Advertisement
Advertisement

जानकारी

आइतबार सुवनमा हुने एमटियु शैक्षिक कार्यक्रम हुँदै ,सहभागिताको आग्रह

आइतबार सुवनमा हुने एमटियु शैक्षिक कार्यक्रम हुँदै ,सहभागिताको आग्रह

Breaking News, जानकारी, भर्खरै, समाचार
प्रवासी श्रमिकहरूको हक अधिकारको सुनिश्चितताका लागि सक्रिय प्रवासी श्रमिक संगठन माइग्रेन्ट्स ट्रेड युनियन (MTU) ले नोभेम्बर १६, आइतबार का दिन सुवनस्थित भेटघाट रेष्टुरेन्टको सभाहलमा शैक्षिक कार्यक्रम आयोजना गर्न लागेको छ। यस कार्यक्रममा श्रमिकहरूका लागि महत्वपूर्ण रहेका विषयहरू — श्रम कानून, ईपीएस प्रणाली, श्रम अनुमति प्रणाली (WPS) लगायतका विषयमा छलफल तथा जानकारी प्रदान गरिनेछ। साथै, श्रमिकहरूले सामना गर्ने समस्या र त्यसका सम्भावित समाधानका उपायबारे पनि विस्तृत अन्तरक्रिया हुने आयोजकहरूले जनाएका छन्। कार्यक्रम दिउँसो १:३० बजे सुरु हुनेछ। स्थान — Train Line No. 1, Suwon Station Gate No. 10 (경기도 수원시 팔달구 덕영대로 923-10, 108호) कार्यक्रममा सबै प्रवासी नेपाली श्रमिकहरूलाई सहभागी हुन आयोजकले हार्दिक अनुरोध गरेका छन्। सम्पर्क: 📞 उदय बहादुर राई – 010-6516-2091 📞 लालु सिंजाली – 010-3548-12...
आजको राशिफल: २०८२ कार्तिक २६ गते बिहीबार

आजको राशिफल: २०८२ कार्तिक २६ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वास घट्न सक्छ। कार्यमा बाधा आउन सक्छ, तर धैर्य अपनाउनुहोस्। अनावश्यक बहस टार्न सके राम्रो हुनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मनमा आनन्द छाउनेछ। प्रेम र सन्तानसँग सम्बन्धित काममा प्रगति हुनेछ। अध्ययन वा सिर्जनामा रुचि बढ्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) परिवारजनसँग छलफलको आवश्यकता पर्न सक्छ। नजिकका मानिससँग मनमुटाव नहोस् भनेर शब्द प्रयोगमा ध्यान दिनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ योजना बनाउने दिन हो। लेखन, संचार र भेटघाटका लागि अनुकूल समय। छोटो दूरीको यात्रा लाभदायक। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनसम्बन्धी निर्णयमा सोचेर मात्र अघि बढ्नुहोस्। काममा असजिलो लागे पनि निरन्तरताले सफलता दिनेछ। कन्या (पा, पि, पु, पे, पो, ष, ण, ठ, ञ) चन्द्रमा आफ्नो राशिमा भएकाले ऊ...
कोरियामा निधन भएका विद्यार्थी रोशन पाख्रिनको पार्थिव शरीर नेपाल पठाउन सहयोग अभियान सुरु

कोरियामा निधन भएका विद्यार्थी रोशन पाख्रिनको पार्थिव शरीर नेपाल पठाउन सहयोग अभियान सुरु

Breaking News, जानकारी, भर्खरै, समाचार
कोरियामा निधन भएका विद्यार्थी रोशन पाख्रिनको पार्थिव शरीर नेपाल पठाउन सहयोग अभियान सुरु डोंग-ए विश्वविद्यालय, बुसानमा अध्ययनरत नेपाली विद्यार्थी रोशन बहादुर पाख्रिनको निधनपछि उनको पार्थिव शरीर नेपाल पठाउने तयारीका क्रममा आर्थिक संकलन अभियान सुरु गरिएको छ। नेपाली विद्यार्थी समाज (SONSIK) को पहलमा तथा Nepalese Community in Busan (NCB) सँगको समन्वयमा सुरु गरिएको उक्त Fundraising Campaign मार्फत हाल आवश्यक खर्च करिब ₩14,000,000 (१ करोड ४० लाख कोरियन वोन) जुटाउने लक्ष्य राखिएको छ। २०२५ नोभेम्बर ७ तारिखमा आत्महत्याको प्रयासपछि पाख्रिनलाई अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकहरूले निरन्तर प्रयास गरे पनि नोभेम्बर १० तारिखमा उनको निधन भएको SONSIK ले जनाएको छ। उनको उपचार खर्च, आवश्यक कागजी प्रक्रिया, र पार्थिव शरीर नेपाल पठाउने सम्पूर्ण व्यवस्थाका लागि ठूलो खर्च आवश्यक परेकोले सामूहिक रू...
कोरियामा गम्भीर दुर्घटनामा परेका खोटाङका चन्द्र राईका लागि सहयोगको अपिल

कोरियामा गम्भीर दुर्घटनामा परेका खोटाङका चन्द्र राईका लागि सहयोगको अपिल

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रोजगारीका सिलसिलामा रहेका खोटाङका युवा चन्द्र कुमार राई गम्भीर सवारी दुर्घटनामा परेपछि हाल अस्पतालमा  संघर्ष गरिरहेका छन्। राईको स्थायी ठेगाना खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मी हो। उनी तीन महिना अघि मात्र कामदारका रूपमा छल्लानाम्दो मोक्पोको हेनाम्गुन क्षेत्रमा आएका थिए। गत नोभेम्बर २ (आइतबार) बिहान करिब ६ बजे कार्यस्थल जाँदै गर्दा दुर्घटनामा परेका राईको दुबै खुट्टा गम्भीर रूपमा क्षतिग्रस्त भएको परिवारले जनाएको छ। दुर्घटनापछि उनलाई क्रमशः 목포 한국병원, 광주 전남대학교병원, र अहिले 을지대학교병원 대전मा स्थानान्तरण गरी उपचार जारी राखिएको छ। 🔹 गम्भीर अवस्था • देब्रे खुट्टा पूर्ण रूपमा क्षतिग्रस्त भई काट्नुपर्ने अवस्था आएको छ। • दाहिने खुट्टा जोडिन्छ कि भन्ने आशामा उपचार भइरहेको छ। दुर्घटनाको बेला उनको बिमा समेत साहुले नगरेको कारण उपचार खर्च अत्यधिक बढेको र परिवार आर्थ...
दोहोरि गायक केहर सिंह छन्त्यालको परिवारका लागि कोरियाबाट १ करोड २० लाख सहयोग रकम हस्तान्तरण

दोहोरि गायक केहर सिंह छन्त्यालको परिवारका लागि कोरियाबाट १ करोड २० लाख सहयोग रकम हस्तान्तरण

Breaking News, जानकारी, भर्खरै, समाचार
२०२५ अक्टोबर २५ का दिन कोरियामा भएको छिगेछा दुर्घटनामा दुखद रूपमा ज्यान गुमाएका दोहोरि गायक केहर सिंह छन्त्यालको परिवारका लागि कोरियामा संकलित सहयोग रकम नेपालमा हस्तान्तरण गरिएको छ। कोरियामा उही भाषा पढेका साथीहरूको पहल र सक्रियतामा संकलित उक्त रकम २०२५ नोभेम्बर ११ का दिन पोखरास्थित मृतकको अस्थायी निवासमा पुगेर उनकी जीवनसंगीनी पुनम छन्त्यालको हातमा र उहीकै NIC Asia बैंक खातामा जम्मा गरिएको हो। कुल संकलित रकम ₩120,88,360 (नेपाली रूपैयाँ ११ लाख ७१ हजार ५००) रहेकोमा, 👉 रु. ३ लाख नगद रूपमा हस्तान्तरण गरिएको र 👉 बाँकी रु. ८ लाख ७१ हजार ५ सय बैंक खातामा डिपोजिट गरिएको बताइएको छ। सहयोग संकलनमा विशेष भूमिका निभाउने साथीहरूमा नरेन गुरुङ (लम्जुङ), विनोद पारियार (गोर्खा), राजु बिक (तनहु), रिसि श्रेष्ठ (तनहु), सुनिल गुरुङ (तनहु), जीवन जिसी (पोखरा), सुमन गुरुङ (पोखरा), केदार अधिकार (हेटौंडा...
मिडियाले सत्य नखोजी हल्ला फैलायो; दूतावासले मात्र अघि बढेर परिवारलाई सहायता गर्‍यो : अजय श्रेष्ठ

मिडियाले सत्य नखोजी हल्ला फैलायो; दूतावासले मात्र अघि बढेर परिवारलाई सहायता गर्‍यो : अजय श्रेष्ठ

Breaking News, जानकारी, भर्खरै, समाचार
हालै दक्षिण कोरियामा सडक दुर्घटनामा परी निधन भएकी नेपाली विद्यार्थी मनिषा दाहालको घटनापछि सामाजिक सञ्जालमा आएका विभिन्न प्रतिक्रियाबारे झापाली समाज, कोरियाका अध्यक्ष अजय श्रेष्ठले सामाजिक सन्जाल फेसबुक मार्फत विस्तृत स्पष्टीकरण सार्वजनिक गरेका छन्। श्रेष्ठका अनुसार, उक्त घटना सोमबार बिहान करिब ९ बजे जानकारी प्राप्त भएको थियो। त्यसबेला देखि नै सुजन उप्रेती लगायतका साथीहरू र स्वयं अध्यक्ष श्रेष्ठले मृतकको परिवार, नेपाल दूतावास, र कोरियाली प्रहरी प्रशासनसँग निरन्तर समन्वय गर्दै कानूनी प्रक्रिया अघि बढाउन प्रयास गरिरहेका थिए। तर, उनले जनाएअनुसार कानूनी रूपमा कोरियाली प्रहरी र अस्पतालबाट आवश्यक लिखित प्रमाण प्राप्त नभएसम्म दूतावासले कुनै पनि औपचारिक प्रक्रिया अघि बढाउन नपाउने प्रावधान भएकाले केही ढिलाइ भएको थियो। सो ढिलाइका कारण केही व्यक्तिहरूले दूतावासमाथि आरोप लगाएको भन्दै श्रेष्ठले ख...
आजको राशिफल: २०८२ कार्तिक २६ गते बुधबार

आजको राशिफल: २०८२ कार्तिक २६ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) धैर्य र मेहनतले सफलता ल्याउनेछ। कार्यक्षेत्रमा चुनौतीहरू आउन सक्छन्, तर तपाईँको लगनले तिनीहरू पार हुनेछ। योजना अनुसार अगाडि बढ्नुस्। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) घरपरिवारमा सुमधुरता छाउनेछ। आर्थिक पक्षमा स्थिरता रहनेछ। अनावश्यक खर्चबाट बच्नुस्। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक सम्बन्धमा मजबुती आउनेछ। साथीभाइको सहयोगले काम सजिलो हुनेछ। नयाँ अवसरहरू प्राप्त हुने योग छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेम र परिवार सम्बन्धी विषयमा सकारात्मक संकेत छ। मनमा शान्ति र सन्तोष हुनेछ। पारिवारिक जिम्मेवारीहरू पूरा गर्न सकिनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पेशा क्षेत्रमा सफलता हासिल हुनेछ। तर बोलीमा संयम आवश्यक छ। विवादबाट टाढा रहनु राम्रो। कन्या (टो, पा,...
गण्डकी प्रदेश समाज, दक्षिण कोरियाद्वारा ‘उद्यमशीलता विकास कार्यक्रम’ शनिबार हुने

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाद्वारा ‘उद्यमशीलता विकास कार्यक्रम’ शनिबार हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  प्रवासी नेपालीहरूलाई उद्यमशीलता तर्फ प्रेरित गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले “उद्यमशीलता विकास कार्यक्रम–भाग १” आगामी शनिबार आयोजना गर्न लागेको छ। “प्रवासीबाट उद्यमीका यात्रा तर्फ” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रम गण्डकी प्रदेश समाजको उद्यमशीलता विकास समितिद्वारा सञ्चालित हुनेछ। कार्यक्रममा विशेष अतिथि सफल उद्यमी विनोद कुँवर रहनेछन्। उहाँले नेपालमा कोरियन चाउचाउ कम्पनी, कोरियन रक्सी (Soju) कम्पनी र श्रृङ्गार सामग्री कम्पनी लगायतका सफल व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ। उहाँको प्रेरणादायी उद्यम यात्राले प्रवासी नेपालीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने हौसला प्रदान गर्ने अपेक्षा आयोजकहरूले व्यक्त गरेका छन्। कार्यक्रमका प्रस्तोता प्रा.डा. बाबुकाजी श्रेष्ठ, संयोजक–उद्यमशीलता विभाग, रहनुहुनेछ। उहाँले कार्यक्रमलाई जानकारीमूलक र संवादम...
आजको राशिफल: २०८२ कार्तिक २५ गते मंगलबार

आजको राशिफल: २०८२ कार्तिक २५ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आजको दिन ऊर्जा र आत्मविश्वासले भरिपूर्ण हुनेछ। नयाँ योजना बनाउन सक्नुहुन्छ। जोखिम लिन मन लाग्नेछ तर सोचविचार गरेर अघि बढ्नु लाभदायक हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धेरै जिम्मेवारी आइपर्न सक्छ। संयमित भएर काम गर्नुहोस्। आर्थिक पक्षमा बचतको योजना बनाउने समय छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक सम्बन्ध बलियो बनाउने अवसर मिल्नेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। नयाँ काम सुरु गर्न सकिन्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारसँग समय बिताउन सकिनेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ। मनमा शान्ति रहनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा सफलता मिल्नेछ। तर बोलीमा संयम आवश्यक छ। विवादबाट टाढा रहनु राम्रो। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ ज्ञान सिक्ने अवसर आउनेछ। अध्या...
नेपाल आदिवासी जनजाति महासंघ, गणतन्त्र कोरियाको ९औं महाधिवेशन सम्पन्न,शुभराज बोम्जन सर्वसम्मत अध्यक्षमा चयन

नेपाल आदिवासी जनजाति महासंघ, गणतन्त्र कोरियाको ९औं महाधिवेशन सम्पन्न,शुभराज बोम्जन सर्वसम्मत अध्यक्षमा चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) गणतन्त्र कोरियाको ९औं महाधिवेशन यही २०२५ नोभेम्बर ९ (आईतवार) का दिन दक्षिण कोरियाको राजधानी सउल (서울시 종로구 창신길 ५१, ५층 MG 새마을금고, 동대문역 EXIT No. 1 बाट करिब २ सय मिटर अगाडि) सम्पन्न भएको छ। “रैथाने भाषा, कला, संस्कृति र मौलिक परम्पराहरूलाई संरक्षण एवं प्रवर्द्धन गर्दै, पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा एकाकार बनौं” भन्ने नाराका साथ सम्पन्न महाधिवेशनमा कोरियामा रहेका विभिन्न जातीय संस्थाका प्रतिनिधिहरू, सल्लाहकार, संरक्षक, शुभेच्छुक तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ, जसअनुसार: • अध्यक्ष: शुभराज बोम्जन • वरिष्ठ उपाध्यक्ष: श्रेहाङ इधिङ्गो लिम्बू • उपाध्यक्ष: पूर्ण बहादुर पुन मगर • सचिव: राम प्रकाश चौधरी • कोषाध्यक्ष: गंगा पुन मगर • सदस्यहरू: सुनिल चौधरी, धिरेन राई, छत्र राई, भुवन लिङ्देन अ...