नवलपुर समाज,दक्षिण कोरिया को चौथो अधिबेशन एवं पाचौं साधारण सभा सुवन स्थित लिङ्क एसिया ट्राभलको हलमा सम्पन भएको छ। अधिवेशन बाट हरि कडेलको अध्यक्षतामा १९ जना कार्यसमिति चयन भएको हो।
का.अध्यक्ष श्री हरि प्रसाद कंडेलले अध्यक्षता गरेको कार्यक्रमना गण्डकी प्रदेश समाज द.कोरियाका अध्यक्ष श् प्रबिन गिरिको प्रमुख अतित्यथता रहेको थियो।सल्लाहकार आर.पि.देवकोटा ,कृष्ण डुम्रे ,मुकुन्द चालिसे,किसन पौडेल , पाँच स. का उपाध्यक्ष महेन्द्र सापकोटा , नवलपुर समाजका सस्थापक अध्यक्ष श्री हेम प्रसाद पाठक को विशेष आतिथ्यता,तथा कास्की स.द. कोरियाका अध्यक्ष श्री सन्तोष पौडेल ,लमजुङ बाट सन्तोष दुरा ,अर्घाखाँची स.स. का अध्यक्ष हिमाल खनाल , नेपाल तराई समाजका अध्यक्ष अबदेशराज चौरासीया , काभ्रे सम्पर्क समितिका अध्यक्ष सुमन चौलागाईं नेपाली जनसम्पर्क समितिका महामन्त्री राम प्रसाद उप्रेती समितिका रुपन्देही बाट बि...
२९ माघ २०८०, सोमबार १३:०१२९ माघ २०८०, सोमबार १३:०१२९ माघ २०८०, सोमबार १३:०१ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना भएको “धौलागिरी सांगितिक सौगात भाग-४” भब्यताका साथ सम्पन्न भएको छ।
सउल दोङ्देमुन वाट कार्यक्रम स्थल टाढा भएतापनि दर्शक हरुको उल्लेख्य मात्रामा उत्साहजनक उपस्थिति रहेको थियो।एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाले दक्षिण कोरियाको 서울시 노원구 황랑로 621(서울 여자 대학교) मा फेब्रुअरी १० तारिख आयोजना गरेको “धौलागिरी सांगितिक सौगात भाग-४” मा चर्चीत राष्ट्रिय कलाकार राजेश पायल राईको साथमा चर्चित गायक द्दय प्रकाश दुतराज, बसन्त थापा,चर्चित गायिका शान्ति श्री परियार, चर्चित हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर,गायक राजेश बर्देवा लगायतका मुख्य प्रस्तुति रहेको थियो।
नेपालको राष्ट्रिय कलाकारहरुको साथम...
२९ माघ २०८०, सोमबार १२:०२२९ माघ २०८०, सोमबार १२:०२२९ माघ २०८०, सोमबार १२:०२ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो" भन्ने मुल नारा लिएर स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे /बुसान शाखा द्दारा सलनालको दोश्रो दिन नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा आयोजना गरेको “स्याङ्जा बुसान सांगितिक धमाका” भब्यताका साथ सम्पन्न भएको छ।
नेपालका चर्चित राष्ट्रिय कलाकार हरु पशुपति शर्माको साथ समिक्षा अधिकारी,शर्मिला गुरुङ,उर्गेन दोङ,प्रगति पुन लगायतले कार्यक्रममा माहोल तताएको थियो ।
L
सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख EUNSEOK CULTURAL & WELFARE CENTER को हलमा आयोजना भएको कार्यक्रमको प्रवेश शुल्क ३०००० वन तोकिएको थियो।यस अघि किम्हे लाइभ दोहोरी धमाका सफलतापुर्वक गरिसकेको आयोजकले यस पटकको कार्यक्रम पनि भव्य र सभ्य रुपमा सफल पारेको हो। कार्यक्रममा बुसान आसपासका दर्शकहरुको बाक्लो उपस्थिती रह...
२९ माघ २०८०, सोमबार ०३:२४२९ माघ २०८०, सोमबार ०३:२४२९ माघ २०८०, सोमबार ०३:२४ by विशाल श्रेष्ठNo Comments
धनगढी/ ऐतिहासिक कैलाली जनपुस्तकालय धनगढीले प्रदान गर्ने साबित्री- कमल राष्ट्रिय लोकसंस्कृति पुरस्कार २०८० पोखराका साहित्यकार तथा संस्कृतिविद् डा.तुलसीराम खनाललाई प्रदान गरिने भएको छ।
कैलाली जनपुस्तकालय धनगढीको सनिबार धनगढीमा सम्पन्न सञ्चालक समितिको बैठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा सो निर्णय गरेको हो।
पुस्तकालयको ६७ औ वार्षिकोत्सवका अवसरमा आगामी फागुन सात गते आयोजना हुने समारोहमा सो पुरस्कारबाट डा.खनाललाई सम्मानित गरिने कैलाली जनपुस्तकालयका अध्यक्ष तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले बताए।
समाजसेवी साबित्री साहू र उहाँका पति कमलसिंह साहूले अक्षयकोष स्थापना गरि उक्त पुरस्कारको स्थापना गरेका हुन्। पुरस्कारको राशि नगद, दोसल्ला र अभिनन्दनपत्र रहेको छ।
लोकसंस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई राष्ट्रिय स्तरमा सो पुरस्कारबाट सम्मानित ...
२३ माघ २०८०, मंगलवार ०९:१७२३ माघ २०८०, मंगलवार ०९:१७२३ माघ २०८०, मंगलवार ०९:१७ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया । शुभराज भोम्जनको संगीत, फुलकुमार बोम्जनको आवाज र निर योञ्जनको शब्दमा तयार भएको “खाजी होई ल्होछार” बोलको ल्होछार गीत सार्बजानिक भएको छ ।
लाबा मिडीयाको ब्यानरमा तयार भएको उक्त ल्होछार गीत लाबा मिडीयाको आधिकारीक युट्युब च्यानल लाबा मिडीया मार्फत अफिकियल अडियो सार्बजानिक गरिएको हो । तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछारको विषयलाई केन्द्रमा राखेर लेखिएको उक्त गीतको एरेञ्ज गायक तथा संगीतकार जोगलाल लामाले गरेका छन् भने दिपेश प्रधानले मिक्सीङ मास्टरीङ गरेका छन् । तामाङ समुदायको ल्होछार नजिकिदै गरेको अवसर पारेर दर्शक श्रोतामाँझ सार्बजानिक गरिएको उक्त ल्होछार गीतलाई दर्शक श्रोताले मनपराउनेमा आशाबादी रहेको शब्दकार निर योञ्जनले बताए ।...
२२ माघ २०८०, सोमबार ०७:५१२२ माघ २०८०, सोमबार ०७:५१२२ माघ २०८०, सोमबार ०७:५१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाबाट सञ्चालित सेन्ट बि रेमिटेन्सले नेपालका भुकम्प पिडीतका लागी सहयोग रकम हस्तान्तरण गरेको छ । सेन्टबीले गत डिसेम्बरमा संचालन गरेको उपहार संगै समाजसेवा नामक मासिक योजनाबाट संकलित रकम भुकम्प पिडीतका लागी हस्तान्तरण गरेको हो ।
सेन्टबीमार्फत हुने हरेक कारोबारमा ५०० कोरियन वन अर्थात करिब ५० रुपैयाँ नेपाली बराबर कम्पनीको तर्फबाट सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो । सोही अनुरुप संकलित रकम नेपाली राजदुतावास दक्षिण कोरिया मार्फत हस्तान्तरण गरेको हो । आइतवार एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरिएको थियो ।
साथै डिसेम्बर योजना अन्तर्गतको बुलेट बाइक योजनाका बिजेता पेम्पा स्याङ्बो लाइ बाइक यसअघि नै हस्तान्तरण गरिएको छ । सेन्टबिले पछिल्लो समय आफ्नो सेवामा सुधार गर्नुका साथै ग्राहकमुखी बिभिन्न योजनाहरु सार्वजनिक गरेका कारण कोरियावासी नेपालीमाझ लोकप्रिय बन्दै गैरहेको छ ।...
२१ माघ २०८०, आईतवार १२:२८२१ माघ २०८०, आईतवार १२:२८२१ माघ २०८०, आईतवार १२:२८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजः नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘छनान फेन्थेक’क्षेत्रीय तेश्रो अधिबेशनवाट कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
सन्तोष पौडेललको सभापतित्वमा र केन्द्रीय अध्यक्ष इश्वर कठायतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिहरूमा सङ्गठनको केन्द्रीय सल्लाहकार तथा एनआरएनए दक्षिण कोरियाको महासचिव प्रशान्तराज वानियाँ, सङ्गठनको केन्द्रीय सल्लाहकार हर्क सिंह केसी, गण्डकी प्रदेश समाज दक्षिण कोरिया अध्यक्ष तथा नेपाली जनप्रगतिशील मञ्च छनान फेन्थेकका पूर्व क्षेत्रीय अध्यक्ष प्रवीण गिरी, नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया वरिष्ठ उपाध्यक्ष एवम् संगठन तथा स्कुलिङ विभाग प्रमुख जीवन खतिवडा, सङ्गठनको महासचिव रूद्र बहादुर थापा, केन्द्रीय सचिव सुविन्द्र मगर, केन्द्रीय कोषाध्यक्ष बुद्धी बहादुर तामाङ, केन्द्...
२१ माघ २०८०, आईतवार ११:५०२१ माघ २०८०, आईतवार ११:५०२१ माघ २०८०, आईतवार ११:५० by विशाल श्रेष्ठNo Comments
पर्सी अर्थात् फेब्रुअरी ६ तारिख मंगलबार कोरियाको हान्याङ् विश्वविद्यालयमा ‘२०२४ स्पोर्ट्स ग्लोबल टुरिज्म कन्भेन्सन’ को आयोजना गरिएको छ ।
ग्लोबल एनआरएन फाउन्डेशन, नेपाली राजदूतावास दक्षिण कोरिया, हान्याङ विश्वविद्यालय, र एमआइटी ग्रुप फाउन्डेसनको संयुक्त आयोजनामा यो गोष्ठी आयोजना गरिएको हो ।
साहसिक खेलहरूको गन्तब्य मुलुकका रुपमा विकसित हुँदै गइरहेको नेपालमा खेल पर्यटनका संभावनाहरूको उजागर तथा प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । खेलकुद केबल रँग रमाइलो को विषय मात्रै नभएर विश्वव्यापी रुपमा पर्यटन र उद्योगकै रुपमा विकास भइरहेको सन्दर्भमा नेपालमा विद्यमान संभावनाहरूको खोजी गर्न समेत यो कार्यक्रमले सहयोग गर्ने आयोजकको दाबी छ ।
गोष्ठीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. ज्यो...
२० माघ २०८०, शनिबार १३:०६२० माघ २०८०, शनिबार १३:०६२० माघ २०८०, शनिबार १३:०६ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दोलखाली समाज दक्षिण कोरियाको छैठौं महाधिवेशन फेब्रुअरी ०९ तारिखका दिन दिउसो १२:३० बजे आनसानमा रहेको “पाँच स” सभाहलमा हुने भएको छ।
“तपाईं हाम्रो सुख दु:खको साथी दोलखाली समाज दोलखालीको हितमा” भन्ने मुल नारा कोरियामा रहेका दोलखाली बासीहरू हरु मिलेर स्थापना भएको दोलखाली समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको छैठौं महाधिवेशन फेब्रुअरी ०९ तारिख शुक्रवारका का दिन दिउसो १२:३० बजे आनसानमा रहेको पाँच स को सभाहलमा हुने निर्णय भएको हो।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका दोलखाली बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई...
२० माघ २०८०, शनिबार १२:३६२० माघ २०८०, शनिबार १२:३६२० माघ २०८०, शनिबार १२:३६ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: सल्यानी समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिखका दिन दिउसो १२ बजे माइतीघर रेष्टुरेन्ट छनानमा हुने भएको छ।
“सामूहिक प्रतिबद्धता,हामी जहाँ भएपनि सल्यानी एकता” भन्ने मुल नारा लिएर सन् २०२१ मा कोरियामा रहेका सल्यानी बासीहरू हरु मिलेर स्थापना भएको सल्यानी समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिख आइतबार का दिन दिउसो १२ बजे माइतीघर रेष्टुरेन्ट छनानमा हुने निर्णय भएको हो।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सल्यान बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आ...