Mostbet Apostas Desportivas At The Casino Online Web Site Oficial No BrasilUma das principais características da Mostbet é a sua oferta de apostas desportivas ao vivo, que permite aos utilizadores fazerem apostas durante o decorrer dos eventos. Esta funcionalidade é extremamente well-liked no meio dos apostadores, pois possibilita que reajam rapidamente a qualquer alteração no jogo e aproveitem oportunidades em tempo true. Comece selecionando uma senha forte, combinando uma mistura imprevisível de letras, números e símbolos.Aqui, você pode jogar jogos de cassino com 1 dealer ao palpitante imitando a experiência real do cassino, apenas a partir do conforto de sua própria casa. Registo via redes sociais (Facebook, Search engines, Mostbet Casino Telegram) permite login instantâneo usando cr...
११ फाल्गुन २०८२, सोमबार २३:२२११ फाल्गुन २०८२, सोमबार २३:२२११ फाल्गुन २०८२, सोमबार २३:२२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा नेपाली युवा सम्पर्कविहीन, खोजिकार्यमा सहयोग गरिदिन परिवारको अपिल
दक्षिण कोरियाको 충청남도 अन्तर्गत पर्ने 당진시 को 합덕읍 क्षेत्रमा कार्यरत एक नेपाली युवा विगत केही दिनदेखि सम्पर्कविहीन भएका छन्।
नेपालको कञ्चनपुर जिल्ला, बेलौरी नगरपालिका वडा नं. ५ निवासी ३५ वर्षीय दीपक चौधरी फेब्रुअरी २० तारिख दिउँसो १:२० बजेदेखि सम्पर्कविहीन भएको जानकारी परिवारले दिएको छ। उनी विगत ८ वर्षदेखि कोरियामा रोजगारी गर्दै आएका थिए।
परिवारका अनुसार, सो दिनदेखि निरन्तर खोजी कार्य जारी रहे पनि हालसम्म उनको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन। घट`नालाई गम्भीर रूपमा लिँदै परिवारले स्थानीय कोरियन प्रहरी कार्यालयमा औपचारिक निवेदन दर्ता गरी खोजतलास प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ।
यस संवेदनशील परिस्थितिमा परिवारले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई खोजी का...
११ फाल्गुन २०८२, सोमबार ११:१९११ फाल्गुन २०८२, सोमबार ११:१९११ फाल्गुन २०८२, सोमबार ११:१९ by एलिनाNo Comments
" तमू धीं दक्षिण कोरिया ख्यङसाङनाम्दो बुसान शाखा" ले कोरियाली नयां बर्ष सलनालको अवसर पारेर सलनालको दोस्रो दिन Feb-16 तारिख को दिन "छयांजलो साङगितीक सौगात कार्यक्रम २०२६" सभ्य र भव्य रूपमा सम्पन्न गरेका छन् । उक्त कार्यक्रम नेपालमा "अनाथ, असाय बालबालिकाको उज्वल भविष्यको लागि सहयोग गरिने हेतूले, " अनाथ, असहाय बालबालिका सहयोगार्थ" भन्ने मुल नारा दिई " तमू धीं तमू धीं दक्षिण कोरिया ख्यङसाङनाम्दो बुसान शाखा" ले छ्यांजलो सांगितीक सौगात कार्यक्रम २०२६" आयोजना गरेको उक्त संस्थाको वर्तमान अध्यक्ष प्रवेश गुरूङ ले बिशाल आवाज मल्टीमीडिया लाई जानाकारी दिएका छन् ।
"नेपाली कलाकार र गित संगित लाई माया गरौं, अनाथ, असाहाय बालबालिकाको उज्वल भबिष्यको निमित्त हातेमालो गरौं" भन्ने भनाईलाई आत्मा साथ गर्दै सुरू भएको "छ्यांजलो सांगितिक सौगात कार्यक्रम " को प्रमुख अतिथि "तमू धीं दक्षिण कोरिया" केन्द्रको वर्तमान ...
११ फाल्गुन २०८२, सोमबार ०२:२१११ फाल्गुन २०८२, सोमबार ०२:२१११ फाल्गुन २०८२, सोमबार ०२:२१ by एलिनाNo Comments
सडकमा भेटिएको डेबिट कार्ड प्रयोग गरी करिब ६ लाख ५० हजार वोन खर्च गरेका ६० वर्ष नाघेका एक पुरुषलाई अदालतले ५० लाख वोन जरिवाना सजाय सुनाएको छ।
फेब्रुअरी २० मा News1का अनुसार, Ulsan District Courtले ती व्यक्तिलाई “अरूले हराएको सम्पत्ति गैरकानुनी रूपमा कब्जा गरेको” अभियोगमा दोषी ठहर गरेको हो।
गत वर्ष अगस्टमा Yangsanस्थित एक पसल नजिक सडकमा खसेको डेबिट कार्ड भेटेका उनले कार्ड फिर्ता नगरी आफैं राखेका थिए। त्यसपछि Busanको एक सुपरमार्केटमा उक्त कार्ड प्रयोग गरी ८ पटक भुक्तानी गर्दै दैनिक उपभोग्य सामग्री खरिद गरेका थिए। कुल खर्च करिब ६ लाख ५० हजार वोन पुगेको थियो।
ती व्यक्ति यसअघि पनि ठगी अभियोगमा जेल सजाय भोगिसकेका थिए र पुनरावृत्ति अवधिमै पुनः अपराध दोहोर्याएका थिए। अदालतले विगतको आपराधिक पृष्ठभूमि र दोहोरिएको अपराधलाई गम्भीर मान्दै जरिवाना सजाय सुनाएको हो। तथापि, आर्थिक क्षति धेरै ठूलो ...
१० फाल्गुन २०८२, आईतवार ०७:४०१० फाल्गुन २०८२, आईतवार ०७:४०१० फाल्गुन २०८२, आईतवार ०७:४० by एलिनाNo Comments
नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया ले सन् २०२६ सिजनभर कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरूको आधिकारिक बाँडफाँड तथा तालिका सार्वजनिक गरेको छ। संघले गत फेब्रुअरी १७ तारिख सउलमा आयोजित विशेष कार्यक्रममा विभिन्न आयोजक संस्थाहरूसँग समन्वय गरी प्रतियोगिताको मिति तथा जिम्मेवारी निर्धारण गरेको हो।
संघका अध्यक्ष विरेन्द्र राहु मगरका अनुसार भलिबल प्रतियोगिता सञ्चालनका लागि संघमा प्राप्त निवेदनका आधारमा सन् २०२६ को सिजन अवधिभर ९ वटा विभिन्न संघ–संस्थालाई अनुमति प्रदान गरिएको छ। ती सबै प्रतियोगिताहरू संघको मातहत तथा नियमनभित्र रही सञ्चालन हुने जनाइएको छ।
नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१७ मा “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारासहित स्थापना भएको उक्त संघले स्थापना कालदेखि नै कोरियामा आयोजना हुने नेपाली समुदायबीचका भलिबल प्रतियोग...
८ फाल्गुन २०८२, शुक्रबार १३:४९८ फाल्गुन २०८२, शुक्रबार १३:४९८ फाल्गुन २०८२, शुक्रबार १३:४९ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका विभिन्न देशका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतहरूलाई ‘2026 Best Ambassador Award’ कार्यक्रममा विशेष सम्मान गरिएको छ। उक्त कार्यक्रम Korea Consumer Global Council द्वारा सियोलमा आयोजना गरिएको हो।
सम्मानित हुने राजदूतहरूमा कोरियाका लागि नेपाली राजदूत महामहिम डा. शिवमाया तुम्बाहाङफे, पेरुका राजदूत तथा किर्गिस्तानका राजदूत रहेका छन्। कार्यक्रममा विभिन्न कूटनीतिक व्यक्तित्व, व्यवसायिक प्रतिनिधि तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङफेले उक्त सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई दक्षिण कोरियामा कार्यरत नेपाली कामदार, विद्यार्थी तथा विभिन्न पेशा–व्यवसायमा संलग्न सम्पूर्ण नेपाली समुदायको सम्मान भएको बताउनुभयो। उहाँले यस सम्मानले नेपाल र कोरियाबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास ...
७ फाल्गुन २०८२, बिहीबार १३:१५७ फाल्गुन २०८२, बिहीबार १३:१५७ फाल्गुन २०८२, बिहीबार १३:१५ by एलिनाNo Comments
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरिया को ७औं अधिवेशन हिजो भव्य रूपमा सम्पन्न भएको छ। पुर्वी नेपाल समाज दक्षिण कोरिया आबद्ध उक्त संस्थाले अधिवेशनमार्फत जाम्लिङ लामा भोटे ज्युको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
डोङ्देमुनस्थित सुभेक्षा रेष्टुरेन्ट सभाहलमा सम्पन्न अधिवेशनमा दक्षिण कोरियामा रहेका संखुवासभा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले संस्थाको एकता, सहकार्य र सामाजिक सक्रियताको प्रशंसा गर्दै नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
नव निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ:
अध्यक्ष: जाम्लिङ लामा भोटे
बरिष्ठ उपाध्यक्ष: पिम्बा नुर्पु भोटे
उपाध्यक्ष: सुरज कार्की
उपाध्यक्ष: मिङ्मा सेर्पा
सचिव: दिनेश बुढाथोकी
सह-सचिव: सन्तोष गुरुङ
कोषाध्यक्ष: तेन्जि सेर्पा
सह-को...
७ फाल्गुन २०८२, बिहीबार ०९:०८७ फाल्गुन २०८२, बिहीबार ०९:०८७ फाल्गुन २०८२, बिहीबार ०९:०८ by एलिनाNo Comments
रामेछाप सम्पर्क समिति दक्षिण कोरिया को आयोजनामा २०२६ फेब्रुअरी १५ तारिख (शनिबार) का दिन पाँचौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। डोङ्देमुनस्थित दुरिन नर्सिङ्गो सभा हल (चौथो तल्ला) मा बिहान ११:०० बजेबाट सुरु भएको उक्त अधिवेशनमा दक्षिण कोरियामा रहेका रामेछापवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
“प्रवासमा रहेका रामेछापवासीहरू एक होऔं, जिल्लाको विकासमा टेवा पुर्याऔं” भन्ने मूल नारासहित आयोजित अधिवेशनले संस्थाको भावी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गरेको हो।
अधिवेशनबाट आदेश खड्का ज्युको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू यसप्रकार रहेका छन्:
अध्यक्ष: आदेश खड्का
वरिष्ठ उपाध्यक्ष: ज्ञानु तामाङ
उपाध्यक्ष: बिष्णु बिश्वकर्मा
उपाध्यक्ष: सतिस रोका
उपाध्यक्ष: बिश्लेष घिसिङ
महिला उपाध्यक्ष: कल्पना श्...
७ फाल्गुन २०८२, बिहीबार ०८:५७७ फाल्गुन २०८२, बिहीबार ०८:५७७ फाल्गुन २०८२, बिहीबार ०८:५७ by एलिनाNo Comments
दक्षिण कोरियामा उज्यालो नेपाल पार्टीको प्रवास संगठन समिति गठन, सर्वसम्मत कार्यसमिति चयन
उज्यालो नेपाल पार्टीलाई अझ सशक्त, संगठित र प्रभावकारी बनाउने उद्देश्यका साथ प्रवास संगठन समिति गठन गरिएको छ। विदेश विभाग सदस्य विक्रम बज्यू तामाङको संयोजनमा आयोजित विशेष कार्यक्रममार्फत नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नवगठित समितिको अध्यक्षमा अभिषेक थिङ तामाङ चयन भएका छन्। त्यसैगरी महिला उपाध्यक्षमा उरुशा शाख, उपाध्यक्षमा शमशेर तामाङ, सचिवमा टीका मोक्तान तामाङ र कोषाध्यक्षमा धुर्व तामाङ चयन भएका छन्।
सदस्यहरूमा प्रकाश तामाङ, सुनिता ब्लोन तामाङ, टासी तामाङ थिङ, राजेश तामाङ, पेम्बा ग्याल्बो तामाङ, सञ्जित तामाङ, सोम योन्जन तामाङ, प्रताप न्यासुर तामाङ, गोपाल स्याङबो तामाङ, मिन आले मगर, रमेश शाक्य, दिल तामाङ, मनिषा तामाङ, राम तामाङ, उपेन्द्र तामाङ, राजन तामाङ, राजकुमार लामा, रूपक ...
७ फाल्गुन २०८२, बिहीबार ०८:४८७ फाल्गुन २०८२, बिहीबार ०८:४८७ फाल्गुन २०८२, बिहीबार ०८:४८ by एलिनाNo Comments
कालीगण्डकी समाज दक्षिण कोरिया द्वारा आयोजित छैठौं अधिवेशन तथा सलनाल भेटघाट कार्यक्रम नमस्ते रेष्टुरेन्टको सभाहल, सउलमा भव्य रूपमा सम्पन्न भएको छ।
सन् २०१५ मा स्थापित संस्थाको मूल नारा “हाम्रो चाहना, समृद्ध समाज निर्माणको परिकल्पना” लाई आत्मसात गर्दै सम्पन्न अधिवेशन समाजका कार्यवाहक अध्यक्ष अनिल अधिकारी राजु ज्यूको सभाध्यक्षता तथा गण्डकी प्रदेश समाज दक्षिण कोरिया का अध्यक्ष नर कुमार गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा समाजका संरक्षक तथा पूर्व कार्यवाहक अध्यक्ष ह्यारी बोण्ड ज्यूले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कोषाध्यक्ष केशव पाण्डेय ज्यूले प्रगति प्रतिवेदन तथा आर्थिक आय–व्यय विवरण प्रस्तुत गरेका थिए।
विशेष अतिथिहरूमा स्याङ्जा समाज दक्षिण कोरिया, कास्की परिवार दक्षिण कोरिया, नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखा, गुल्मी सम्पर्क समिति दक्षिण कोरिया, वन्जु ...