Advertisement
Advertisement

मिडियाले सत्य नखोजी हल्ला फैलायो; दूतावासले मात्र अघि बढेर परिवारलाई सहायता गर्‍यो : अजय श्रेष्ठ

Advertisement
Advertisement

हालै दक्षिण कोरियामा सडक दुर्घटनामा परी निधन भएकी नेपाली विद्यार्थी मनिषा दाहालको घटनापछि सामाजिक सञ्जालमा आएका विभिन्न प्रतिक्रियाबारे झापाली समाज, कोरियाका अध्यक्ष अजय श्रेष्ठले सामाजिक सन्जाल फेसबुक मार्फत विस्तृत स्पष्टीकरण सार्वजनिक गरेका छन्।

श्रेष्ठका अनुसार, उक्त घटना सोमबार बिहान करिब ९ बजे जानकारी प्राप्त भएको थियो। त्यसबेला देखि नै सुजन उप्रेती लगायतका साथीहरू र स्वयं अध्यक्ष श्रेष्ठले मृतकको परिवार, नेपाल दूतावास, र कोरियाली प्रहरी प्रशासनसँग निरन्तर समन्वय गर्दै कानूनी प्रक्रिया अघि बढाउन प्रयास गरिरहेका थिए।

तर, उनले जनाएअनुसार कानूनी रूपमा कोरियाली प्रहरी र अस्पतालबाट आवश्यक लिखित प्रमाण प्राप्त नभएसम्म दूतावासले कुनै पनि औपचारिक प्रक्रिया अघि बढाउन नपाउने प्रावधान भएकाले केही ढिलाइ भएको थियो।
सो ढिलाइका कारण केही व्यक्तिहरूले दूतावासमाथि आरोप लगाएको भन्दै श्रेष्ठले खेद व्यक्त गरेका छन्।

श्रेष्ठले लेखेका छन् —

हामीले बिहानैदेखि प्रयास गरिरहँदा प्रमाण नआएसम्म कानूनी रूपमा दूतावासले कदम चाल्न सक्दैनथ्यो। तर पनि दूतावासले निरन्तर समन्वय गर्दै, साँझ करिब ४:३० बजे सबै आवश्यक कागजात प्राप्त भएपछि सहज र कानूनी रूपमा प्रक्रिया अघि बढाएको हो।”

उनले थपे —

दूतावासले आफ्नो कानूनी दायराभित्र रहेर जिम्मेवारीपूर्वक काम गरेको हो। हतारमा आरोप लगाएर मिडिया हल्ला मच्चाउनु अनुचित हो।”

श्रेष्ठले एनआरएनए कोरिया र अन्य संघ–संस्थाहरूलाई पनि थप सक्रिय भएर यस्ता घटनामा सहकार्य गर्न अनुरोध गरेका छन्।
उनका अनुसार, “एनआरएनएले पनि वास्तविक सहयोगमा अग्रसर हुन सके अझ सहज र प्रभावकारी परिणाम आउन सक्छ।”

मिडिया र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूप्रति समेत उनले आग्रह गर्दै भनेका छन् —

एकछिनको आवेगमा भाइरल पोस्टले कसैको दुःख थप्न सक्छ। जिम्मेवार भएर सत्य बुझ्न आवश्यक छ।”

श्रेष्ठले अन्त्यमा भनेका छन् —

भविष्यमा यस्ता दुःखद घटना नहोस् भन्ने प्रार्थना गर्दछु। नेपाली समाजले एक अर्काको सहयोगमा अघि बढ्नुपर्छ।”

अध्यक्ष श्रेष्ठ र समुदायले मिडिया तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेका छन् सनसनी फैलाउने बेला होइन; सत्य र प्रमाण हेरेर मात्र टिप्पणी गर्नु होस्। भाइरल हुने आलोचना सजिलो हुन्छ, तर काम गरेर देखाउन गाह्रो त्यसैले जिम्मेवारीपूर्वक र मानवीय संवेदनशीलताका साथ अगाडि बढ्न सबैलाई आग्रह गरिएको छ।

यो स्पष्टीकरणले कोरियामा रहेका नेपाली समुदायबीच पछिल्ला दिनमा भइरहेको भ्रम र आरोपप्रति स्पष्टता ल्याएको छ। झापाली समाज, कोरियाले सबैलाई संयम र सहकार्यका साथ अघि बढ्न आग्रह गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×