फेब्रुअरी ८ तारिख (आइतबार) का दिन सम्पन्न हुने भएको छ। फोनिज दक्षिण कोरियाको कार्यसमितिको हालै सम्पन्न बैठकले अधिवेशनको मिति र स्थान टुंगो लगाएको हो। कार्यवाहक अध्यक्ष उत्तम खजुम को अध्यक्षतामा बसेको बैठकले सउलस्थित दोङदेमुनको ‘नेपाली थाइ रेस्टुरेन्ट’ को सभाहल मा अधिवेशन आयोजना गर्ने निर्णय गरेको जनाएको छ। अधिवेशनको मिति सार्वजनिक गर्दै कार्यवाहक अध्यक्ष खजुमले सोही दिन अन्य संघ–संस्थाहरूलाई आफ्ना कार्यक्रमहरू नजुधाइदिन आग्रह गरेका छन्। उनले भने, “संस्थाको साङ्गठनिक सुदृढीकरण तथा नयाँ नेतृत्व चयनका लागि चौथो अधिवेशनको मिति घोषणा गरिएको हो। यस ऐतिहासिक अवसरलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्दछौँ।” अधिवेशन सफल बनाउन कार्यसमिति तथा सल्लाहकारहरू तयारीमा सक्रिय रूपमा जुटिसकेको जनाइएको छ। अध...
ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको ५औँ अधिवेशन सम्पन्न, डम्बर केदेमको नेतृत्वमा नया कार्यसमिती चयन

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको ५औँ अधिवेशन सम्पन्न, डम्बर केदेमको नेतृत्वमा नया कार्यसमिती चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको ५औँ अधिवेशन सम्पन्न, डम्बर केदेमको नेतृत्वमा नया कार्यसमिती चयन दक्षिण कोरियामा सक्रिय ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको ५औँ अधिवेशन आज २०२६ जनवरी ११ तारिखका दिन दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा पूर्वी नेपाल समाजका अध्यक्ष केदार निरौला प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। साथै कार्यक्रममा पूर्वी नेपालको १४ जिल्ला तथा २ जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, कोरियामा विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवीको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छः अध्यक्ष: डम्बर केदेम वरिष्ठ उपाध्यक्ष: नविन ताम्लिङ उपाध्यक्षहरू: – राजन सौदेन – रुपेश पालुङगा – मनिता राई महासचिव: ...
फिटनेस नेपालले यो वर्ष पनि 3rd Mr Fitness Nepal competition अगष्ट २ मा आयोजना गर्दै

फिटनेस नेपालले यो वर्ष पनि 3rd Mr Fitness Nepal competition अगष्ट २ मा आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
“स्वास्थ्य नै धन हो” भन्ने मूल नाराका साथ फिटनेस नेपालको आयोजनामा यस वर्ष पनि 3rd Mr. Fitness Nepal Competition (Men’s Physique) आयोजना हुने भएको छ। कोरियामा रहेका फिटनेसप्रेमी नेपाली युवाहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको उक्त प्रतियोगिता २०२६ अगस्ट २ तारिखका दिन दक्षिण कोरियामा सम्पन्न हुने आयोजकले जनाएको छ। जिममा निरन्तर अभ्यास गर्दै आएका तथा स्टेजमा आफ्नो शारीरिक क्षमता, आत्मविश्वास र अनुशासन प्रस्तुत गर्न चाहने सहभागीहरूका लागि यो प्रतियोगिता उत्कृष्ट अवसरका रूपमा लिइएको छ। प्रतियोगितामार्फत सहभागीहरूलाई फिटनेसप्रति थप प्रेरणा मिल्ने, स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण हुने र आत्मविश्वासका साथ आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ। कार्यक्रमको मुख्य उद्देश्य कोरियामा रहँदै पनि शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन सकिने सही जीवनशैलीबारे सकारात्मक सन...
याङ्सान नेपाली परिवारको ऐतिहासिक ११औँ महाअधिवेशन सम्पन्न, गोकुल लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

याङ्सान नेपाली परिवारको ऐतिहासिक ११औँ महाअधिवेशन सम्पन्न, गोकुल लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको याङ्सान क्षेत्रमा क्रियाशील याङ्सान नेपाली परिवारको ऐतिहासिक ११औँ महाअधिवेशन सन् २०२६ जनवरी ४ (आइतबार) का दिन भव्य तथा गरिमामय रूपमा सम्पन्न भएको छ। “प्रवासी भूमिमा नेपाली एकता, आपसी मेलमिलाप तथा सहयोग हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ सम्पन्न महाअधिवेशनले संस्थाको भावी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गरेको छ। महाअधिवेशनले विगतदेखि संस्थालाई कुशल नेतृत्व प्रदान गर्दै सफलतापूर्वक सञ्चालन गर्नु भएका निवर्तमान अध्यक्ष श्री दिनेश हरिजनज्यू तथा सम्पूर्ण निवर्तमान पदाधिकारीहरूप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेको छ। उक्त महाअधिवेशनबाट सर्वसम्मत रूपमा श्री गोकुल लिम्बु (मोरङ) को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमिति संरक्षक दिनेश हरिजन जिना गुरुङ प्रमुख सल्लाहकारहरू मुकेश बज्राचार्य (काठमाडौं) मिराज...