२०२५ अक्टोबर २५ का दिन कोरियामा भएको छिगेछा दुर्घटनामा दुखद रूपमा ज्यान गुमाएका दोहोरि गायक केहर सिंह छन्त्यालको परिवारका लागि कोरियामा संकलित सहयोग रकम नेपालमा हस्तान्तरण गरिएको छ।
कोरियामा उही भाषा पढेका साथीहरूको पहल र सक्रियतामा संकलित उक्त रकम २०२५ नोभेम्बर ११ का दिन पोखरास्थित मृतकको अस्थायी निवासमा पुगेर उनकी जीवनसंगीनी पुनम छन्त्यालको हातमा र उहीकै NIC Asia बैंक खातामा जम्मा गरिएको हो।
कुल संकलित रकम ₩120,88,360 (नेपाली रूपैयाँ ११ लाख ७१ हजार ५००) रहेकोमा,
👉 रु. ३ लाख नगद रूपमा हस्तान्तरण गरिएको र
👉 बाँकी रु. ८ लाख ७१ हजार ५ सय बैंक खातामा डिपोजिट गरिएको बताइएको छ।
सहयोग संकलनमा विशेष भूमिका निभाउने साथीहरूमा
नरेन गुरुङ (लम्जुङ), विनोद पारियार (गोर्खा), राजु बिक (तनहु), रिसि श्रेष्ठ (तनहु), सुनिल गुरुङ (तनहु), जीवन जिसी (पोखरा), सुमन गुरुङ (पोखरा), केदार अधिकार (हेटौंडा), रुबिना आङ्बो (पाचथर), निरुता गुरुङ (तनहु), प्रमोद गुरुङ (लम्जुङ), र रबि खवास (स्याङ्जा) रहेका छन्।
त्यसैगरी, मिना गुरुङ (पोखरा) र बिक्रम क्षेत्री (पोखरा) ले उक्त सहयोग रकम औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
यो सहयोग कार्यले प्रवासमा रहँदैपनि आपसी माया, सहानुभूति र एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।









