Advertisement
Advertisement

समाचार

फेन्थेकमा फेब्रुअरी ७/८ मा 𝐓𝐀𝐉 𝐌𝐀𝐇𝐀𝐋 𝐏𝐀𝐋𝐀𝐂𝐄 नेपाली–इन्डियन रेष्टुरेन्टको भव्य उद्घाटन हुँदै , सुविधा सम्पन्न सेल्टरको समेत व्यवस्था

फेन्थेकमा फेब्रुअरी ७/८ मा 𝐓𝐀𝐉 𝐌𝐀𝐇𝐀𝐋 𝐏𝐀𝐋𝐀𝐂𝐄 नेपाली–इन्डियन रेष्टुरेन्टको भव्य उद्घाटन हुँदै , सुविधा सम्पन्न सेल्टरको समेत व्यवस्था

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको फेन्थेक (평택) क्षेत्रमा नेपाली तथा इन्डियन स्वादलाई एकै छानामुनि प्रस्तुत गर्ने उद्देश्यसहित ‘ताजमहल प्यालेस (Taj Mahal Palace)’ नेपाली–इन्डियन रेष्टुरेन्ट सञ्चालनमा आएको छ। यसको ओपनिङ यहि फेब्रुअरी ७/८ तारिकमा हुने भएको छ।  गणेश बुढा,मिता गुरुङ र लोकेश खत्रिले सञ्चालनमा ल्याएको रेष्टुरेन्टको भव्य उद्घाटन यही फेब्रुअरी ७ र ८ तारिख (शनिबार र आइतबार) हुने जानकारी दिएका छन्। उद्घाटन कार्यक्रममा नेपाली समुदाय, मजदुर, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। ‘ताजमहल प्यालेस’मा नेपाली तथा इन्डियन परिकारहरू स्वच्छ, स्वादिलो र पारिवारिक वातावरणमा उपलब्ध गराइने जनाइएको छ। फेन्थेक क्षेत्रमा कार्यरत नेपालीहरूका लागि यो रेष्टुरेन्ट स्वाद र भेटघाटको नयाँ गन्तव्य बन्ने विश्वास गरिएको छ। रेष्टुरेन्टको ठेगानाः경기도 평택시 평택1로12번길 10, 2층 (평택동) 평택역 बाट पैदल करिब ...
कोरियन पर्व सलनालको अवसरमा सुर्खेत समाज दक्षिण कोरियाद्वारा ‘बुलबुले डान्स पार्टी’ आयोजना हुँदै, तयारी तिब्र

कोरियन पर्व सलनालको अवसरमा सुर्खेत समाज दक्षिण कोरियाद्वारा ‘बुलबुले डान्स पार्टी’ आयोजना हुँदै, तयारी तिब्र

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कोरियन पर्व सलनाल को अवसरमा सुर्खेत समाज, दक्षिण कोरिया ले विशेष सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम ‘BULBULE NIGHT DANCE PARTY’ आयोजना गर्ने भएको छ। कार्यक्रम आइतबार, फेब्रुअरी १५, २०२६ का दिन साँझ ८:०० बजे बाट 서울특별시 중구 흥인동 15번지 स्थित 성동차차 스탠드빠 나이트 मा सम्पन्न हुनेछ। समाजले कोरियाको फेन्थेक (Pyeongtaek) क्षेत्रमा सञ्चालनमा रहेको आवास गृह (Shelter) लाई निरन्तर व्यवस्थापन तथा सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रममा DJ Rum Ace को डिजे प्रस्तुति रहनेछ भने चर्चित र्‍यापरहरू Jojo Dorz र Anish KC ले आफ्नो र्‍याप प्रस्तुत गर्नेछन्। यस्तै, Diya Khadka ले डान्स तथा र्‍याप, Sharada Pun ले नृत्य प्रस्तुति र गायक Sujan Karki ले सुमधुर गायनमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिनेछन्। कार्यक्रम स्थल Train Line 2/6 को 신당역 Gate नं. १२ ब...
नेपालीको लापरबाहीले कोरियाका बङ्गुर फार्म संकटमा,नेपालबाट भित्रिएको ‘सुकुटी’ बाट ASF फैलिएको आशंका

नेपालीको लापरबाहीले कोरियाका बङ्गुर फार्म संकटमा,नेपालबाट भित्रिएको ‘सुकुटी’ बाट ASF फैलिएको आशंका

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा अफ्रिकी स्वाइन फिभर (ASF) को संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि यसको सम्भावित स्रोतका रूपमा नेपालबाट ल्याइने नेपाली परिकार ‘सुकुटी’ माथि आशंका गरिएको छ। कोरियाली पशु स्वास्थ्य निकायले गरेको प्रारम्भिक अनुसन्धानअनुसार हाल देखिएको ASF संक्रमण मार्ग नेपाली समुदायमा प्रचलित सुकुटीसँग जोडिएको हुन सक्ने संकेत पाइएको छ। नेपालमा ASF संक्रमित बङ्गुरबाट तयार पारिएको सुकुटी अवैध रूपमा कोरिया भित्रिएको र त्यसकै कारण संक्रमण फैलिन सक्ने सूचनापछि सम्बन्धित निकाय सतर्क बनेका छन्। जानकारी अनुसार पछिल्लो समय नेपाली खाद्य सामग्री, विशेषगरी मासुजन्य वस्तुहरू, कोरियामा अवैध रूपमा प्रवेश गरिरहेको र केही स्थानमा बिक्रीसमेत भइरहेको पाइएको छ। यसले कोरियाका बङ्गुर फार्महरूलाई गम्भीर संकटमा पार्न सक्ने खतरा बढाएको पशु स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसैबीच, कोरियास्थित विभिन्न उद्योग, फार्म...
दक्षिण कोरियामा कार्यरत भोजपुर हतुवागढीका प्रतिक राईलाई भोजपुर परिवार र किरात राई यायोक्खाद्वारा लगभग ३४ लाख वोन उपचार सहयोग

दक्षिण कोरियामा कार्यरत भोजपुर हतुवागढीका प्रतिक राईलाई भोजपुर परिवार र किरात राई यायोक्खाद्वारा लगभग ३४ लाख वोन उपचार सहयोग

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा कार्यरत भोजपुरका प्रतिक राईलाई उपचारका लागि ३३ लाख वोन सहयोग हस्तान्तरण दक्षिण कोरियाको ख्यङ्गी–दो ह्वासङ सिटीको फारान क्षेत्रमा अवस्थित फलामको पाइप उत्पादन गर्ने एक कम्पनीमा कार्यरत नेपाल भोजपुर जिल्ला हतुवागढी गाउँपालिका निवासी प्रतिक राई गत वर्ष सन् २०२५ अक्टोबर १६ तारिखदेखि मस्तिष्कघात (Brain Stroke, 뇌졸중) बाट गम्भीर रूपमा पीडित हुनुहुन्छ। मस्तिष्कघातका कारण उहाँको शरीरको एकपट्टिको हात–खुट्टा नचल्ने तथा बोली स्पष्ट नहुने अवस्था देखिएपछि सुरुमा फारानस्थित छुङआङ अस्पतालमा उपचार गरिएको थियो भने त्यसपछि सुवनस्थित 성빈센트병원 हुँदै हाल ‘द फष्ट अस्पताल' मा निरन्तर उपचाररत रहनुभएको छ। उपचार अवधि लामो हुनुका साथै खर्च अत्यधिक लाग्ने भएपछि हालसम्मको सम्पूर्ण उपचार खर्च बिरामी स्वयम्‌ले आफ्नै तलबबाट व्यहोर्दै आउनुभएको थियो। तर औद्योगिक दुर्घटना बीमामा आवेदन दिँदा अस्वीकार भएपछ...
किम्हेमा मार्च १ तारिक ‘प्रथम लखन थापा फुटसल कप–२०२६’ आयोजना हुँदै

किम्हेमा मार्च १ तारिक ‘प्रथम लखन थापा फुटसल कप–२०२६’ आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच आपसी मेलमिलाप, घनिष्ठता र सामाजिक पहिचान विस्तार गर्ने उद्देश्यले नेपाल मगर संघ गणतन्त्र कोरिया, किम्हे/बुसान शाखाको आयोजना तथा नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा मार्च १ कारिक किम्हेमा ‘प्रथम लखन थापा फुटसल कप–२०२६’ हुने भएको छ। “स्वस्थ जीवन र मनोरञ्जनका लागि परदेशमै भए पनि खेल खेलौँ !” भन्ने मूल नाराका साथ ४४ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर आयोजना हुन लागेको उक्त फुटसल प्रतियोगिता आउँदो २०२६ मार्च १ (आइतबार) का दिन सञ्चालन हुनेछ। खेल कार्यक्रम बिहान ठीक ८ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। प्रतियोगिता 경상남도 김해시 김해대로 1798 (초은 풋살 파크) मा आयोजना गरिनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले फेब्रुअरी २२, २०२६ (शनिबार) दिउँसो ४ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ। टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन तोकिएको छ।...
चन्द्र कुमार राईको उपचार सहयोगार्थ बबिना किराती, स्मिता प्रधान लगायत कलाकारहरुको साथमा फेब्रुअरी १५ तारिख सउलमा ‘सलनाल सांगीतिक साँझ तथा DJ कार्यक्रम’ आयोजना हुँदै

चन्द्र कुमार राईको उपचार सहयोगार्थ बबिना किराती, स्मिता प्रधान लगायत कलाकारहरुको साथमा फेब्रुअरी १५ तारिख सउलमा ‘सलनाल सांगीतिक साँझ तथा DJ कार्यक्रम’ आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रोजगारीका क्रममा रहेका खोटाङका युवा चन्द्र कुमार राई गम्भीर सवारी दुर्घटनामा परेपछि हाल अस्पतालमा उपचाररत छन्। खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मी स्थायी ठेगाना भएका राई दुर्घटना हुनु तीन महिना अघि मात्र छल्लानाम्दो मोक्पोको हेनाम्गुन क्षेत्रमा कामका लागि आएका थिए। गत नोभेम्बर २ बिहान करिब ६ बजे कार्यस्थल जाँदै गर्दा उनी सवारी दुर्घटनामा परेका हुन्। राई NRNA दक्षिण कोरियाका सल्लाहकार र पूर्वी नेपाल समाज कोरियाका संरक्षक लगायत दक्षिण कोरिया का विभिन्न संघसंस्थाका सल्लाहकार रहेका अमृत राईका आफ्नै भाई हुन्। दुर्घटनापछि राईलाई क्रमशः 목포 한국병원, 광주 전남대학교병원 हुँदै हाल 대전स्थित 을지대학교병원 मा स्थानान्तरण गरी उपचार भइरहेको छ। दुर्घटनाबाट उनको देब्रे खुट्टा पूर्ण रूपमा क्षतिग्रस्त भई काटिएको छ भने दाहिने खुट्टा जोगाउन सकिन्छ कि भन्ने आशामा उपचार जारी छ। दुर्घटनाको समयम...