कोरियामा निधन भएका विद्यार्थी रोशन पाख्रिनको पार्थिव शरीर नेपाल पठाउन सहयोग अभियान सुरु
डोंग-ए विश्वविद्यालय, बुसानमा अध्ययनरत नेपाली विद्यार्थी रोशन बहादुर पाख्रिनको निधनपछि उनको पार्थिव शरीर नेपाल पठाउने तयारीका क्रममा आर्थिक संकलन अभियान सुरु गरिएको छ।
नेपाली विद्यार्थी समाज (SONSIK) को पहलमा तथा Nepalese Community in Busan (NCB) सँगको समन्वयमा सुरु गरिएको उक्त Fundraising Campaign मार्फत हाल आवश्यक खर्च करिब ₩14,000,000 (१ करोड ४० लाख कोरियन वोन) जुटाउने लक्ष्य राखिएको छ।
२०२५ नोभेम्बर ७ तारिखमा आत्महत्याको प्रयासपछि पाख्रिनलाई अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकहरूले निरन्तर प्रयास गरे पनि नोभेम्बर १० तारिखमा उनको निधन भएको SONSIK ले जनाएको छ।
उनको उपचार खर्च, आवश्यक कागजी प्रक्रिया, र पार्थिव शरीर नेपाल पठाउने सम्पूर्ण व्यवस्थाका लागि ठूलो खर्च आवश्यक परेकोले सामूहिक रूपमा सहयोग अभियान सुरु गरेको 𝐒𝐎𝐍𝐒𝐈𝐊 का सभापति किरण सुवालले बताएका छन।
संस्थाले सम्पूर्ण कोरियास्थित नेपाली विद्यार्थी, समुदायका सदस्य तथा शुभेच्छुकहरूलाई सकेसम्मको आर्थिक सहयोग गर्न र यो अभियानबारे अन्य साथीहरूमा जानकारी पुर्याउन आग्रह गरेको छ।
सहयोग पठाउनका लागि बैंक विवरण:
• Bank: Woori Bank
• Account Name: SONSIK (Society of Nepalese Students in Korea)
• Account Number: 1005-302-753564
सम्पर्क व्यक्तिहरू:
•किरण सुवाल, अध्यक्ष, SONSIK – ☎️ 010-9586-9063
• सोनाम के. शेर्पा, उपाध्यक्ष, SONSIK – ☎️ 010-4797-2772
• अशोक आचार्य, अध्यक्ष, NCB – ☎️ 010-8408-9710
SONSIK ले सहयोग संकलनमा पूर्ण पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाएको छ। संकलित रकम र विवरणहरू SONSIK को आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने जनाइएको छ।










