Advertisement
Advertisement

फिटनेस नेपालले यो वर्ष पनि 3rd Mr Fitness Nepal competition अगष्ट २ मा आयोजना गर्दै

Advertisement
Advertisement

“स्वास्थ्य नै धन हो” भन्ने मूल नाराका साथ फिटनेस नेपालको आयोजनामा यस वर्ष पनि 3rd Mr. Fitness Nepal Competition (Men’s Physique) आयोजना हुने भएको छ। कोरियामा रहेका फिटनेसप्रेमी नेपाली युवाहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको उक्त प्रतियोगिता २०२६ अगस्ट २ तारिखका दिन दक्षिण कोरियामा सम्पन्न हुने आयोजकले जनाएको छ।

जिममा निरन्तर अभ्यास गर्दै आएका तथा स्टेजमा आफ्नो शारीरिक क्षमता, आत्मविश्वास र अनुशासन प्रस्तुत गर्न चाहने सहभागीहरूका लागि यो प्रतियोगिता उत्कृष्ट अवसरका रूपमा लिइएको छ। प्रतियोगितामार्फत सहभागीहरूलाई फिटनेसप्रति थप प्रेरणा मिल्ने, स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण हुने र आत्मविश्वासका साथ आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।

कार्यक्रमको मुख्य उद्देश्य कोरियामा रहँदै पनि शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन सकिने सही जीवनशैलीबारे सकारात्मक सन्देश प्रवाह गर्नु रहेको छ। साथै, फिटनेसप्रेमीहरूबीच आपसी सम्बन्ध विस्तार, अनुभव आदान–प्रदान तथा स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने लक्ष्यसमेत कार्यक्रमले लिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुनेले १५ लाख वोन, दोस्रो हुनेले १० लाख वोन र तेस्रो हुनेले ५ लाख वोन पुरस्कार प्राप्त गर्नेछन्। विभिन्न संघ–संस्था, प्रायोजक तथा सञ्चार माध्यमहरूको सहकार्यमा कार्यक्रमलाई भव्य र सफल बनाइने आयोजकको विश्वास छ।

आयोजकले कोरियामा क्रियाशील संघ–संस्था, सामाजिक व्यक्तित्व तथा सञ्चारकर्मीहरूबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्दै फिटनेसप्रेमी नेपाली युवाहरूलाई प्रतियोगितामा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×