आजको राशिफल : २०८० साउन १९ गते (शुक्रवार)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)नोकरी तथा राजनीतिमा मा समस्या पर्न सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थित...



