सेप्टेम्बर २९ छुसकमा हुने “न्यू भिजन सांगितिक सौगात भाग २” को पोस्टर सार्बजनिक तथा पत्रकार सम्मेलन सम्पन्न
सेप्टेम्बर २९ छुसकमा हुने "न्यू भिजन सांगितिक सौगात भाग २" को पोस्टर सार्बजनिक तथा पत्रकार सम्मेलन सम्पन्न
विशाल आवाज/दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाले यहि आगामी छुसकको दोस्रो दिन यानिकी सेप्टेम्बर २९ तारिखमा दक्षिण कोरियाको किम्हेमा "विविध कारणले कोरियामा उपचाररत आर्थिक अभावका नेपालीहरुलाई सहयोगार्थ" भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागेको "न्यू भिजन सांगितिक सौगात भाग २" को पोस्टर सार्वजनिक, पत्रकार सम्मेलन साथै चियापान कार्यक्रम किम्हे स्थित GKS को हलमा सम्पन्न भएको छ ।
"चर्चित गायक प्रकाश सपूत, चर्चित गायिका रचना रिमाल, गायक पदम राई साथै मोडल डान्सर उषा उप्रेतिले माहोल तताउने"
संस्थाको अध्यक्ष जीवन शर्माको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा ख्यङ्साङ किम्हे बुस...





